विकासन्युज

कठोर बन्दै प्रचण्ड सरकार, थप दुई उद्योगको बिजुली काट्यो

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत््् प्राधिकरणले आज पुनः दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८५ करोड रुपैयाँ र लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ । यही पुस ६ गते मात्रै प्राधिकरणले विभिन्न ४ उद्योगको बिजुली काटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत्््् प्राधिकरणलाई निर्देशन दिएको थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणले यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ । पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद््््््का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए ।

यस्ता उद्योगले पाउने छन् ऋण पुनःतालिकीकरणको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विभिन्न उद्योग तथा व्यवसायका लागि लिएको ऋणको पुनः तालिकीकरण वा पुनःसंरचना गर्न पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैङ्कले ऋणको पुनः तालिकीकरण गर्ने व्यवस्था गरेको हो । बैङ्क तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन जस्ता उद्योगले लिएको कर्जाको हकमा त्यस्तो सुविधा पाउनेछन् । यस्तै, गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा बिक्री, पर्यटन, शिक्षा एवं स्वास्थ्य, निर्माण सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाइप्स एन्ड फिटिङलगायत उद्योगमा प्रवाहित कर्जाले उक्त सुविधा उपभोग गर्न पाउनेछन् । “अन्य सबै क्षेत्रमा प्रवाह भएका रु पाँच करोडसम्मका कर्जालाई ऋणीको अनुरोधमा उद्योग÷व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका सर्तहरुको अधीनमा रही कर्जाको पुनःतालिकीकरण वा पुनःसंरचना गर्न सकिनेछ”, एकीकृत निर्देशनमा भनिएको छ । त्यस्तो पुनःतालिकीकरण वा पुनःसंरचना २०८० चैत मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । गत असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनःसंरचना गर्न सकिने छभने त्यस्ता कर्जामा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको छ । त्यसरी पुनःतालिकीकरण गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ । सोही वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । गत कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरको पुनःनिर्माणका लागि सरकार वा सरकारले तोकेका निकायले भूकम्प प्रभावितका रुपमा सूचीकरण गरेको परिवारलाई प्रदान गर्ने २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ ।

गिरोहले ल्याएको १३८ केजी सुन खोज्दै सरकार

काठमाडौं । त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि १३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ । गत मङ्सिर २१ गते गोरखाका चन्द्र घलेका साथबाट बरामद भएको सुन कारोबारमा ९ जनाको संलग्नता रहेको र उक्त समूहले हालसम्म १३८ किलोग्राम सुन नेपाल ल्याइसकेको खुलेको हो । सुन बरामद भएसँगै सरकारले भन्सार अधिकृतको संयोजकत्वमा गठन गरेको छानबिन समितिले आइतबार बुझाएको प्रतिवेदनमा १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले प्रतिवेदनले सो समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो । विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताए । मङ्सिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मीनबहादुर घलेबाट सुरु भएको अनुसन्धान हालसम्म ९ जना पक्राउ परेको पाण्डेले बताए । पक्राउ परेका सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताए । भन्सार प्रमुख पाण्डेले बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको समितिले विमानस्थलमा देखिएका समस्या र गर्नुपर्ने सुधारका विषयहरुलाई समेत प्रतिवेदनमा समावेश गरेको बताए । हालसम्म पक्राउ पर्नेमा गोरखाका मीनबहादुर घले, गोरखाकै चन्द्र घले, स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौँका शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौँ राधाकृष्ण श्रेष्ठ, काठमाडौँकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ छन् । समितिले घलेले दुबईमा तथाकथित अङ्कित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । समितिले अध्यागमन कार्यालयले पटकपटक दुबई, सिङ्गापुर, हङकङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ ।

यूनिभर्सल पावरको लाभांश घोषणा, आह्वान गर्याे साधारणसभा

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै, सार्वजनिक बिदा

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

नेफ्स्कूनको अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् । ढकालले ११९६ मत ल्याएर विजयी भएका हुन् भने पौड्यालले १०१९ मत ल्याए ।

मोकोले पायो पेमेन्ट एक्सिलेन्स अवार्ड

काठमाडौं । मोकोले पेमेन्ट एक्सिलेन्स अवार्ड पाएको छ । फिनटेक उद्योग तथा भुक्तानी प्रवाहमा उत्कृष्ट योगदान गरेको भन्दै मोकोलाई भिसा लिडरशीप कन्क्लेभ २०२३ मा उक्त अवार्डबाट सम्मान गरिएको हो । यससँगै मोको प्रयोगकर्तालाई निर्वाध र कुशल भुक्तानी समाधानहरु प्रदान गर्ने कम्पनीको समर्पणलाई जोड दिएको संस्थाले बताएको छ । मोकोका सीईओ तथा सह संस्थापक प्रणय राजभण्डारीले यो मान्यताले डिजिटल भुक्तानीको क्षेत्रमा उत्कृष्टता र नवप्रवर्तनको संस्थाको प्रयासलाई पुनः पुष्टि गर्ने बताए । भिसा लिडरशीप कन्क्लेभले भुक्तानी उद्योगमा असाधारण नेतृत्व र नवीनता प्रदर्शन गर्ने संस्थाहरूको उपलब्धिलाई स्वीकार गर्न र मनाउने मञ्चको रूपमा काम गर्दछ। मोकोको भुक्तानी प्रवाहमा उत्कृष्टताको प्राप्ति फिनटेक अवार्डले डिजिटल फाइनान्सको सधैं विकसित हुँदै गइरहेको संसारमा अत्याधुनिक समाधानहरू प्रदान गर्ने र बेन्चमार्कहरू सेट गर्ने संस्थाको विश्वास छ ।

नारीलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै ग्लोबल आइएमई बैंक, कुन प्रदेशमा कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियान सञ्चालन गर्न लागेको हो । बैंक आगामी पुस १७ गतेदेखि १७औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु-महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । यस अन्तर्गत, बैंकले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो । यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा यहि पौष महिनामा शिविरहरु संचालन गर्नेछ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवन स्थित गौरीगंज स्वास्थ्य चौकी, शरदपुरमा पौष १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पौष १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पौष १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभुत विद्यालयमा पौष २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पौष २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने तयारी रहेको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।