विकासन्युज

टेलिकमको एनटी फाइबर इन्टरनेट चलाउदा यस्ता छन् फाइदा

काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको टेलीकमले जनाएको छ । एउटैमा तीन प्लस १ सेवा फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान ९घ एगिक ज्ञ० अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ । अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा एफटीटीएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पु¥याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो । ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफार्ईको बढ्दो प्रयोगका कारण द्द।द्ध न्ज्श् को फ्रिक्वेन्सीमा निकै धेरै सिग्नलहरु (क्ष्नलबकि) रहने हुनाले द्द।द्ध न्ज्श् मा धेरै अवरोध (क्ष्लतभचाभचभलअभ) को कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामा छ न्ज्श् को फ्रिक्वेन्सीमा वाइफार्ई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ । तोकिएकै गतिमा इन्टरनेट सुविधा नेपाल टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ । एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एक्सजीपोन ९ह्न्एइल्० प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरुका लागि लाभदायक छ । जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१ आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी एफटीटीएच सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि आवश्यक सिकायत ९ऋयmउबिष्ल० दर्ता गराउन पनि सकिन्छ । विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ । निःशुल्क ल्यान्डलाइन फोन कम्पनीले एफटीटीएच सेवामा ग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ । यस अतर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ । ७ देखि ७ सम्मको मर्मत सुविधा हाल एफटीटीएच मर्मतका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सकिनेछ ।

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।।

विदेशी सीईओहरूलाई अर्थमन्त्रीको आग्रह : नेपालको हाइड्रोपावरमा लगानी गर्नुस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको उनले बताए । साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए । ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, दीर्घकालसम्म बलियो हुने गरी विकास हुनु पर्छ,’ उनले भने । जोखिम निर्वाह वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । साथै, वित्तीय क्षेत्रले एउटै क्षेत्रमा लगानी नगरिकन विविधकरण गर्नु पर्ने उनले बताए । ‘विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिन्छ, सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्त्वपूर्ण विषय हो, विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो ।’

नेपाली बैंकले ‘इकोनोमी रिकभरी’मा प्रशंसनीय काम गरेका छन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको भन्दै अझै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३९औं सम्मेलनमा बोल्दै  गभर्नर अधिकारीले सो बताएका हुन् । यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको उनले बताए । कोरोना भाइरस महामारी देखि नै विश्वव्यापी रुपमा समस्या देखिएको भन्दै उनले बैंकिङ व्यवसायले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको उनको भनाइ छ । उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको भन्दै गभर्नर अधिकारीले एशियन बैंकहरुले सो विषयमा सोच्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताए । रसिया युक्रेन युद्धको कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको उनले बताए । सबैले सहकार्य गरेर समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ ।

टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड सार्वजनिक

काठमाडौं । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टीभीएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ ।  सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ ।’ टीभीएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ ।‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्‍याउँछ। यसमा ठुला १२ इन्चका टायरहरूका साथ एनटर्क १२५ ड्रम भेरियन्ट रहेको छ । साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कुटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित वाइड प्रोत्साहन गर्छ । टीभीएस एनटर्क ड्रम रेडको मूल्य २,३५,९०० रूपैयाँ रहेको छ । हिजोदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको टीभीएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टीभीएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५०,०००  रूपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् । साथै यस महा एक्स्चेन्ज महोत्सवमा शून्य प्रतिशत ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।

मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बोटलर्स नेपाल तराईको लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल तराईले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ६० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरलाई हाल कायम चुक्ता पूँजीको प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव गरेको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

तिहार नजिकिएसँगै असनमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)

काठमाडौं । तिहार नजिकिएसँगै असन, न्यूरोड, भृकुटीमण्डप तथा बजारी क्षेत्रमा किनमेल गर्नेकाे घुइँचो बढ्न थालेको छ । तिहारमा किनमेल गर्नेहरूको उपस्थित बढेसँगै पसलहरूमा मान्छे भिरभराउ हुन थालेका हुन् । तिहारको लागि किनमेल गर्नेहरूको संख्या बढेपछि व्यापारी पनि व्यपार गर्नमा निकै व्यस्त छन् । व्यापारी रामचन्द्र मण्डलले पसलमा तिहारको सामाग्री  किन्न आउनेको चाप बढेसँगै कारोबार रकम पनि बढेको बताउँछन् । ‘पहिलाको तुलनामा व्यपार काम छ, तर तिहार आउन केही समय बाँकी भएकाले मान्छेको उपस्थिति अझै बढ्ने र कारोबार पनि धेरै हुने अपेक्षा राखेका छौं,’ उनले भने । उनका अनुसार तिहारको समयमा रंगोलीका रङ, भाइमसला, टिकाका सामाग्री, मखमली फूल रोज्नेहरूको संख्या बढेको छ । असनका कपडा व्यापारी हरिप्रसाद न्यौपाने अघिल्लो वर्षको तुलनामा किनमेल गर्न आउनेको संख्या केही कम आएको बताउँछन् । ‘यो समयमा पहिला न्यूरोड तथा असनभित्र हिँड्न पनि सकिँदैन थियो,’ उनले भने, ‘अहिले त्यसको अनुपातमा यो केही कम नै हो । व्यपार पनि सामान्य नै छ ।’ तिहारको रौनक बढ्दै जाँदा यो समयमा बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा आदि वस्तु किन्नेहरूको भिड बजारमा बाक्लो नै देखिन्छ । तिहारका लागि सामान किन्न असन पुगेकी सरिता खत्री पाछि भिड बढ्दै जाने भएकाले पहिला नै किनमेल गर्न आएको बताउँछिन् ।‘असनमा मान्छेको चाप बढि नै हुन्छ, अहिले त्यसै पनि चाडपर्वको समय छ,’ उनी भन्छिन्,  ‘पछि मान्छेको उपस्थिति बढ्दै जाने भएका तिहार अगावै समय मिलाएर किनमेल गर्न आएकी हुँ । ’ देशभरि यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्नेकाे ठूलो भीड लागेको छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ ।