काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।
नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् ।
ढकालले ११९६ मत ल्याएर विजयी भएका हुन् भने पौड्यालले १०१९ मत ल्याए ।