सरकारी छाप किर्ते मुद्दाका फरार कसुरदार पक्राउ

<p>काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका फरार कसुरदार छविलाल तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको पत्र जाहेरीअनुसार कसुरदार चितवन कल्याणपुर घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २६ वर्षका छविलाल तामाङलाई मंसिर ५ गते रातोपुलबाट पक्राउ गरिएको हो । सरकारी छाप दस्तखत किर्ते मुद्दामा तामाङसमेत भएकाले १ वर्ष कैद फैसला भएको फरार कसुरदार [&hellip;]</p>

काठमाडौं । सरकारी छाप किर्ते मुद्दाका फरार कसुरदार छविलाल तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको पत्र जाहेरीअनुसार कसुरदार चितवन कल्याणपुर घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २६ वर्षका छविलाल तामाङलाई मंसिर ५ गते रातोपुलबाट पक्राउ गरिएको हो ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा तामाङसमेत भएकाले १ वर्ष कैद फैसला भएको फरार कसुरदार सो दिन पक्राउ परेका हुन् । कसुरदार छविलाल तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएका थिए ।

Share News