हल्ट प्राइज केसिएमको आयोजनामा रिडिजाइनिङ फेसन ग्रयान्ड फाइनल हुँदै

<p>ललितपुर । महिनौको मेहेनत र लगनशीलताका साथ हल्ट प्राइज केसिएमले आज ‘फेशन रिडिजाइनिङ अन’ क्याम्पस फिनाले आयोजना गर्दै छ। कार्यक्रम काठमाण्डू म्यानेजमेन्ट कलेज (केसीएम) मा हुँदैछ । जसमा समुदायको विभिन्न उद्योगहरुबाट निर्णायकहरु रहने आयोजकले जनाएको छ । दिगो ब्राण्ड ‘कासा’ को संस्थापक रामिला नेम्कुल, नेपाल प्राइभेट इक्विटी एसोसिएशनका प्रमुख तथा कार्यकारी चार्टर्ड फाइनान्सियल एनालिस्ट सुयाश [&hellip;]</p>

ललितपुर । महिनौको मेहेनत र लगनशीलताका साथ हल्ट प्राइज केसिएमले आज ‘फेशन रिडिजाइनिङ अन’ क्याम्पस फिनाले आयोजना गर्दै छ। कार्यक्रम काठमाण्डू म्यानेजमेन्ट कलेज (केसीएम) मा हुँदैछ । जसमा समुदायको विभिन्न उद्योगहरुबाट निर्णायकहरु रहने आयोजकले जनाएको छ ।

दिगो ब्राण्ड ‘कासा’ को संस्थापक रामिला नेम्कुल, नेपाल प्राइभेट इक्विटी एसोसिएशनका प्रमुख तथा कार्यकारी चार्टर्ड फाइनान्सियल एनालिस्ट सुयाश खरेल, कोक्रोमाकी संस्थापक रेवती गुरुङ, इन्स्टिट्यूट फर इन्डिजिनियस अफेयर्स एण्ड डेभलपमेन्टको बोर्ड निर्देशक तथा विश्व बैंकका सल्लाहकार सन्दीप श्रेष्ठ र वेदाका सी.इ.ओ.  निर्देश दावा मुल्या‌कनकर्ताको रुपमा सहभागी हुनेछन् ।

आफ्ना कार्यक्रम तथा योजनाहरूलाई फेशन उद्योगको टिकाऊका लागि स्पोन्सर गर्ने प्रायोजकहरूलाइ आयोजकले धन्यवाद दिएको छ । आईडीपी एजुकेशन स्टूडेन्ट सर्भिसेज नेपाल, होक्काइडो रामेन हाउसऽ डेक्काइडो रेस्टोरेन्ट, र जेन्ट्स पार्कले कार्यक्रममा स्पोन्सर गरेका छन् ।

Share News