विकासन्युज

३५० सीसीकाे रोयल इनफिल्ड क्लासिक नेपाली बजारमा , मूल्य ६ लाख रूपैयाँ

काठमाडौं । नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी.ड्युअल च्यानल एबिएस सहितको बिएस आइभि नेपाली बजारमा सार्वजनिक गरेको छ । विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी. विक्री वितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ । रोयल इनफिल्ड क्लासिक ३५० सी सी इन्जिन,फ्युल इन्डिकेटर, हेडलाइट केसिङ,फ्युल ट्याङक, ड्युअल डिक्स ब्रेक, ओभल टुल बक्स, एक्सहस्ट फिन्स, स्पिड मिटर डायल,सिङगल सिट स्प्रिङ, सेडल टेल लाइट एसेम्बली र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको ड्युअल च्यानल एबिएस का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको रोयल इनफिल्ड अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ । रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युअल च्यानल एबिएस सहितको बिएसलाई केही समय सम्मका लागि मात्र रु. ६ लाखमा उपलब्ध गराईएको छ । रोयल इनफिल्ड क्लासिकड्युअल च्यानल एबिएस सहितकोे बिएस आइभिको १९वटै शाखा तथा डिलहरुबाट बिक्री भइरहेको पि.आर.हेड बिमला थापाले बताएकी छन् ।

प्रभु लाईफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा फोहर फाल्ने गार्बेज बिन वितरण

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सवका अवसरमा देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी फोहर फाल्ने गार्बेज बिन वितरण गरेको छ । कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु वितरण गरेको छ । अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरेका थिए । प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ । गत वर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका बिद्यार्थीहरुलाई पोशाक स्वेटर बितरण गरेको थियो ।

चालु आवमा करिब ३ हजार निजामति कर्मचारीले अवकाश पाउँने, विशिष्ट श्रेणीकामात्रै ११ जना

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा दुई हजार नौ सय ३७ जना ले अवकाश पाउने भएका छन् । सरकारी सेवामा विभिन्न क्षेत्र र स्तरमा कार्यरत करिब तीन हजार कर्मचारीले अवकाश पाउने निजामति किताबखानाले जानकारी दिएको छ । अवकाश पाउने कर्मचारीहरूमा कार्यालय सहायकदेखि विशिष्ट श्रेणीका कर्मचारी समेत रहेको निजामति किताबखानाका महानिर्देशक गिताकुमारी हुमागाईँले जानकारी दिइन् । चालु आवमा विशिष्ट श्रेणी (सचिव) का ११ जनाले अवकाश पाएका छन् । यहि पुस २१ गते सचिव अनिल कुमार ठाकुरले अवकाश पाउँदैछन् भने माघ महिनामात्रै चार सचिवले अवकाश पाउने भएका छन् । हाल ठाकुर प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत छन् । माघ ३ गते अवकाश पाउने सचिव बालाराम शर्मा हाल कर्णाली प्रदेश सुर्खेतको मुख्यमन्त्री हुन् । माघमा अवकाश पाउने सचिवमा अर्थ सचिव राजन खनाल, नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर र प्रेम कुमार राई रहेका छन् । राई गृह सचिव हुन् । दिल्लीराज घिमिरे, राजीव गौतम भने आगामी जेठमा अवकाश पाउँदैछन् । यस अघिनै विष्णु लम्साल, दीपेन्द्रनाथ शर्मा, अर्जुनकुमार कार्की, आनन्दराज रेग्मीले अवकाश पाइसकेका छन् । यी बाहेक यहि पुसमामात्रै विभिन्न पदका २ सय ३१ निजामति कर्मचारीले अवकाश पाउँदैछन् । माघमा २ सय २८ जनाले अवकाश पाउदैछन् भने फागुनमा २ सय ३ कर्मचारीले अवकाश पाउँदैछन् । चैतमा १ सय ९८ कर्मचारीले अवकाश पाउँदैछन् । वैशाखमा ३ सय ९, जेठमा २ सय ३१ र असारमा २ सय ७८ जना कर्मचारीले अवकाश पाउँदैछन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । ५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए । उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो । उनको अहिले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिएका छन् । भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

सीता एयरलाइन्सद्वारा भद्रपुर–ताप्लेजुङ सीधा उडान आजदेखि शुरू

भद्रपुर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान शुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिएका छन् । उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ । हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ । यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ ।

नाै बुँदे घोषणापत्र पारितसँगै खानेपानी उपभोक्ता महासंघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल सरकार खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्य र महासंघका अध्यक्ष टोरुप प्रसाईको अध्यक्षतामा आइतबार काठमाण्डौमा सम्पन्न भएको हो । सभामा प्रतिनिधी सभाका सांसद माननीय खगराज अधिकारी, खानेपानी मन्त्रालयका सचिव माधब बेल्बासे, खानेपानी बिभागका महानिर्देशक सुनिल कुमार दास, साना शहरी खानेपानी आयोजनाका आयोजना निर्देशक बिद्यानाथ भट्टराई, ईसाउका प्रमुख डा. रजित ओझा, टिम लिडर रामदिप साह, श्री हर्क क्षेत्री, नगर बिकास कोषका सुबास पन्त लगायत बिभिन्न ब्यक्तित्वको उपस्थिति थियो । खुला सत्र र बन्द सत्र गरी दुई सत्रमा संचालन भएको सभामा हाल खानेपानी आयोजनालाई परिरहेको समस्या र त्यसको समाधानको लागि उपभोक्ता संस्था स्वयं र राज्यको तर्फबाट गर्नुपर्ने नीतिका बिषयमा बृहत छलफल भई तपसिलका ९ बुंदे घोषणपत्र उक्त सभाले पारित गरेको हो । १. संघियता कार्यान्वयन संगै मुलकभर बितरण भएका खानेपानी गुणस्तरीय हुनु पर्ने भएकोले , प्राबिधी मैत्री गुणस्तरिय खानेपानी बितरण गर्न संम्बन्ध पक्षसंग आवह्वान गर्ने । २. मुलुकमा तिब्र गतिमा भएको पूर्वाधार बिकासले खानेपानीका संरचना र बितरण प्रणलिमा साथै बाताबरणीय असन्तुलन हुने गरी खानेपानीका संरचनाहरुमा प्रत्यक्ष क्षति पुग्ने गरेको हुंदा यसले खानेपानी उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरेको कारण बाताबरणिय सन्तुलन हुने गरी बिकासका गति अघी बढाउन आह्वान गर्ने । ३. राजमार्ग, सडक तथा भित्री सडक बिस्तारले खानेपानीको मूल एवं संरचना एक पछी अर्को क्षति भएकोले समयमै क्षति मुल्याङ्कन गरी म्एच् मा राखी द्यइत्त बनाउन नेपाल सरकार, सडक बिभाग, प्रदेश सरकार स्थानियतहको गम्भिर ध्यानाकर्षण गराउने । ४. खानेपानी आयोजनाको म्एच् बनाउदा सरसफाईलाई महत्वराखी सरसफाईको पक्षमा जोड दिन आह्वान गर्ने । ५. आन्तरिक राजश्वमा एब्ल् वा ख्ब्त् मा समाबेस हुनु पर्ने भएबाट अत्यावश्यक दैनिक जिवनमा नभैनहुने खानेपानी उत्पादन गर्ने मुनाफारहित संस्थालाई असर पर्ने भएकोले सहज बाटो बनाउन सरकारलाई अनुरोध गर्ने । ६. खानेपानी उत्पादनमा बिधुत महसुलको कारण लागत बढी भई खानेपानी महसुल शुल्क समेत बढी हुन गएकोले बिधुत महसुल न्यूनतम सिचाई सरहको सुबिधा प्राप्त गर्न सरकारलाई जोडदार माग गर्ने । ७. सेवामुलक खानेपानी उपभोक्ता संस्थाहरुलाई नगर बिकास कोषबाट लिई आएको क्रण समायोजन गरी शुलभ सेवा प्रबाह हुन संम्बन्ध पक्ष संग अनुरोध गर्ने ८. साना सहरी÷शहरी खानेपानी महासंघ कुनै पनि प्रकारका संघ संस्था र निकायसंग सम्बन्वय गरी सहयोगी संस्थाको रुपमा अगाडी बढने । ९. खानेपानीलाई शुद्ध र मापदण्ड अनुरुप गुणस्तरिय कायम राख्ने प्रतिबद्धता सहित पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको थियो ।

वासिङ्ग मेसिनको खरिदमा अब सिजिको हिटर उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजिले जाडोलाई लक्षित गरी फ्रन्ट लोड वासिङ्ग मेसिनको खरिदमा  सिजिको आकर्षक इलेक्ट्रीक हिटर उपहार स्वरुप फ्रिमा उपलब्ध गराएको छ । छिटो छरितो धुलाइको साथै अत्याधुनिक प्रविधि सहितको ३६० डिग्री डाइमेन्सनल क्लिन केयरको सुविधा सहित फ्रन्ट लोड वासिङ्ग मेसिनहरुमा दश वर्ष सम्मको वारेन्टी रहेको छ । सिजि वासिङ्ग मेसिनले चिसोको समयमा कपडा धुने कामलाई सहज बनाउनुका साथै हिटरले न्यानो गराउने उद्देश्यले यस योजना ल्याइएको हो ।

नेपाल टोस्टमास्टर्सकाे वार्षिक सम्मेलन ‘साइटेसन २०१९’ सम्पन्न

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएकाे छ ।  नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए । सम्मेलनमा प्रमुख वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन रहेका थिए ।  नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ । ८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउाछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालमा समाचार वाचिका रहेकी  थिइन । इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् । इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुन् डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् । कार्यक्रममा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए । कार्यक्रममा इन्कस्पायरको दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिएको थियो ।