राष्ट्र बैंकविरुद्ध अदालत पुगे मिर्मिरे लघुवित्तका अध्यक्ष
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष टेक बहादुर बोहराले नेपाल राष्ट्र बैंक विरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन् । राष्ट्र बैंकले गरेको जरिवाना तथा कारवाही कार्यान्वयन नगरियोस् भन्दै निवर्तमान अध्यक्ष बोहराले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको जानकारी दिए । लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा सञ्चालकको भूमिका नरहने र आफूलाई गरिएको जरिवानाको निर्णय कार्यान्वन नगर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको उनले बताए । उनका अनुसार भदौ २१ गते मुद्दा दर्ता गराएका हुन् । सो मुद्दाको तारिक असोज २२ गते तोकिएको उनले बताए । साथै, उनले आज पनि राष्ट्र बैंकविरुद्ध अर्काे मुद्दा दर्ताको तयारी भइरहेको बताए । अघिल्लो पटक जरिवाना नतिर्ने भन्दै मुद्दा दर्ता गराएको भएपनि आज आइतबार २४ भदौमा अध्यक्ष पदमा कायमै राख्न अन्तरिम आदेशको मागसहित मुद्दा दर्ता गराएको उनले बताए । राष्ट्र बैंकले गरेको कारवाही गैरकानुनी रहेको भन्दै अध्यक्ष पदमा कायम राख्नु पर्ने उनको माग छ । ‘आफूलाई अध्यक्ष पदबाट हटाउने राष्ट्र बैंकको निर्णय गलत छ, अध्यक्ष पदमा कायम रहनु पर्ने भन्दै अन्तरिम आदेशका लागि आज मुद्दा दर्ता गरेको हुँ,’ उनले भने । उनका तर्फबाट वरिष्ठ अधिवक्ता डिल्लीराज भण्डारीले मुद्दा दर्ता गराएका हुन् । साथै, राष्ट्र बैंकले आफ्नो मानहानी गरेको आरोप उनको छ । राष्ट्र बैंकले वित्तीय स्वार्थ रहेको सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि लघुवित्तबाट सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा ५ लाख रुपैयाँ जरिवाना र अध्यक्ष पदबाट हटाएको थियो । अध्यक्ष बोहराले स्वार्थ बाँझिने गरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामाग्री खरिद गराएको राष्ट्र बैंकको आरोप छ । बोहराले सो कर्जा प्रवाहमा आफ्नो कुनै स्वार्थ नरहेको र कारवाही फिर्ता हुनु पर्ने माग गर्दै आएका छन् । व्यक्तिगत कारणले संस्थागत रुपमै व्यक्तिको चरित्रहत्या गर्न नहुने उनको तर्क छ । सम्बन्धित सामाग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !
निसानले ल्यायो ‘निसान फेस्टिभ ड्राइभ’, गाडी खरिद गर्दा ८ लाखसम्म छुट
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रायलमा लागू हुनेछ । पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार, ‘भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने पन्ध्रौँ नाडा अटो सो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरी लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले ‘नाडा अटो सो’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउँनेछन् । निस्शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निस्शुल्क ३ बर्षको सडक कर (रोड ट्याक्स), निस्शुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन् ।’ यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन् । यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने छ । पायोनियर मोटो कर्प—सम्पूर्ण ग्राहकहरूलाई नाडा अटो सो २०२३ मा सहभागी भई वा आफ्ना नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ योजनाका छुट तथा सुविधाहरू प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । पायोनियर मोटो कर्प प्राइभेट नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ । निसान मोटर कम्पनी, वा निसान, जापानको योकोहामाको निशी-कुमा मुख्यालय रहेको बहुराष्ट्रिय अटोमोबाइल (गाडी) निर्माता हो । कम्पनीले निसान र इन्फिनिटि ब्रान्डका कारहरू निस्मो नामक इन-हाउस पर्फमेन्स ट्युनिङ उत्पादनहरू अन्तर्गत बिक्री गर्दछ ।
यी मिटरव्याजीको जालोमा फसेर डुब्यो देउराली सहकारी, प्रशासनको आदेश अटेर
ललितपुर । ललितपुरका मिटरव्याजीहरुले जिल्ला प्रशासन कार्यलय र ललितपुर जिल्ला प्रहरी परिसरको आदेशलाई समेत अटेर गरि विभिन्न राजनीतिक दलको आडमा कानुनलाई समेत धज्जी उडाएका छन् । ललितपुर जिल्लालाई आधार ईलाका बनाई विगत केही वर्षदेखि मिटरव्याजी धन्दा समेत चलाउँदै आइरहेका ललितपुरका विभिन्न व्यक्तिलाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) विरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय ललितपुरका साथै जिल्ला प्रहरी कार्यालय जाउलाखेलले बारम्बार ताकेता गर्दा पनि उपस्थित नभएपछि मिटरव्याज आयोग कडा एक्सनमा जान लागेको स्रोतको दाबी छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज विरुद्ध शुन्य सहनशिलता अपनाउन ठाडो आदेश दिईरहेको बेला स्वयं गृहमन्त्रीको आदेशलाई नै ठाडो चुनौती दिनेगरी ललितपुरका केही मिटरव्याजीहरुले कानुनको धज्जी उडाएकाले उनीहरुलाई अब कडा कारबाही गरिने गृह मन्त्रालय स्रोतले बताएको छ । नेपाल सरकार गृह मन्त्रालयको प्रत्येक्ष निगरानीमा मिटरव्याजीहरुलाई कडा कारबाही अगाडि बढाईरहेको बेला ललितपुरका केहि मिटरव्याजीले प्रशासनको आदेशलाई समेत नटेरेका हुन् । यी हुन् ललितपुर जिल्ला प्रशासनको आदेशलाई धज्जी उडाउने ललितपुरका मिटरव्याजीहरु : रवि महर्जन : ललितपुर जिल्लामा निर्माण सामाग्रीहरु रोडा, बालुवा र गिटीको व्यापार गर्दै आउनुका साथै ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली सहकारीको नगद ४० करोड झ्वाम्म पारी सम्पर्कमा नरहेका मिटरव्याजी हुन् । सिताराम राउत : सिताराम राउतले देउराली सहकारीको ४० करोड झ्वाम पारी लापता भएका छन् भने राउतलाई गुडविलका बचतकर्ता र देउरालीका अध्यक्ष चौलागाईंले खोजिरहेको उनीहरुले बताएका छन् । यसैगरी देउराली सहकारीलाई टाटपल्टाउन सिताराम राउत, मुकेश अग्रबाल, कमला खत्री, हितेश केसी, आसिस प्रधान, जनप्रिय सहकारीका अध्यक्ष अविनाश कार्की लगायतका मिटरव्याजीहरुको महत्त्वपूर्ण भूमिका रहेको देउरालीका अध्यक्ष चौलागाईंले आरोप लगाए । रुबिन महर्जन : रुबिन महर्जनले देउराली सहकारीमा केही रकम बचत गरेबापत चक्रवत्ति मिटरव्याजले १५ करोड नगद रुपयाँ लगेकोमा गत असार १२ गते देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले जिल्ला प्रशासन कार्यालय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) को मुद्दा दर्ता गराएपछि प्रशासनको बोलावटलाई समेत अटेर गरी अहिले सम्पर्क बाहिर रहेको बताइएको छ । देवेन्द्र आचार्य : न्युरोडको देविवास सहकारी र कीर्तिपुरको ज्वाला देवी सहकारी, न्युरोडको टिपटप समोसा पसलको शैलेन्द्र शर्मा, हार्नेस मुन मेनपावरको वासु श्रेष्ठ, हार्डवेयर व्यवसायी विक्रम बाँनियाको समुहले विगत लामो समयदेखि राज्यलाई नै चुनौती दिनेगरी समाजका कमजोर वर्गको जग्गा जमिन र धन सम्पत्तिमा गिद्दे नजर लगाई अनुचित लेनदेन (मिटर व्याज)को सुई घुमाई अकुत सम्पत्ति जोडन सफल भएका आचार्यले देउराली सहकारीबाट नगद ५० करोड रुपैया लगि हाल सम्पर्क बाहिर रहेको चौलागाइको आरोप छ । आचार्यले देउराली सहकारीबाट लगेको ऋण तिर्नुको सट्टा उल्टै सहकारीका सञ्चालकहरुलाई धम्क्याउँदै हिड्ने गरेका चौलागाइले बताए । यसैगरी गृहमन्त्रालय अनुचित लेनदेन (मिटरव्याज) विरुद्ध कडा रुपमा उत्रिएको अवस्थामा सरकारलाइ नै चुनौती दिँदै विसाल नारायण भारी, सञ्जय अधिकारी, मोहन घिमिरेको समुहले काठमाडौंको न्युरोडलाई आधारईलाका बनाई खुलमखुल्ला मिटरव्याजी धन्दा चलाँउदै आइरहेको पाइरहेको छ । मिटरव्याजी विशाल नारायण भारी र उनका श्रीमती भावना भारीको समुहले न्युरोडमा रहेको नेपाली सेनाको भवन भाडामा लिई जयन्ती कन्स्ट्रक्सनका मालिक खगेन्द्र पुन मगर, गुडविल सहकारीका दिवाकर श्रेष्ठ र देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं रोडमा ल्याउने कुचेष्टा गरेको चौलागाईंले बताएका छन् । यतिमात्र नभएर विशाल नारायण भारीका समुहले ललितपुर जिल्ला प्रशासनले छलफलका लागि बोलाउँदा समेत अटेर गरि सम्पर्क बाहिर रहेको बताईन्छ ।
सेन्ट्रल फाइनान्स बुटवल र वीरगञ्ज शाखाद्वारा विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । सेन्ट्रल फाईनान्स बुटवल शाखाले मंगलबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा न. ७ मा स्थित सुस्त मनस्थिति बाल बिद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । यस अलावा संस्थाले तिलोत्तमा नगरपालिका वडा न. ६ मा स्थित अनाथ तथा असहाय महिला कल्याण समाजका बालबालिकाहरुलाई पनि पोशाक तथा जुत्ता वितरण गरेको छ । उक्त दुवै कार्यक्रम संस्थाको बुटलवल शाखाका प्रमुख रवीना थापाको अगुवाईमा भएको हो । त्यस्तै संस्थाको वीरगञ्ज शाखाले पनि सनिबार वीरगञ्ज स्थित वीरगञ्ज पब्लिक स्कूल, प्लस २ कलेज तहका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने हेतुले साक्षरता कार्यक्रम गरेको छ । संस्थाको वीरगञ्ज शाखा प्रमुख कृष्णकुमार झाको अगुवाई सञ्चालित उक्त कार्यक्रममा कलेजका छात्रछात्राहरु तथा शिक्षक शिक्षिकाहरुका साथै संस्थाका कर्मचारीहरुको पनि उपस्थिति थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको बुटवल तथा वीरगञ्ज शाखा कार्यालयबाट उक्त कार्यक्रम सञ्चालन गरेको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।
अष्ट्रेलियाको नेसनल लिडरशीप फोरममा नेपालका डा. दिनेश कोइराला ‘की नोट स्पिकर’
काठमाडौं । वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा ‘की नोट स्पिकर’को रूपमा चुनिएका छन् । युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो । विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ । उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा। कोइरालाको नाम सिफारिस गरेका थिए । जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो । यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो । बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् । कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् । यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो । नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।
हिमालय एयरलाइन्सद्वारा चीनको छिङदाओमा उडान सुरु
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट चिङदाओमा सिधा उडान सञ्चालन गरिएको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । उनले कम्पनीले चीनका कम्तीमा १० गन्तव्यमा उडान गर्ने लक्ष्य रहेको जनाउँदै १० लाख पर्यटक भित्र्याउने बताए । ‘हिमालयको उडान पर्यटकीय दृष्टिकोणले हेरिनुपर्छ भन्ने लाग्छ । हाम्रो आठ वर्षे हवाई यात्राका दौरान चीनसँगको सम्बन्ध प्रगाढ तुल्याउँदै बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘अहिलेसम्म जतिपनि उडान भए नयाँ गन्तव्य विस्तार गरेर पर्यटन प्रवद्र्धनमा प्रयास गरिरहेका छौँ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिङताओको पहिलो उद्घाटन उडानमा सवार यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ हिमालय एयरलाइन्सका अध्यक्ष झो एनयोङले स्वागत गरे। उद्घाटन उडानका अवसरमा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री कितारीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । ‘हिमालय एअरलाइन्स्ले काठमाडौँ–छिङदाओ–काठमाडौँ उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । यस प्रकारको सेवा नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने प्रतिबद्धताको उदाहरण हो’, उनले भने, ‘छिङदाओमा चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएकाले दुई देशबीच पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।’ पर्यटनमन्त्री किरातीले दुई देशबीचको पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस उडानले त्यस तर्फ निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । ‘यस रुटबाट हिमालय एअरलाइन्स्ले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने विश्वास लिएको छु’, मन्त्री किरातीले भने, ‘यसै अवसरमा म छिङदाओमावासीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिन चाहन्छु।’ पर्यटनमन्त्री किरातीले चिनियाँ र नेपाली संस्कृति मिल्दोजुल्दो रहेकाले नेपालमा चिनियाँ नागरिक धेरै भित्र्याउन सके पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने बताएका थिए । चीनका विभिन्न गन्तव्यबाट नेपालमा उडान गर्न उनले आग्रह गर्दै त्यसका लागि सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाए। राजदूत सोङले काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको आरम्भहुनु भनेको नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण भएको बताए । उनले चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । ‘यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेछ र नेपाललाई भूपरिवेष्ठितबाट भू–जडित देशका रुपमा रुपान्तरण गर्न योगदान पुर्याउनेछ’, राजदूत सोङले भने, ‘यसले हाम्रो द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रतिनिधित्व गर्दै दुई देशबीचको मित्रता र सहयोगमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’ एयरलाइन्सका अध्यक्ष एनयोङले भने, ‘काठमाडौँ–छिङदाओ–काठमाडौँ उडानको सुरुवात हुनु भनेको हिमालय एअरलाइन्स्का लागि महत्वपूर्ण उपलब्धि हो । छिङदाओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र हो जसले एसियालाई युरोपसँग जोड्छ । यसले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदानप्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं ।’ इस उडानमार्फत दुवै देशले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ । छिङदाओबाट काठमाडौँ आउने सिधा उडान छैन । यो उडान चिनियाँ पर्यटकका लागि लक्षित छ । साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्स्ले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ । पहिलो उडानमा एकसय १४ यात्रु सवार थिए । पहिलो आउटबाउन्ड उडान, एच९ ७२२०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९:१५ मा प्रस्थान गरेको थियो । छिङदाओको जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५:२२ बजे अवतरण गर्नेछ । यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । सेप्टेम्बरमा साताको चार चार्टर्ड उडान हुनेछ । प्राधिकरणसँग अनुमति लिएर अक्टोबरदेखि नियमित उडान सुरु गर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ । चीनको छिङदाओ पूर्वी शानडोङ प्रान्तको महत्वपूर्ण सहर हो । चिनियाँ अक्षरहरुमा सहरको नामको शाक्दिक अर्थ ‘सियान टापु’ हो । एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बङ्गलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको जनाएको छ ।
सशस्त्र प्रहरी बलको फ्युल सेन्टरको विद्युतीय चार्जिङ स्टेसनको उद्घाटन
पोखरा । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्धारा कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेसन उद्घाटन भएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आइतबार २ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे । सार्वजनिक विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन् । चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताका २ वटा फास्ट चार्जरहरु रहेका छन्, यसबाट ठूला बससहित ६ वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच ९ भदौ २०७९मा चार्जिङ स्टेसन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरुको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेसनको संचालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेसन तेस्रो व्यक्ति÷संस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । विद्युत वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत महसुल दरको शुल्कमा हुने कूल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रुपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले चार्जिङ स्टेसनको सञ्चालनबाट विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन मिल्ने र यसको उपलब्धताले प्रयोकर्ताहरुलाई विश्वसनीय र ढुक्क हुने वातावरण बनाउने बताए । अर्यालले पेट्रोलियम पदार्थबाट सञ्चालनमा रहेका निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकिएमा भविश्यमा इन्धन र ऊर्जामा विदेशीने ठूलो धनराशी बचत हुने तथा व्यापार घाटा न्यूनीकरणमासमेत टेवा पुग्ने उल्लेख गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जा यहीं खपत बढाउन विद्युतीय सवारी साधनको प्र्रयोगले सहयोग गर्ने भएकाले देशभर चार्जिङ स्टेसनको पूर्वाधार अझै विस्तारका लागि आवश्यक गृहकार्य भइरहेको बताए । विद्युत् खपत बढाउनका लागि उत्साहजनक चरणमा प्रवेश गरेको उल्लेख गर्दै घिसिङले भने, ‘बिगतमा लोडसेडिङ हुँदा विद्युतीय सवारी साधनको कल्पना पनि सक्दैन थियौं, लोडसेडिङ अन्त्यपछि विद्युतीय सवारी साधनको प्रयोग बढेको छ, चार्जिङ पूर्वाधार कम हुने होकी भन्ने अवस्था सिर्जना भएको छ, खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुगेका छौं ।’ उनले चार्जिङ स्टेसनमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न विद्युत् महशुलमा समायोजन गर्न तयारी भइरहेको बताए । प्राधिकरणले पहिलो देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सञ्चालित छन् । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।
ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश
काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् । ‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला’, दाहालले भने । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनछेक आदेश आउनेछ । कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ । सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ । आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।