विकासन्युज

सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीय खबासिहरुको उपस्थिती रहेको थियो ।

चार्टड इन्स्योरेन्स इन्स्टिट्युट बेलायतको सद्भावना दुतमा पौड्याल नियूक्त

काठमाडौँ । विगत ४० बर्ष भन्दा बढि बीमा क्षेत्रमा सक्रिय दिनेशप्रकाश शर्मा पौड्याललाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युटले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्याल बीमा, पूर्नबीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ परामर्शदाताका रुपमा परिचित छन् । वेलायतबाट बीमा बिषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन् । राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी लि., प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडमा उच्च तहमा रही कार्यकारी भुमिका निर्वाह गरिसकेका पौड्यालय सिआईआई कलेज अफ इन्स्योरेन्स युकेका अलमनाई, स्वीस रि–एकेडेमी, स्वीजरल्याण्ड र आईआईआई कलेज इन्स्योरेन्स इण्डियाका पनि अलमुनाई हुन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी र बिट्रिस अलमुनाई अफ नेपालका आजिवन सदस्य समेत रहेका पौड्याललाई चार्टड इन्स्योरेन्स इन्टिच्यूटले बीमा क्षेत्रको सद्भावना दुतका रुपमा नियूक्त गरेको हो । उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा समिति, बोर्ड लगायतका क्षेत्रमा रहेर काम गरिसकेका छन् ।

सिराहामा एकैदिन कामना सेवाका दुई शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तरगत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।

जेबिल्स फाइनान्सको १९ लाख ७० हजार कित्ता हकप्रद सूचिकृत

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको १९ लाख ७० हजार ६९४ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको बुधबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको छ । काठमाडौंको न्युरोडमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म ८० लाख ९० हजार ७७६ कित्ता सेयर सूचिकृत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ९० लाख रुपैयाँ रहेको छ ।

फागुन ३० गतेकाे नेपाल बन्द विफल पार्ने सरकारको तयारी

काठमाडौं। फागुन ३० गते नेत्र विक्रम चन्द (बिप्लव समूूूह)लेे गर्ने भनेकाे नेपाल बन्द विफल पार्ने सरकारकाे तयारी छ । सशस्त्र विद्राेह गरिरहेकाे यस पार्टीलार्इ सरकारले भने अराजनीतिक र हिस्सात्मक समूह भनेकाे छ । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेसंगै सो पार्टीका नेता तथा कार्यकर्ता समेत धमाधम पक्राउ गर्न थालेको छ । अपराधिक संगठनले घोषणा गरेकाे बन्दलाइ विफल पर्न सरकारले बुधबार देखि नै सुरक्षा गस्ती बढाएकाे छ । सरकारले अाफ्ना पाटी कार्यकर्ता माथि दमन गरेकाे भन्दै त्यसकाे विराेधमा नेपाल बन्द घाेषणा गरेकाे छ । नयाँ संविधान जारीपछि भएकाे नाकाबन्दी खुलेपछि बन्दकाे शास्तीबाट नेपालीले केही राह्रत पाएका थिए । पछिल्लाे समय फेरी नेपाल बन्दले गरिखाने वर्गलाइ नराम्ररी सताएकाे छ । राती १०ः३५ बजे सम्पादन गरिएकाे छ ।

बीमा कम्पनीले घर जग्गाको व्यवसायिक कारोबार गर्न पनि पाउने

काठमाडौं । अब बीमा कम्पनीले घर जग्गाको व्यवसायिक कारोबार गर्न पाउने भएका छन् । बीमा समितिले बीमकको लगानी सम्बन्धी निर्देशिकामा परिमार्जन गर्दै बीमा कम्पनीहरुले घर जग्गाको व्यवसायीक कारोबार गर्न पाउने व्यवस्था गरेको हो । समितिले बुधबार बीमकको लगानी निर्देशिका, २०७५ जारी गर्दै बीमा कम्पनीहरुले आफ्नो कुल टेक्निकल रिजर्भको ५ प्रतिशत रकम व्यवयायीक घर जग्गा कारोबारमा लगाउन पाउने भएका हुन् । त्यसका लागि बीमा कम्पनीहरुले बीमा समितिबाट पूर्व स्विकृति भने लिनुपर्नेछ । त्यस्तै, बीमा कम्पनीहरुले अब धितोपत्र बोर्डमा सूचिकृत नभएका अन्य कम्पनीहरुमा समेत लगानी गर्न पाउने छन् । यस अघि कुल लगानीयोग्य पूँजीलाई बिभिन्न क्षेत्र तोकेर निश्चित प्रतिशत नबढ्ने गरि लगानी गर्न पाउने व्यवस्था थियो । अब भने कुल टेक्निकल रिजर्भको आधारमा बीमा कम्पनीहरुले लगानी गर्न पाउनेछन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बीमा कम्पनीहरुलाई जोखिम व्यवस्थापनका लागि उपयुक्त नयाँ ठाउँहरुमा पनि लगानी गर्ने सुबिधा उपलब्ध गराएको बताए । उनले बीमा कम्पनीका लागि लगानीका परम्परागत गन्तव्य भन्दा माथए उठाएर अर्थतन्त्रमा योगदान पनि दिने र जोखिमको सुरक्षित व्यवस्थापन पनि हुने गरि लगानी निर्देशिका जारी गरेको बताए । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको डिबेञ्चरमा पनि कुल टेक्निकल रिजर्भको २० प्रतिशतशसम्म लगानी गर्न पाउनेछन् । यो बीमा कम्पनीहरुका लागि लगानीको बिलकुलै नयाँ क्षेत्र हो । यस अघि नेपाल पुनर्बीमा कम्पनीले मात्रै डिबेञ्चरमा लगानी गर्न पाउने सुविधा थियो । त्यस्तै, बीमा कम्पनीहरुले कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा प्राप्त भएको छ । यसरी लगानी गरिएका कम्पनीहरु भने पब्लिक हुनुपर्नेछ । बीमा समितिले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीका लागि एउटै लगानी निर्देशिका ल्याएको हो । यस अघि तिनै प्रकृतिका कम्पनीका लागि लगानीको फरक फरक निर्देशिका र लगानीको सिमा तोकिएकोा थियो । यस्तो छ लगानीको नयाँ क्षेत्र र सिमा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल टेक्निकल रिजर्भको पाँच प्रतिशतसम्म, बाणिज्य बैंक वा नेपाल पूर्वाधार बैंकमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशत नघट्ने निक्षेप राख्नुपर्ने, घर जग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशत नबढ्ने गरि, नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीको साधारण सेयरमा १० प्रतिशत, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको अग्राधिकार प्राप्त सेयर( साधारणमा परिणत नहुने) ऋण पत्रमा २० प्रतिशत, सचिकृत डिबेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलश्रोत लगायतका पूर्वाधारमा २० प्रतिशत, नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत, विकास बैंकहरुमा निक्षेपका रुपमा २० प्रतिशत, फाइनान्स कम्पनीमा निक्षेपका रुपमा १० प्रतिशत राख्नुपर्नेछ । यस्तो थियो लगानीको पुरानो व्यवस्था यस अघि जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्र वा सरकारको जमानतप्राप्त ऋण पत्रमा २५ प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेपका रुपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकमा १५ प्रतिशत नबढ्ने गरि र नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइन्थ्यो । त्यसबाहेक बाणिज्य र विकास बैंक तथा फाईनान्स कम्पनीहरुको अग्राधिकार प्राप्त सेयरमा १० प्रतिशत लगानीगर्न पाउने व्यवस्था थियो । फाइनान्स कम्पनीमा १० प्रतिशत नबढ्ने गरि निक्षेप राख्न पाइने, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको १० प्रतिशत नबढ्ने गरि, उत्पादनशिल तथा राष्ट्रिय महत्वका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता क्षेत्रका पब्लिक कम्पनीमा ५ प्रतिशत नबढ्ने गरि र कुल लगानीको २ प्रतिशत नबढ्ने गरि इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न सकिने व्यवस्था थियो । निर्जीवन कम्पनीले नेपाल सरकार, राष्ट्र बैंकको ऋण पत्र वा सरकारको जमानत प्राप्त ऋण पत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकको निक्षेपमा ३५ प्रतिशत नघट्ने गरि, विकास बैंकको निक्षेपमा कुल लगानीको १५ प्रतिशत नघट्ने गरि, नागरिक लगानी कोषको एकांकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा ५ प्रतिशत नबढ्ने गरि लगानी गर्न पाउँथे वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि, फाइनान्स कम्पनीको निक्षेपमा १० प्रतिशतनबढ्ने गरि, पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लागनीको १० प्रतिशत नबढ्ने गरि र गरी उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रहरु (जलविद्युत, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि) मा आधारित पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी गर्न सक्थे । त्यस्तै, नेपाल पुन र्बिमा कम्पनीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र रबचतपत्रमा २० प्रतिशत नघट्ने गरि, बाणिज्य बैंकमा निक्षेप तथा अल्पकालिन लगानीमा ३५ प्रतिशत नघट्ने गरि, विकासमा बैंकमा निक्षेप १५ प्रतिशत नबढ्ने गरि, नागरिक लगानी कोषको एकाँकी नागरिक लगानी योजना वा सामुहिक लगानी कोषमा गरिएको लगानीमा ५ प्रतिशत नबढ्ने गरि र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अग्राधिकार शेयरमा (साधारण शेयरमा परिणत नहुने), सुरक्षित डिवेन्चर र ऋणपत्रहरुमा १० प्रतिशत नबढ्ने गरि लगानी गर्न पाइने व्यवस्था रहेको थियो ।

पूर्णिमा विकास बैंकमा सम्पर्क गर्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्

काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालयकाे सम्पर्क नम्बर परिवर्तन भएको छ । विकास बैंकले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक सूचनाद्धारा उक्त कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको जानकारी गराएको हाे । रुपन्देही जिल्लाको बिद्रोहीचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थामा सम्पर्क गर्न चाहनेले सम्पर्क नम्बर ०७१५२६०५६ र ०७१५२१७५६ मा गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकले फ्याक्स नम्बर ०७१५२३०५७ मा सम्पर्क गर्न सक्ने संस्थाले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौँ । बंगलादेशमा मार्च १७ र १८ मा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली खेलाडी बुधबार स्थल मार्ग हुँदै त्यस तर्फ प्रस्थान गरेका छन् । टिम चोक, टिम म्यानेजर, निर्णयक र खेलाडी सहित २२ सदस्यीय टोली भारतको कोलकाता हुँदै बंगलादेश गएको हो । करातेका अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको टोलीमा काठमाडौं र १ नम्बर प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईंले सफलताको शुभकामना सहित बिदाई गरेका थिए । १३ जना खेलाडी सहित बंगलादेश प्रस्तान गरेको टोलीको टिम कोचमा ज्ञानबहादुर बलामी रहेका छन् । टिम म्यानेजरमा पूर्ण बलामी र प्रिमेश शिवाकोटी रहेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ, बिनोदकुमार राउत, अशोक पहाडी, बिरेन्द्र कर्ण, जमुना रार्इले सहभागिता जनाएका छन् ।