विकासन्युज

युरोप, अफ्रिका र एशियाली मुलुकहरुको सहभागितामा उद्योग-व्यापार प्रदर्शनी मेला हुँदै

काठमाडाैं ।  नेपाल चेम्बर अफ कमर्सले पुस ४ गते देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय उद्योग–व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उध्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी मेला हुने बताएको हो । नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातकाे अवसर, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित हुने बताइएको छ । यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्द्द गर्ने आयोजकले विश्वास लिएको छ । भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन। नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि गर्ने गर्छन । छिमेकी मुलुकहरुबाट मात्र नभई युरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शकहरुको सहभागिता रहने जनाइएको छ । यस बर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमरो” लिएर नेपाल फाईभ पी प्रदर्शनीको तयारी अगाडि बढाईदै छ।

कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भङ्गालमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको भङ्गालमा नयाँ शाखा विस्तार गरको छ । बैंकले उक्त स्थानमा आफ्नो १०७औं शाखा विस्तार गरी कारोबार शुरु गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका छन् । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १०७ वटा शाखा तथा ५६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

५ महिनामा ९ प्रतिशतमात्र पुँजीगत खर्च, लक्षित उपलब्धि हासिल गर्न प्रतिदिन १ अर्ब ८६ करोड खर्चिनु पर्ने

काठमाडौं । विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात ८.९४ प्रतिशतमात्र खर्च गरेको छ । पुँजीगत खर्चमा कम भएसँगै विकासे मन्त्रालयलाई लक्षित पुँजीगत खर्च गर्न चुनौती थपिएको छ । आर्थिक वर्षको पहिलो ५ महिनामा न्यूनतम २० प्रतिशत पुँजीगत खर्च गरीसक्नु पर्ने थियो । तर, अहिलेसम्म सो अनुपातमा खर्च हुन सकिरहेको छैन । सरकारले भने जस्तै आवको दोस्रो चौमाससम्म ५० प्रतिशत खर्च गर्नलाई अबको वाँकी ३ महिनामा एक खर्ब ६७ अर्ब ४६ करोड रुपैयाँ खर्च गरिसक्नु पर्नेछ । सरकारले भने जस्तै वा अर्थ मन्त्रालयले निर्देशन गरेजस्तै लक्षित खर्च गर्न अबको वाँकी एक अर्ब ८६ करोड सात लाख खर्च गर्नुपर्ने देखिएको छ । सरकारले यस वर्षको लागि चार खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । पुँजीगत खर्च कम भएपछि पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले समेत सबै विकासे मन्त्रालयहरूलाई पत्र पठाएर दोस्रो चौमासिक (फागुन मसान्त) भित्र ५० प्रतिशत बजेट खर्च गरिसक्न निर्देशन गरेको छ । सरकारी निकायबीच समन्वय नहुँदा पनि पुँजीगत खर्चमा वाधा पुगेको हो । हचुवामा योजना निर्माण गरेर बजेटमा समावेश गर्नु, परियोजना पिच्छेनै कमिशनतन्त्र, ठूला ठेकेदारलाई राजनीतिक संरक्षणलगायतका धेरै कारण छन् । जबसम्म यसलाई छिचोलेर अघि बढ्न सकिदैन तबसम्म असारे विकासले प्रशय पाइनै रहन्छ । पैसा सक्नका लागि गरिने खर्चले विकासमा दिगोपना ल्याउन सक्दैन र अर्थतन्त्र निर्माणमा खासै उपलब्धि हासिल हुँदैन । कुल गार्हस्थ्य उत्पादन बढाउने मुख्य स्रोत रुपमा पुँजीगत खर्चलाई लिइन्छ । अर्थतन्त्र निर्माणमा यसको महत्वपूर्ण भुमिका रहन्छ । पुँजीगत खर्च नहुनु भनेको विकास निर्माणका क्रियाकलापले गति नलिनु हो । विकास निर्माणमा सुस्तता आउनु हो । पछिल्लो समय ठूला पूर्वाधार निर्माणले गति लिन सकेको छैन सो कारणले खर्च नभएको हो । पहिलो चौमास टेण्डर प्रक्रिया र परियोजना तयारीमै बित्ने भएकोले पुँजीगत खर्चले गति लिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलले बताए । खर्च बढाउन सरकारले बजेट प्रस्तुती पश्यातनै विभिन्न निर्देशन दिएपनि लक्षित खर्च भने हुन सकेको देखिदैन । प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयले खर्च बढाउन ठूला÷साना आयोजना सबैको मासिक प्रगति विवरण प्रत्येक महिनाको ७ गते अगावै लिने तालिका बनाएपनि खर्चमा भने सुधार हुन सकेको छैन । पुँजीगत खर्च नहुनु अहिले समस्या नभइ पुरानै समस्या भएकाले खर्च गर्ने योजनासहित कार्यान्वयनस्तरसम्म निगरानी बढाएर राम्रो गर्नेलाई पुरस्कृत र ढिला सुस्ती गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुपर्ने पूर्व अर्थ सचिव डा.शान्तराज सुवेदीले बताए । सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट हो ।

नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद पारित

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित ८० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् । साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशतअर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । संस्थाले हाल ४३ वटा जिल्लामा ६५ वटा शाखाकार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्न सफल भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए । संस्थाले अबको दिनमा विशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोकस गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना बनाएको छ । केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको यस संस्थाको उक्त साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा सम्पन्न भएको हो ।

प्राईम बैंक र सेलपेबीच सहकार्य, खाता आवद्ध गर्ने ग्राहकले १०० रुपैयाँको रिचार्ज पाउने

काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् । प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् । सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सन् २००७मा स्थापना भएको यस बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

भिसाको मुख्य सदस्य बैंकमा एनएमबि पनि, भुक्तानी प्रणाली स्वीकार गर्न नयाँ अवसर

काठमाडौं । एनएमबि बैंक नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । बैंक र भिसा वल्र्डवाइड प्रा.लि.सँग द्धिपक्षीय सम्झौतासँगै एनएमबि भिसाको सदस्य बैंक बनेको हो । भिसासँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार गर्नेछ । यस पश्चात एनएमबि बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धिबाट लाभन्वित हुन सक्नेछन् । यो साझेदारीले एनएमबि बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ । यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँ ठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । एनएमबि बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएका छन् । हाल एनएमबि बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न श्रम मन्त्रालयलको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनःध्यानाकर्षण गराएको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरेको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानकालागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए । अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यान पुग्नु पर्ने बताए । सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको पनि अध्यक्ष मोरले उल्लेख गरेका छन् । सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तीय सुरक्षा ग्यारेण्टि हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालयगम्भिर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउँदै जान पहल भइरहेको जानकारी गराए । श्रम सचिव केसीले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर सृजना गर्न परिसंघसँगको सहकार्य बढाउदै जाने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । यस अघि पनि परिसंघले सामाजिक सुरक्षा तथा श्रमसँग जोडिएका विषयमा रोजगारदाता तथा श्रमिकहरुका सुझावहरु समेटेर परिसंघले श्रम मन्त्रालयमा सुझाव प्रतिवेदन पेश गरेको थियो ।

युनाईटेड हेभी ईक्युपमेन्टसको आधिकारिक लोकार्पण सम्पन्न

काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । यूहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहि आएको छ । क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ । यूहिमले धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ । काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो । सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । यूहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहि आएको छ । क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ । यूहिमले धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।