काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने भएको छ ।
आईतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी फागुन २४ र २५ गते काठमाडौंमा सहकारी व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी गर्ने जानकारी दिएको हो । नेपालका वित्तीय सहरकारीका व्यवस्थापकीय ४५० जना भन्दा बढी प्रमुखहरुलाई गोष्ठीमा सहभागी गराउने उद्देश्य रहेको संघले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले नेफ्स्कूनले हरेक तीन वर्षमा यस्तो गोष्ठी गर्दै आएको र यो वर्ष त्यसको निरन्तरता भएको बताए ।
‘गोष्ठीको आयोजना विशेष गरी सहकारीका कार्यकारी प्रमुखहरुलाई लक्षित गरेर गरिएको हाे, ४८ जिल्लाका सहकारीका ३९८ जना प्रमुख कार्यकारीहरुले गोष्ठीको लागि आवेदन दिएका छन्, विदेशबाट अनुभवी कार्यपत्र प्रश्तुतकर्ताहरु ल्याएका छाैं,’ उनले भने । उनले गोष्ठीले पछिल्लो समय नेपालका सहकारीहरुमा देखिएको समस्याका समाधानको लागि सहयोग पु¥याउने बताए ।
त्यस्तै,नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरुले वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्ने गोष्ठिीको उद्देश्य रहेको बताए । वित्तीय सहरकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु,सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी प्रोत्साहित गर्नु गाेष्ठीकाे मुख्य उद्देश्य रहेको उनले बताए ।