पत्रकार फेलोसिप कार्यक्रम घोषणा, १५ जनाले ४ लाख पुरस्कार पाउने

<p>काठमाडौं । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेको छ । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ । वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० [&hellip;]</p>

काठमाडौं । नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता शुरु गरेको छ ।

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।

वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए ।

उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारका रुपमा क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारका दरले पुरस्कार प्रदान गरिने उनले बताए । ‘साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए ।

‘सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र ९कुनै एक० सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र आवेदन दिन सक्नेछन्,’ उनले भने ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० का महानिर्देशक डा। गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए ।

Share News