विकासन्युज

राष्ट्र बैंकले आज १० अर्ब २३ करोडको ट्रेजरी बिल निष्कासन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गरेको बैंकले आज मंसिर ३० गते फेरि उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आज निष्कासन गर्ने ट्रेजरी बिलमध्ये आठ अर्ब २३ करोड चैत ४ गते र वाँकी दुई अर्ब २०७७ मंसिर ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर ३० गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलवार हुनेछ । यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो । राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।

१० प्रतिशत ब्याजमा २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, ६/६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्षका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले खरिद गर्न पाउने छन् । मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेश बस्दै आएका गैर–आवसीय नेपालीका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत उक्त बचतपत्र खरिद गर्न पाउने छन् । १० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदकर्ताले चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ । पाँच वर्षमा साँवा पनि फिर्ता पाइन्छ । बचतपत्र किन्न कहाँ दिने आवेदन ? सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सन्राइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

पर्यटन विकासमा सरकारका आठ लक्ष्य, जीडीपीमा उल्लेख्य सुधार हुने संकेत

काठमाडौं । यतिखेर नेपाल भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा छ । सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु भ्रमण वर्षको तयारीमा जुटेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकहरु भित्र्याउनका लागि सरकारले विभिन्न गृहकार्य पनि गरिरहेको छ । पर्यटकीय दृष्ट्रिकोणले धेरै सम्भावना भएको नेपालमा पर्यटकीय स्थलहरु अनुसार पर्यटकको आगमन नहुँदा सरकारले विभिन्न समयमा भ्रमण वर्ष घोषणा गर्ने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सरकारले विभिन्न योजना तथा लक्ष्यहरु लिएको  छ । राष्ट्रिय योजना आयोगले पर्यटन विकासका लागि विभिन्न लक्ष्यहरु लिएको छ । सरकारले १५ औं आद्यवधिक योजनामा पञ्चवर्षीय लक्ष्यहरुमा पर्यटनलाई पनि महत्वपूर्ण क्षेत्रका रुपमा समेट्दै आठ महत्वपूर्ण लक्ष्य लिएको छ । सरकारले पर्यटक आगामी पाँच वर्षभित्र प्रत्येक पर्यटकको दैनिक  खर्च बढाएर एक सय डलर पुर्याउने, पर्यटकले कम्तिमा १५ दिन नेपालमा बस्ने खालको वातावरण सिर्जना गर्ने, पर्यटकमा रोजगारहरु बढाएर ६ लाख सम्म पुर्याउने, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत गर्ने लक्ष्यहरु रहेका छन् । यस्तै डोमेस्टिक एयरलाइन्सहरुको संख्या बढाएर ३० वटा बनाउने, अन्तर्राष्ट्रिय जहाजहरु बढाएर ३५ सम्म पुर्याउने र पाँच वर्षको अवधिमा विदेशी पर्यटकहरु बढाएर ३५ लाखसम्म पुर्याउने लक्ष्य लिएको राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फयालले बताए । राष्ट्रिय योजना आयोगका अनुसार प्रत्येक पर्यटकले दैनिक ५४ रुपैयाँ डलर खर्च गर्दै आएका छन् भने पर्यटकले कम्तिमा १२/१३ दिन नेपालमा बस्दै आएका छन् । यस्तै हाल नेपालमा ५ लाखले पर्यटनमा रोजगार पाएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनले ४/०१ प्रतिशत योगदान गरेको छ । हाल नेपालमा २० वटा डोमेस्टिक एयरलाइन्स रहेका छन् भने २६ वटा अन्तर्राष्ट्रिय एियरलाइन्स कम्पनीले नेपालमा हवाई सेवा दिँदै आएका छन् । चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान साढे २७ प्रतिशत कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने भएको हो । अनुसार निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान ८ दशमलव १० प्रतिशत रहने छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशलमव ८१ प्रतिशत रहने भएको छ ।  

गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै, २२ उद्याेगमा सिलबन्दी

काठमाडाैं । पछिल्लो गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योगहरु बढ्दै गएका छन् । आइतबार खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले सार्वजनिक गरेको तथ्याकं अनसार गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै गएको देखिएको हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आबको पहिलो चौमासमा गुणस्तरहीन उत्पादन गर्ने यस्ता कम्पनीमा छापा मारी सिल गरिएकाे छ । विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको विभागकी महानिर्देशक डा.मतिना जोशीले बताइन् । उनले विषादयुक्त खाद्य सामाग्रीलाई न्यूनिकरण गर्न विभाग लागि परेको बताईन । पछिल्लो समयमा निर्यातमा समस्यादेखिए सँगै त्यसका बारे गम्भिर भई छिमेकी मुलुकसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन् ।  विभागमा विभागको गैर कानुनी ढंगबाट उत्पादन तथा वितरण भएको खाद्यन्नको मुद्दा प्रक्रियालाई जिल्ला कार्यलयको मातहतमा रहेर फैसला गर्ने र अयोग्य खाद्यन्न न्यूनिकरणका लागि विभाग लागि परको बताइन् । विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण तथा अनुगमनका क्रममा ९ सय २५ नमूना संकलन गरेको विभागले जनाएको छ । जसअन्तर्गत ४ सय ६४ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ६१ नमूनाहरु मापदण्ड विपरीत रहेको पाइएको विभागले जनाएको छ ।

ह्वावेद्धारा ६ नयाँ उत्पादन सार्वजनिक, मूल्य रेञ्ज तीन हजारदेखि डेढ लाख रूपैयाँ

काठमाडाैं । ह्वावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेको आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम वावे मोबाइल सर्भिसेसयुक्त (एचएमएस) ह्वावेको  पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स श्री तथा फ्रिल्यान्सजस्ता बेयरेबलहरू आइतबार सार्वजनिक गरेको हो । ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य  लिएको ह्वावे कन्ज्युमर बिजनेस रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात ह्वावे  मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो ।  ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्धारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ । ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर ह्वावे मोबाइल क्लाउड, बावे थिमहरू, ह्वावे म्युजिक, बावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू  ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् । ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्र तीन अर्ब अमेरिकी डलर र तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ । अब दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको छ ।  अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी  प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको बताइएको छ । प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री, उच्च स्तरको फोटो र भिडियो खिच्ने, ४० एमपी सुपर सेन्सिङ क्यामरा, एमपीको टेलिफोटो क्यामरा तथा श्रीडी डेप्य सेन्सिङ क्यामरा जडित छ। मूल्य कति पर्छ ? ह्वावे मेट ३० प्रोको एक लाख २९ हजार ९ सय, हाइवे वाच जीटी टु ४६ एमएमको २९ हजार ९ सय, ह्वावे ब्याण्ड फोरको ४ हजार ४ सय, ह्वावे ब्याण्ड फोर ईको ३ हजार ४ सय, ह्वाई फ्रि बड्स थ्रीको २० हजार ९ सय, ह्वावे फ्री लेसको ९ हजार ९ सय मूल्य रहेको छ । हवावे विश्व बजारमा दोस्रो ठलो स्मार्टफोन सप्लायर हो । अक्टोबरसम्म २०० मिलियन यनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वद्धि भएको हो । 

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा काठमाडौं र ललितपुरमा

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा गरी दुई शाखा आइतबार(मंसिर २९ गतेबाट) सञ्चालनमा ल्याएको हो । मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एनआईसी एशिया बैंकका उप-प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमिल्सिनाले गरेका छन् । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सनराइज बैंकको १२७औं शाखा टिमुरेमा

काठमाडौं । सनराइज बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा गरेका छन् । कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले एटीएमको उद्घाटन गरेका छन् । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । हाल बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

सिद्धार्थ बैंकद्धारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र(एचआरडीसी) लाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान गरेका छन् । अपाङ्गबाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियो थेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।