सुन र चाँदीको मूल्य घट्यो

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News