बिग मर्जर पछि विदेशमा शाखा खोल्ने- अध्यक्ष चन्द्रप्रसाद ढकाल

<p>सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै [&hellip;]</p>

सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।

उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो ब्याङ्क को अस्ट्रेलिया मा शाखा खोल्ने तयारी शुरु भएको पनि बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानी का सम्भावनाहरु झन् बढेर गएको उनले बताए ।

आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था दश अर्ब बराबरको गैर आवाशीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवाशीय नेपालीहरुमा लगानीको आत्मबिस्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवाशीय नेपाली लगाएत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए ।

कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवाशीय नेपालीहरुले ठुलो मात्रामा संयुक्त पुजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।

Share News