ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ । साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
विश्वकप फुटसलमा नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा
काठमाडौँ। विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा क्यानडासहित क्याटलना र फ्रान्स छन् । आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल चैत १८ गते क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले दोस्रो खेलमा चैत १९ गते क्याटलनासँग र समूहको अन्तिम खेल चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । उक्त प्रतियोगिताका लागि नेपाल फुटसल सङ्घले खेलाडी छनोट गरिसकेको जनाइएको छ । उक्त विश्वकप फुटसलमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।
गत आर्थिक बर्षमा चौधरी ग्रुपद्धारा सरकारी राजश्वमा रु ९.६७ अर्ब याेगदान
काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा चौधरी ग्रुप सम्वद्ध कम्पनीहरुले सरकारी राजश्वमा ९ अर्ब ६७ करोड रूपैयाँ योगदान गरेका छन् । आर्थिक बर्षमा संकलन भएको कुल सरकारी राजश्वमा ग्रुप सम्वद्ध कम्पनीमार्फत् गरिएको राजश्वको योगदान १.६४ प्रतिशत रहेको छ । आर्थिक बर्ष २०७३/७४ को तुलनामा आर्थिक बर्ष २०७४/७५ मा २२. ७२ प्रतिशत बढि राजश्व सरकारी ढुकुटीमा दाखिला गरेको छ । सो ग्रुपले ७ अर्ब ८८ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । आर्थिक बर्ष २०७२/७३ को तुलनामाभने यो राजश्व ७३ प्रतिशतले बढि छ । उक्त बर्ष ग्रुपले ५ अर्ब ५९ करोड रूपैयाँ राजश्वमा योगदान गरेको थियो । नेपालमा बढ्दो लगानी र फैलिदै गएको व्यवसायबाट अन्ततः रोजगारी श्रृजना र राजश्वमा योगदान बढ्दै गएको छ’, चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने । चौधरीले उच्च व्यवसायिक मर्यादा एवं पारदर्शीतामा विश्वास गर्ने र निरन्तर प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्ने बताए । चौधरी ग्रुपले चालू आर्थिक बर्ष २०७५/७६ मा नेपालमा २० अर्ब लगानी गरेकाे छ । मुख्य प्रोजेक्टहरुमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेन्ट उद्योग, काठमाडौं माता जभिभान्ता होटल, चितवनमा सपिङ मल, होटल सहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सि जी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी एवं ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजना लगायत रहेका छन् । सिजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरुको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरिएको छ । जसमा सिजीब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवं सफ्ट ड्रिंक्स लगायतका उद्योग रहेका छन् । चौधरी ग्रुपमा १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन् । नवलपरासीमा स्थापना गरेको सि जी इन्डष्ट्रियल पार्क दक्षिण एसियाकै उत्कृष्ट मध्येको एक मानिन्छ । ग्रुपले प्रदेशनम्बर ५ को बर्दिया र प्रदेश नम्बर १ को सुनसरीमा पनि औद्योगिक पार्क स्थापना गरिरहेको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा
काठमाडौं । एनआईशी एशिया बैंक शाखा उद्घाटन गरेको छ । एनआईशी एशिया बैंकले सप्तरीको राजविराज नगरपालिका स्थित २७७ औं शाखाको स्थापना गरेको छ । सोमबार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् । सबैभन्दा धेरै शाखा सञ्जाल रहेको एनआईशी एशिया बैंक योसँग २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईसहितको बैंक बनेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ जुन निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो हो । हालसम्म यस बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको समेत जनाएको ।
दुग्ध किसानको गुनासोः ३० अर्ब लगानी डुब्न लाग्यो, चाईनिज गाई किन चाहियो ?
काठमाडौं । दुग्ध उत्पादक किसानहरुले आफ्नो ३० अर्ब लगानीमाथी सरकारले खेलबाड गरेको आरोप लगाएका छन् । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको संसोधन मस्यौदामा दुग्ध प्रशोधन उद्योगमा विदेशी लगानी गर्न सकिने व्यवस्था छ । सो व्यवस्थाले दुग्ध उत्पादनका क्षेत्रमा सहकारी र निजी क्षेत्रले गरेको ३० अर्ब लगानी जोखिममा परेको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताए । हाल भारतीय मल्टिनेशनल कम्पनी अमुलले नेपालमा दुग्ध प्रसोशन उद्योग सञ्चालन गर्न लागेको छ । सो कम्पनीले भारतबाट दुग्ध ल्याएर प्रसोधन गर्ने भएकाले नेपाली किसानहरु संकटमा पर्ने उनीहरुको निष्कर्ष छ । त्यस्तै, ३ नम्बर प्रदेश सरकारले चीनबाट ४ हजार दुधालु गाई खरिद गर्न सम्झौता गरेको छ । नेपालमा दुधालु गाईहको सहज उपलब्धता हुने भएकाले चिनियाँ गाई ल्याउनु आवश्यक नरहेको उनीहरुको निष्कर्ष छ । उनीहरुले उन्नत जातको गाई नभएर ब्रिड भित्र्याउनुपर्ने र प्रसोधन उद्योगलाई मात्रै लगानी गर्न दिनुपर्नेे माग गरेका छन् । हाल नेपाली किसानहरुले बार्षिक २० लाख ८५ हजार मेट्रिकटन दुग्ध उत्पादन गरिरहेको उनीहरुको दावी छ । दुग्ध उत्पादनको क्रम बार्षिक ५ प्रतिशतले वृद्धि भैरहेको पनि संघले जनाएको छ । देशभर १६ सय ७२ वटा दुग्ध सहकारी संस्थामा १० हजारले प्रत्यक्ष रोजगारी पाएका छन भने ११ लाख भन्दा बढी किसानको जिविकोपार्जन भैरहेको छ ।
स्पर्श लघुवित्त र साहारा हस्पिटलबीच सम्झौता
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ । यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परीवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
महालक्ष्मी लाईफद्धारा ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । नेपालको १९ औं जीवनबीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिमतथाबीमाजागरण कार्यक्रम सञ्चालनभएको छ । जीवनबीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हालसम्म ६ हजार ३ सयभन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्य भरी अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालनगर्ने कार्यक्रम बनाएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरिरहेको जानकारी गराएका छन् ।
एनसीसी बैंक र शिखर इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र शिखर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरे ।