हुलाक बचत बैंकलाई सरकारी बैंकमा गाभिने

<p>काठमाडौं । सरकारले हुलाक बचत बैंकलाई सरकारी बैंकहरुमा गाभ्ने तयारी गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकहरुलाई सरकारी स्वामित्वका वाणिज्य बैंकमा गाभिने बताए । यस्तै, सुरक्षण मुद्रण केन्द्र र मुद्रा विभागलाई [&hellip;]</p>

काठमाडौं । सरकारले हुलाक बचत बैंकलाई सरकारी बैंकहरुमा गाभ्ने तयारी गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकहरुलाई सरकारी स्वामित्वका वाणिज्य बैंकमा गाभिने बताए ।

यस्तै, सुरक्षण मुद्रण केन्द्र र मुद्रा विभागलाई गाभेर मुद्रण कार्य एउटा छाना मुनी ल्याउन संरचना तयार गरिने उनले बताए । सुरक्षण मुद्रण र नेपाल सरकारका आधिकारिक दस्तावेजका छपाइ देशभित्रै गरिने प्रबन्ध मिलाइने पनि उनले जानकारी दिए ।

साथै, साइबर सुरक्षा सम्बन्धी छुट्टै कानुन बनाइने उनले बताए ।

Share News