एक वर्षमा १४८ वटा व्यवसायीको मुद्दा विभागमा

<p>काठमाडौं । एक वर्षको अवधिमा एक सय ४८ वटा व्यवसायीको मुद्दा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयमा आएका छन् । गत वर्षको दुषित, न्यून गुणस्तर, लेवल तथा नियम उलघंन गरेका अधिकांश तेल तथा पानी व्यवसायी रहेका छन् । विभागमा सबैभन्दा बढी वारा जिल्लाका व्यवसायीमा मुद्रा परेको छ । काठमाडौं उपत्यकामा तीन जिल्ला मध्य ललितपुर जिल्लाबाट कुनै [&hellip;]</p>

काठमाडौं । एक वर्षको अवधिमा एक सय ४८ वटा व्यवसायीको मुद्दा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयमा आएका छन् । गत वर्षको दुषित, न्यून गुणस्तर, लेवल तथा नियम उलघंन गरेका अधिकांश तेल तथा पानी व्यवसायी रहेका छन् । विभागमा सबैभन्दा बढी वारा जिल्लाका व्यवसायीमा मुद्रा परेको छ । काठमाडौं उपत्यकामा तीन जिल्ला मध्य ललितपुर जिल्लाबाट कुनै मुद्दा परेको छैनन् ।

पछिल्लो समय खाद्य वस्तुमा देखिएको मिसावट र सम्बन्धित व्यवसायीले नीति उलंघन गरेसँगै गतवर्ष मात्र एक सय ४८ वटा व्यवसायमाथि मुद्दा परेको छ ।  खाद्यन्न तथा दैनिक जीवनमा आवश्यक पर्ने पानीमा पनि मिसावट तथा गुणस्तरहिन वस्तुको बढ्दो प्रयोगसँगै मानव स्वास्थ्यमा प्रभाव परेको छ । पछिल्लो समय अखाद्य वस्तुलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाका साथ बजार अनुगमनलाई निरन्तरता दिंदै आएको छ ।

जसमा वारामा ३३ वटा सबै भन्दा बढि छ भने त्यस्तै चितवनमा ३०, मोरङ्गमा २४, पर्सा ११, काठमाडौंमा १२, झापामा सातवाट मुद्दा दर्ता भएका छन् । मकवानपुर, सिराहा, भक्तपुर, बाँके, तनँहु, काभ्रेको पनि ४/४ वटा मुद्दा रहेका छन् । त्यस्तै कास्कीको तीन र नवलपरासी, बाग्लुङ्ग, नुवाकोट, कैलालीबाट १/१ मुद्दा दर्ता भएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

बारा जिल्लाका अधिकांश दर्ता भएका मुद्दाहरु न्यून गुणस्तर भएका तेल तथा घ्यू र दूषित कुखुराको दाना व्यवसायी परेका छन् । उपत्यका बाहिर नै अधिकांश चितवन, मोरङ् रहेका छन् । खाद्य उत्पादनको भण्डारको रुपमा रहेका जिल्ला बढिरहेको तथ्यांकमा प्रष्ट रहेको छ ।
तयारी दालमोठ, चाउचाउदेखि मह, चुकअमिलो, जिरा, खुर्सानीको धुलो व्यवसायी माथि पनि मुद्दा परेको छ । पछिल्लो समय खाद्य सामाग्री प्रतिको लापरबाही बढ्दै गएको छ ।

मानव जीवनमा जोडिएर खाद्यन्न व्यवसायीको गलत नियतका कारण स्वास्थ्य असर पुराएको छ ।  बजारमा पाइने सबै प्रकारका खाद्यन्न वस्तुप्रति उपभोक्ताको विश्वास घट्दै आएको छ । वातावरणमा बढ्दो प्रदूषण, रासायनिक मलको उच्च प्रयोग गरेसँगै बजारमा पाइने तरकारी तथा अन्य खाद्य सामाग्री प्रति विश्वास घटेको हो ।

Share News