सहकारीका व्यवस्थापकको गोष्ठी गर्दै नेफ्स्कून, समस्याको निराकरणमा केन्द्रित हुने
काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने भएको छ । आईतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने जानकारी दिएको हो । नेपालका वित्तीय सहरकारीका व्यवस्थापकीय ४५० जना भन्दा बढी प्रमुखहरुलाई गोष्ठीमा सहभागी गराउने उद्देश्य रहेको संघले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले नेफ्स्कूनले हरेक तीन वर्षमा यस्तो गोष्ठी गर्दै आएको र यो वर्ष त्यसको निरन्तरता भएको बताए । ‘गोष्ठीको आयोजना विशेष गरी सहकारीका कार्यकारी प्रमुखहरुलाई लक्षित गरेर गरिएको हाे, ४८ जिल्लाका सहकारीका ३९८ जना प्रमुख कार्यकारीहरुले गोष्ठीको लागि आवेदन दिएका छन्, विदेशबाट अनुभवी कार्यपत्र प्रश्तुतकर्ताहरु ल्याएका छाैं,’ उनले भने । उनले गोष्ठीले पछिल्लो समय नेपालका सहकारीहरुमा देखिएको समस्याका समाधानको लागि सहयोग पु¥याउने बताए । त्यस्तै,नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्ने गोष्ठिीको उद्देश्य रहेको बताए । वित्तीय सहरकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु,सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी प्रोत्साहित गर्नु गाेष्ठीकाे मुख्य उद्देश्य रहेको उनले बताए ।
पत्रकार फेलोसिप कार्यक्रम घोषणा, १५ जनाले ४ लाख पुरस्कार पाउने
काठमाडौं । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेको छ । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ । वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए । उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारका रुपमा क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारका दरले पुरस्कार प्रदान गरिने उनले बताए । ‘साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने छ,’ उनले भने । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए । ‘सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र ९कुनै एक० सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र आवेदन दिन सक्नेछन्,’ उनले भने । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० का महानिर्देशक डा। गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए ।
एभरेष्ट बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति अक्षय कोष
काठमाडौं । एभरेष्ट बैंकले २५ लाखको नेपाल प्रहरीले ‘एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गर्नेभएको छ । बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो । यसको लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् । बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता, रेमिट्यान्स पठाउन थप सहज हुने
काठमाडौं । माछापुच्छ्रे बैंकले लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको छ । बैंकले बहराईनमा बैंदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन थप सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यवसायिक सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बहराईनमा बस्ने नेपालीहरुले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
कक्षा १२ को परीक्षा बैशाख २६ बाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षो परीक्षा वैशाख २६ गतेदेखि हुने बताएको छ । बोर्डका अनुसार वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा लगभग चार लाख १० हजार हजार परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । बोर्डका अनुसार गतसाल भएको परीक्षामा भन्दा यसपटक १० हजार विद्यार्थी बढेका छन् ।
बैंकले लुटे भन्ने प्रसाईंको अस्पतालकै लुट धन्दा, एकदिन शव राखेको साढे २२ हजार शुल्क
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको शबगृहमा एकदिन शब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ । पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन शब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो । पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् । बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन शव राखेको पनि यति धेरै रकम असुलिरहेका छन् । विकासन्युजलाई प्राप्त प्रमाण हेर्दा बिएण्डसी अस्पतालले इमर्जेन्सी शुल्क ५ सय रुपैयाँ, दुई पटक इसीजी गरेको शुल्क १ हजार ८० रुपैयाँ र एक दिन शव राखेको २२ हजार ५ सय रुपैयाँ गरी कुल २४ हजार ८० रुपैयाँ लिने गरेको भेटिएको हो ।
‘२ प्रतिशत प्रिमियममा ऋण पाउनु पर्छ, स्प्रेडदर ३.५ प्रतिशत हुनु पर्छ’
काठमाडौं । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलमा निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर घटाउन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न माग राखेका हुन् । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएको समस्याका विषयमा छलफल भएको बताए । उनले पछिल्लो समय उद्योगी व्यवसायीलाई परेको समस्या प्रधानमन्त्री समक्ष राखेको बताउँदै प्रधानमन्त्रीले पनि ती समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता गरेको बताए । आधारदरमा दुई प्रतिशत प्रिमियम कायम गर्नु पर्ने र स्प्रेडदर पनि सवा तीन प्रतिशत हुनु पर्ने माग राखेको उनले बताए । ‘अर्थतन्त्रका सूचक नकारात्मक भएकोले समय सापेक्ष ब्याजदर हुनुपर्छ, नेपाली अर्थतन्त्र सुहाउँदो आधारदर कायम गर्नुपर्छ, ब्याजदर एकल अंकमा हुनुपर्छ,’ उनले भने, ‘आधार दरमा कर्जा प्रवाह गर्दा २ प्रतिशत प्रिमियम र स्प्रेटदर २ प्रतिशतमा झार्नुपर्छ, राष्ट्र बैंकले बैंकहरुलाई दिने कर्जाको दर ५ प्रतिशत हुनुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाहरुको उच्च ब्याजदरका कारण सबै पीडित हुनु परेको उनले बताए । प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्र बैंकसँग पनि ब्याजदर घटाउन पटक-पटक छलफल गर्दा समेत सुनुवाइ नभएको उनले गुनासो पोखे । सहकारी संस्था र लघुवित्त संस्थाले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था भएपनि कार्यान्वयनमा नआएको उनले बताए । उनका अनुसार व्यवसायी तथा उद्योगीहरुको समस्या समाधानमा सकारात्मक र अर्थतन्त्र चलायमान बनाउन छुट्टै आयोग गठन गर्ने आश्वासन प्रधानमन्त्रीले दिएका थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवाल बैंकको ब्याजदर महँगो हुँदा लगानीको वातावरण बिग्रिएकोबारे प्रधानमन्त्रीलाई अवगत गराएको बताउँछन् । बैंकको ब्याजदर समय अनुसार घटाउन र लगानीको वातावरण श्रृजना गर्न माग गरेको उनको भनाइ छ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या हल गर्न आफू सकारात्मक रहेको बताए । साथै उनले गम्भीरतापूर्वक अर्थतन्त्र सुधार गर्न आफू अग्रसर रहेको बताए । बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषय गम्भीर रूपमा लिएको उनको भनाइ छ । उनले बैंक र लघुवित्तका क्षेत्रमा आएका गुनासो समाधान गर्ने र सुझावको अपेक्षा गरेको बताए । साथै उनले समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्ने समेत बताए ।
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
काठमाडौं । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित ८ दलका नेताहरू सहभागी छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रपति चुनावपछि सरकारमा पनि एक साथ अगाडि बढ्ने तयारीमा छन् । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।