काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ ट्रेजरी बिल बिक्री गर्ने भएको छ । मंसिर १६ गते ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री गरेको बैंकले आज मंसिर ३० गते फेरि उक्त मूल्य बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले आज निष्कासन गर्ने ट्रेजरी बिलमध्ये आठ अर्ब २३ करोड चैत ४ गते र वाँकी दुई अर्ब २०७७ मंसिर ३० गते परिपक्क हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा यही मंसिर ३० गते सोमवार दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन पुस १ गते मंगलवार हुनेछ ।
यस अघि राष्ट्र बैंकले मंसिर २३ गते २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल निष्कासन गरेको थियो । राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउनका निम्ति यसपटक ९१ दिनकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।