विश्व बैंकले प्रक्षेपण आर्थिक वृद्धि ७.५ प्रतिशत, अर्थमन्त्रीले भने तथ्यांक अझै अनुमानको भरमा

<p>काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । सेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको विश्व बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । सेवा तथा कृषि क्षेत्र विश्व बैंकले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालु आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य तय गरेको छ । सेवा तथा कृषि क्षेत्रको योगदानका कारण नेपालको अर्थतन्त्र द्रुत गतिमा सुधार हुन थालेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७ दशमलव ५ प्रतिशतले विस्तार हुने भन्दै खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जनाएको छ । विश्व बैंकले सन् २०२० मा नेपालमा भने आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालमा अझै पनि कतिपय तथ्यांक अनुमानको भरमा आउने गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । विश्व बैंकको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले तथ्यांकको बढी विश्वासनिय बनाउन आधार वर्ष परिवर्तन गर्न लागेको उनले बताए ।

विश्व बैंकले सन् २०१९ का लागि नेपालसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । नेपालको आर्थिक वृद्धिदर अहिले पनि मनसुन र सेवा क्षेत्रमा निर्भर रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

पछिल्लो समय पर्यटन आगमन बढेको तथा त्यसले सेवा क्षेत्रको विस्तारमा योगदान दिएकाले समग्र आर्थिक विकासमा सुधार आएको विश्व बैंकले जनाएको छ । देशमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल देखि ठूला ठूला होटल निर्माण हुनुका साथै अन्य देशसँग पनि हवाइ कनेक्टिभिटी जोडिदै जाँदा यसको सुधार आएको छ ।

गरिबी न्यूनीकरण तथा साझा समृद्धिमा भएको प्रगतिका कारण नेपालको आधारभूत आर्थिक सूचकहरू समग्रमा राम्रो भएको विश्व बैंकले जनाएको छ । विश्व बैंक बिहीबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार बढ्दो व्यापारीकण, मल तथा बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रमा सुधार आएको हो । यति हुँदा हुँदै पनि व्यापार घाटा कम गर्न भने नेपाललाई चुनौती देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले उनले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए ।

Share News