राजमार्गमा १ हजार शौचालय बनाइने

<p>काठमाडौं । सरकारले बढी भीड हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले सहरी तथा राजमार्ग वरीपरि यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तिमा १ हजार [&hellip;]</p>

काठमाडौं । सरकारले बढी भीड हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले सहरी तथा राजमार्ग वरीपरि यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तिमा १ हजार सुविधा सम्पन्न सार्वजनिक सौचालय र विश्राम स्थल निर्माण गरिने भएको हो ।

तीनै तहका सरकारको समन्वयमा सरसफाइ अभिायन सञ्चालन गर्ने उनले बताए । नदि नाला तथा पानीको स्रोतलाई प्रदुषण मुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गरिने उनको भनाइ छ ।

Share News