सितापाइलास्थित लामखुट्टे मार्ने लिक्विड गोदाममा आगलागी, चार भ्यान र चार बाइक जलेर नष्ट

<p>काठमाडाैं । काठमाडौंको सितापाइलास्थित एक लिक्विड गोदाममा आगलागी भएको छ। शुक्रबार चार बजेतिर आगलागी भएकाे जनाइएकाे छ । स्टाेर मालिक रविन मानन्धरकाे गाेदाममा आगलागी भएकाे हाे । लामखुट्टे मार्ने क्वाएल, लिक्विड, स्पेयर पार्टस लगायतको गोदाममा आगलागी भएको स्वयम्भु प्हरी बिटका  डिएसपी लालध्वज सुवेदीले बताए । उनले आगलागीबाट चारवटा सामान बाेक्ने भ्यान, चारवटा माेटरसाइकल र अन्य गाेदामभित्रका लिक्विड जलेर ध्वस्त भएका [&hellip;]</p>

काठमाडाैं । काठमाडौंको सितापाइलास्थित एक लिक्विड गोदाममा आगलागी भएको छ। शुक्रबार चार बजेतिर आगलागी भएकाे जनाइएकाे छ । स्टाेर मालिक रविन मानन्धरकाे गाेदाममा आगलागी भएकाे हाे ।

लामखुट्टे मार्ने क्वाएल, लिक्विड, स्पेयर पार्टस लगायतको गोदाममा आगलागी भएको स्वयम्भु प्हरी बिटका  डिएसपी लालध्वज सुवेदीले बताए । उनले आगलागीबाट चारवटा सामान बाेक्ने भ्यान, चारवटा माेटरसाइकल र अन्य गाेदामभित्रका लिक्विड जलेर ध्वस्त भएका छन् ।

अहिले आगाे नियन्त्रणमा आइसकेकाे उनले बताए । आगलागी के कारणले भएकाे हाे अनुसन्धान भइरहेकाे उनले बताए । आगलागीकाे सम्पूर्ण विवरण आउन भने बाँकी छ ।

Share News