विकासन्युज

काठमाडौं-तराई फास्ट ट्रयाक पाँच वर्षभित्रै सक्ने, यस्ताे छ समष्टिगत गुरुयोजना

काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताए। द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा काम अघि बढाइने सेनाको भनाइ छ । पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा काम अघि बढ्ने उनको भनाइ छ । अबको १५-२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रष्ट खाका आउने बताइएको छ । उनले भने, “पहिलो चौमासिकमा ठेक्का आह्वान गर्नेलगायतका काम भए पनि अबको दिनमा द्रुतरुपमा काम हुनेछ ।” काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको सो मार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ । त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ । आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ तीन दशमलव पाँच किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुवैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख श्रेष्ठले बताए । सुरुङ निर्माण सम्पन्न गर्न चार वर्ष पर्याप्त समय भएको उनले बताए । उनले भने, “१० देखि १२ वटासम्म ठेक्कामार्फत कामलाई अघि बढाइनेछ ।” पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत प्रतिवेदनमा ८६ पुल निर्माण हुने उल्लेख छ । जटिल मानिएका ठूला १६ पुलको निर्माण आगमी वर्ष पुसमा शुरु हुनेछ भने ती बाहेकका अरु पुलको निर्माण आगामी भदौमा शुरु हुने बताइएको छ । चार लेनको सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरु ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीन वटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउनका लागि चालू आवमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजना निर्माणस्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको कामसमेत गत वर्षदेखि अघि बढाइएको छ । आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्रको समेत काम अघि बढाइने छ । आगामी वर्ष मङ्सिरमा कालोपत्र शुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ । आयोजनाअन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मङ्सिरसम्ममा सम्पन्न हुनेछ । आगामी वर्षदेखि शुरु गरेर तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ । गुरुयोजनामा आयोजना कति वटा खण्डमा, कति ठेक्कामार्फत सम्पन्न गर्ने भनी उल्लेख हुने सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार अहिले परामर्शदाता छनोटको कामसमेत अघि बढाइएको छ । गत वर्ष परामर्शदाता छनोट प्रक्रिया अघि बढाइए पनि प्राविधिक त्रुटिका कारण सूचना चुहावट भएको भनी रद्द भएको थियो । उनले भने, “केही समयमा परामर्शदाता छनोट भएसँगै निर्माणको काम पनि दु्रतरुपमा अघि बढ्नेछ ।” भ्रमण वर्षमा पर्यटक भित्र्याउने सेनाको उद्देश्य भ्रमण वर्ष २०२० का अवसरमा दौत्य सम्बन्ध कायम भएका देश र नेपाली सेनाको मिसन रहेका देशका पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने सेनाले योजना बनाएको छ । ती देशका नागरिकलाई विमानस्थलमा स्वागत गर्नेदेखि विभिन्न रोचक र साहसिक यात्रामा सहभागी गराउने योजना बनाइएको महासेनानी सुवास थापाले बताए । फरकफरक महिनामा पदयात्रा, सगरमाथा सफाइ, लिगलिग दौड, जङ्गल सफारी, प्याराग्लाइडिङलगायतका कार्यक्रम छन् । उनले भने, “सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाइएकामा हामीले पनि त्यसमै सहकार्य गर्न लागेका छौँ ।” रक्षा प्रविधि प्रदर्शनीको आयोजना गरिने महासेनानी भूपालमान अधिकारीले नेपाली सेनाका लागि आवश्यक प्रविधि विदेशबाट ल्याउने गरिएकाेमा त्यसलाई कम गर्न ‘रक्षा प्रविधि प्रदर्शनी’ गर्न लगिएको जानकारी दिए । विद्यार्थी, पेशाकर्मी र सेना समावेश गरिने सो प्रदर्शनीले सेनाका लागि आवश्यक प्रविधि स्वदेशमा नै विकास गर्ने सम्भाव्यताको खोजीका रुपमा हुने उनको भनाइ छ ।

पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरका १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् । पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९ बजे प्रसारण हुदैँ आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्दछ । र, यो सरसफाईको प्रयास जहाँ कहि जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो हो । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र अधिकृत वितरक सदैव आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र संस्थागत सामाजिक उत्तरदायित्व गतिविधिको हिस्साको रुपमा ग्राहकहरुको हितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ जहाँ ७ देशका सहभागीहरु द्विवार्षिक बहु-खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले यो तेस्रो पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको हो । पल्सर डेयर भेन्चरका राइडरहरु मध्य एक जना राइडरले आफ्नो भावना व्यक्त गर्दै भने , “हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौ र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।”

पिटर इंग्ल्यान्ड अब उपत्यका बाहिर पनि, बिहीबारदेखि भरतपुरको सिजी ल्यान्डमार्कमा आउटलेट

काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । यही मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीको योजना छ । सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने उक्त आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका काकीबाट गराउने कम्पनीको योजना छ । आउटलटको भित्री सजावटको काम सकिसकेको कम्पनीले जनाएको छ । सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।

सैनिकहरुकाे पेन्सन अब बैंक खातामै, प्रभुले ल्यायाे ‘प्रभु स्पेशल सेभिङ्ग खाता’

काठमाडौं । प्रभु बैंकले ब्रटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको ‘प्रभु स्पेशल सेभिङ्ग खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले गोर्खा सत्याग्रह समिति नेपालसँग सम्झौता गरी उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त सम्झौतापत्रमा गोर्खा सत्याग्रह समिति, नेपालकातर्फबाट अध्यक्ष कृष्ण बहादुर राई र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् । गोर्खा सत्याग्रह समिति नेपाल खासगरी ब्रिटिश सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व गोर्खा सैनिकहरुको हितमा क्रियाशील रहेको गैरसरकारी संस्था भएकोले गोर्खा सत्याग्रह समिति नेपालले प्रभु बैंकको कमलादी शाखा कार्यालयमा आफ्नो नाममा खाता खोली कारोबार गर्ने छ । साथै, गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले पनि प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट प्रभु स्पेशल सेभिङ्ग खाता खोल्न सक्ने भएका छन् । गोर्खा सत्याग्रह समिति नेपालका सदस्यहरुले प्रभु बैंकमा प्रभु स्पेशल सेभिङ्ग खाता खोली ब्रिटिश सरकारबाट प्राप्त गर्ने पेन्सन रकम सिधै प्रभु बैंकमा रहेको सम्बन्धित खाताधनीको खातामा जम्मा हुने व्यवस्था मिलाईनेछ । प्रभु स्पेशल सेभिङ्ग खाता खोल्ने ब्रिटिश सैनिक सेवामा कार्यरत तथाभुतपुर्व ब्रिटिस गोर्खा सैनिकहरुले शुन्य मौज्दातमा यो खाता खोल्न सक्नेछन् । हालको लागि वार्षिक ६.५ प्रतिशत ब्याज प्रदान गरिने उक्त खातामा बैंकको नियमानुसार ब्याजदर परिवर्तन हुन सक्नेछ । युपिआई कार्डको सेवाशुल्क(पहिलो वर्षको लागिमात्र) चेकबुक, एबिबिएस शुल्क, ब्यालेन्स सर्टिफिकेट, गुडफर पेमेण्ट शुल्क, बैंक स्टेटमेण्ट, चेक स्टप शुल्क तथा अनलाईन बैंकिङ्गदर्ता गर्दा लाग्ने सेवाशुल्क निःशुल्क प्राप्तहुनेछ । यो सम्झौताबमोजिम खाता खोल्ने ब्रिटिश सैनिकमा कार्यरत सैनिक तथा भुतपुर्व ब्रिटिश गोर्खा सैनिकहरुले लकर सेवा बापत लाग्ने शुल्क, ड्राफ्ट, ट्राभल कार्ड तथा मोबाईल बैंकिङ्ग उपभोग गरे बापत लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । साथै, स्पेशल प्रभु सेभिङ्ग खातामा सम्बन्धित सैनिकको पहिलो पटक पेन्सन जम्मा हुनासाथ सम्बन्धित सैनिकको ६ महिनाको पेन्सन रकम बराबर वा ५ लाख रुपैयाँमध्ये जुनकम हुन्छ सो रकमसम्म व्यक्तिगत कर्जा शीर्षक अन्तर्गत विनाधितो कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था समेत रहेको छ । यसबाट ब्रिटिश सरकारको सैनिक सेवाका कार्यरत तथा भुतपुर्व ब्रिटिश सैनिकहरुलाई विशेष सुविधा उपलब्ध बैंकको विश्वास छ ।

बिग मर्जर पछि विदेशमा शाखा खोल्ने- अध्यक्ष चन्द्रप्रसाद ढकाल

सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारी शुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए । कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।

नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडाैं । नेपाली बालिकालाई जबर्जस्तीकरणी गर्ने अमेरिकी नागरिक पक्राउ परेका छन् । आर्थीक प्रलोभन देखाइ तथा खानेकुरा दिई ललाई फकाई गरी नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरको भन्ने सूचनाको आधारमा उनलाई आइतबार काठमाडौं विमानस्थल स्थित मेमोरियल गेष्ट हाउसबाट पक्राउ गरिएको हो । उक्त गेष्ट हाउसबाट अमेरिकी नागरिक जेसोन लोइड मुडी र तीन बालिकालाई आपत्तिजनक अवस्थामा फेला पारी पक्राउ गरेको हो । हाल उनको जबरजस्ती करणी कसूर अन्तर्गत अनुसन्धान भई रहेको जनाइएको छ । उनीबाट अमेरिकाको राहदानी तीन थान, ल्यापटप एक थान, मोबाइल चार थान लगायतका बिभिन्न सामग्रीहरु बरामद भएको जनाएइको छ । केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता वेल बहादुर पाण्डेले बताए ।

महालक्ष्मी विकास बैंकको नयाँ शाखा सानो भर्याङमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सानो भर्याङ्मा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् । हाल बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत करिब पाँच लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।