काठमाडौं । अब अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरिने भएको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।
उनले नेपालमा पेट्रोल र डिजेलको मूल्य विदेशमा बढे बढ्ने र घटे घट्ने बताए ।
अहिले भारतीय आयल कर्पाेरेशनले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नेपालमा नयाँ मूल्य सूचि पठाउने गरेको छ । तर, निगमले स्वचालित मूल्य प्रणाली लागु नगरी आफूखुशी पेट्रोलियम पदार्थको मूल्य तोक्दै आएको छ ।
अब स्वचालित मूल्य प्रणाली लागु भएपछि अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य कायम हुनेछ ।