सिद्धार्थ बैंकद्धारा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग

<p>काठमाडौं । सिद्धार्थ बैंकले काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र(एचआरडीसी) लाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान गरेका छन् । अपाङ्गबाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई बारा र पर्साका शारीरिक अशक्तता [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र(एचआरडीसी) लाई दश लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई एक समारोहकाबीच प्रदान गरेका छन् ।

अपाङ्गबाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियो थेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो । यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News