भारतीय राजदूतावास र इन्टेकबीच साँस्कृतिक सम्पदा संरक्षणसम्बन्धी सम्झौता

<p>काठमाडौं । नेपालमा भुकम्प प्रभावित ११ सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज(इन्टेक) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्टेकका सदस्य सचिव श्रीमती डा. सि.टी मिश्राले हस्ताक्षर गरेका हुन् । साथै, कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका [&hellip;]</p>

काठमाडौं । नेपालमा भुकम्प प्रभावित ११ सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतीय राजदूतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज(इन्टेक) सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्टेकका सदस्य सचिव श्रीमती डा. सि.टी मिश्राले हस्ताक्षर गरेका हुन् ।

साथै, कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीको उपस्थिति थियो । सम्झौताअनुसार इन्टेकले काठमाडाैं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

साँस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुरुप साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि इन्टेकले नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग मिलेर काम गर्नेछ ।

भारत भर १९० भन्दा बढी शाखाहरु रहेको यस इन्टेक विश्वको सबैभन्दा ठूलो साँस्कृतिक सङ्घठनहरु मध्येकोे एक हो । सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि इन्टेकलाई विशेष परामर्शदात्रीको रुपमा लिइएको थियो ।

Share News