सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

<p>काठमाडौं । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित ८ दलका नेताहरू सहभागी छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा [&hellip;]</p>

काठमाडौं । सत्ता साझेदार आठ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलसहित ८ दलका नेताहरू सहभागी छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रपति चुनावपछि सरकारमा पनि एक साथ अगाडि बढ्ने तयारीमा छन् ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Share News