१० प्रतिशत ब्याजमा २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, ६/६ महिनामा ब्याज पाइने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्षका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले खरिद गर्न पाउने छन् । मुलुक बाहिर रोजगारीमा रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्षका लागि उक्त वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न लागेको हो । पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले खरिद गर्न पाउने छन् ।

मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको व्यक्तिले यो बचतपत्र किन्न पाउँछन् । विदेश बस्दै आएका गैर–आवसीय नेपालीका बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत उक्त बचतपत्र खरिद गर्न पाउने छन् ।

१० प्रतिशत ब्याजदर रहेको बचतपत्रको व्याज हरेक छ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदकर्ताले चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने सुविधा छ । पाँच वर्षमा साँवा पनि फिर्ता पाइन्छ ।

बचतपत्र किन्न कहाँ दिने आवेदन ?

सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सन्राइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सक्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

Share News