
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको सानो भर्याङ्मा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरेका छन् ।
हाल बैंकले १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत करिब पाँच लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।