काठमाडौं । सेन्ट्रल फाईनान्स बुटवल शाखाले मंगलबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा न. ७ मा स्थित सुस्त मनस्थिति बाल बिद्या मन्दिरमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
यस अलावा संस्थाले तिलोत्तमा नगरपालिका वडा न. ६ मा स्थित अनाथ तथा असहाय महिला कल्याण समाजका बालबालिकाहरुलाई पनि पोशाक तथा जुत्ता वितरण गरेको छ । उक्त दुवै कार्यक्रम संस्थाको बुटलवल शाखाका प्रमुख रवीना थापाको अगुवाईमा भएको हो ।
त्यस्तै संस्थाको वीरगञ्ज शाखाले पनि सनिबार वीरगञ्ज स्थित वीरगञ्ज पब्लिक स्कूल, प्लस २ कलेज तहका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गर्ने हेतुले साक्षरता कार्यक्रम गरेको छ ।
संस्थाको वीरगञ्ज शाखा प्रमुख कृष्णकुमार झाको अगुवाई सञ्चालित उक्त कार्यक्रममा कलेजका छात्रछात्राहरु तथा शिक्षक शिक्षिकाहरुका साथै संस्थाका कर्मचारीहरुको पनि उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको बुटवल तथा वीरगञ्ज शाखा कार्यालयबाट उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोल स्थित केन्द्रीय कार्यालय सहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।