साङ्लो ग्रुपको प्रथम साधारण सभा सम्पन्न
माटो सँग मिल्न सक्ने नन् ओभन झोला उत्पादन गरी वातावरणीय सौन्र्दयमा महत्वपूर्ण भूमिका खेलेको साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज तिलोत्तमा–१४ रुपन्देहीले प्रथम साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभाले प्लाष्टिकले बढ्दो वातावरणिय प्रदुषणलाई मध्यनजर गर्दै उत्पादनलाई बजार विस्तारमा विशेष जोड दिने निस्कर्ष पनि निकालेको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र ज्येष्ठ सेयर सदस्य ढगप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा स्वागत मन्तव्य राख्दै सेयर सदस्य बेद प्रसाद न्यौपानेले साङ्लो बनाएर अगाडी बढ्ने उद्देश्यले सञ्चालित उद्योगको बजार विस्तारमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्ने बताए । न्यौपानेले वातावरणीय सौन्दर्यमा उद्योगले महत्वपूर्ण भूमिका खेलेकोमा खुशी व्यक्त गर्दै सबै सेयर सदस्यका प्रतिनिधित्वमूलक एक एक उद्योग स्थापना गर्न सक्ने गरी अगाडी बढ्नु पर्ने बताए । संस्थाका सेयर सदस्य विश्वराज बरालले उद्योग कलकारखानामा लगाईएको लगानीले तत्कालै प्रतिफल दिन सक्ने अवस्था नहुने बताउँदै निरन्तरता नै सफलता प्राप्त गर्ने मुख्य आधार भएकोले धैर्य गरेर कार्यप्रति ईमान्दारितापूर्वक लाग्नु पर्ने बताए । उनले तीव्र अस्वस्थ्य प्रतिस्पर्धा बजारको मुख्य समस्या रहेको बताउँदै गुणस्तरीय सेवा प्रवाहमा कन्जुस्याई गर्न नहुने धारणासमेत व्यक्त गरेका छन् । सेयर सदस्य अमृत भट्टराईले सञ्चालन गरेको सभामा अध्यक्ष खिमानन्द भुषाले कम्पनीको सम्पूर्ण आयव्यय विवरण तथा पुँजीगत संरचनाको बारेमा सभालाई जानकारी गराउँदै बजार अवस्थामा संस्थाले खेलेको भूमिकामा सेयर सदस्यहरुलाई प्रष्ट पारेका थिए । अध्यक्ष भुषालले जनशक्ति तथा पूर्वाधार विकास, उच्च गुणस्तरिय सेवा, उस्तै प्रकृतिको उत्पादनमा अध्यन तथा उत्पादन सुरु लगायतका तीन वटा भावी योजनाहरुलाई सभामा राखेका थिए । चार करोड लगानीमा सञ्चालन भएको उद्योगले मासिक २४ टन भन्दा बढी उत्पादन गर्दै आएको छ ।
‘यामाहा एमटि–१५’ को नयाँ संस्करण आउँदै, ४ हजार महँगिने अनुमान
काठमाडाैं । यामाहाले २०२० संस्करणको एमटि–१५ लाई शोकेस गरेको छ । कम्पनीले यस बाइकलाई सन् २०२० को जनवरीमा भारतमा सार्वजनिक गर्ने तयारी गरेको भएतापनि यसको मूल्यको वारेमा भने हालसम्म पनि केहि खुलाएको छैन । भारतिय अटो पोर्टलहरुले भने भारतिय बजारमा सो बाइकको मूल्य पहिलेभन्दा ४,००० रुपैयाँले बढ्ने अनुमान गरेका छन् । नयाँ एमटि–१५ मा पहिलेको तुलनामा केहि परिमार्जन गरिनुका साथै केहि फिचरहरु समेत थप गरिएको छ जसले यस बाइकलाई पहिलेभन्दा प्रिथक बनाएको छ । यामाहाले २०२० एमटि–१५ मा गरेको ३ परिमार्जनहरुलाई यसप्रकार चर्चा गर्न सकिन्छः नयाँ कलर अप्सन यामाहाले एमटि–१५ लाई इण्डोनेशियन एमटि–१५ मा भएकै ‘आइस फ्लुवो भर्मिलियन’ कलरमा उपलब्ध गराएको छ । म्याट व्हाइट पेन्ट र नियन ओरेन्ज हाइलाइट्समा आउने एमटि–१५ एकदमै आकर्षक देखिन्छ । साइड–स्ट्याण्ड इञ्जिन इन्हिबिटर र रियर रेडियल टायर यामाहाले एमटि–१५ लाई साइड–स्ट्याण्ड इञ्जिन इन्हिविटरका साथ बजारमा ल्याएको छ । यस फिचरले साइड–स्ट्याण्ड लागेको वेला इञ्जिनलाई अटोमेटिक बन्द गरिदिन्छ । त्यसैगरी २०२० एमटि–१५ को पछाडिको चक्कामा रेडियल टायर समावेश गरिएको छ जसले टायरको ग्रिपलाई पहिलेको तुलनामा केही बढाउनेछ । बीएस६–कम्प्लायन्ट इञ्जिन नयाँ एमटि–१५ मा बीएस६ प्रदुषण मापदण्डको १५५ सीसी इञ्जिन समावेश गरिएको छ जसले १८.३ बीएचपीको पावर र १४.१ एनएमको टर्क उत्पादन गर्दछ । पहिलेको बीएस४ इञ्जिनको तुलनामा यस इञ्जिनले ०.७ बीएचपी कम पावर र त्यसैगरी ०.६ एनएम कम टर्क उत्पादन गरेको हो ।
नेपालकै पहिलो ‘वान डे थ्री डी आर्ट’ रेष्टुरेन्ट सञ्चालनमा
काठमाडौं । नेपालमै पहिलो पटक स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्ट शुक्रबारदेखि सञ्चालनमा आएको छ । कुमारीपाटीस्थित उक्त रेष्टुरेन्टको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेत र विशिष्ठ अतिथि वरिष्ठ गायकद्धय रामकृष्ण ढकाल र धिरज राईले गरेका हुन् । अहिले अधिकांश व्यक्तिहरुले खाना मात्र नभई खाना खाने ठाउँको वातावरणलाई पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ । यहि आवश्यकतालाई मध्यनजर गरी ललितपुरको कुमारीपाटीमा नेपालमै पहिलो पटक वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सुन्दर विष्टको भनाइ छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको अवस्थामा रेष्टुरेन्टले पा्रकृतिक रुपमै नयाँ स्थानमा गएको आभाष हुने खालका थ्री डी आर्ट गरेकाले वान डे आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि नयाँ गन्तव्य बन्न सक्ने उनले बताए । वान डेमा सरकार सञ्चालन गर्ने व्यक्तित्वहरुदेखि नेता, कलाकार, समाजसेवी, बालक, बृद्ध सबैखाले र सबै उमेर समूहका ग्राहकका लागि उपर्युक्त भएको विष्टको दावी छ ।
आर्थिक संकट देखिएपछि नयाँ उद्याेग खाेल्न बन्द, पुराना उद्योग सबलीकरणमा जाेड
काठमाडौं । विगत तीन वर्षदेखि आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ । उच्च आर्थिक वृद्धिदर चलिरहेको बेलामा निजी क्षेत्र निकै तनावमा छ । जतिबेला १÷२ प्रतिशत मात्र आर्थिक वृद्धि थियो त्यतिबेला पनि निजी क्षेत्र यति तनावमा थिएन । व्यवसायिक कारोबार सुस्ताएको छ । राजश्वको वृद्धिदरमा गिरावट आउनाले पनि यसलाई पुष्टि गर्दैछ । सरकारको बजेट कार्यान्वयनमा देखिएको असफलताले विकास निर्माण क्षेत्रमा करिब १५÷२० प्रतिशतको गिरावट आएको व्यवसायीहरु बताउँछन् । सेयर बजारमा देखिएको शिथिलता, आयातमा देखिएको गिरावट, रेमिट्यान्समा आयमा गिरावट, बैकिङ क्षेत्रमा कर्जा र निक्षेप वृद्धि दुबैमा देखिएको सुस्तताले अर्थतन्त्रमा मन्दीको संकेत गरिरहेको छ । सरकारी अधिकारीहरु यी सबैं नकारात्मक सूचकहरु अस्थायी भएको बताउँछन् । आखिरी तालमेल कहाँ मिलिरहेको छैन ? युवा उद्यमी प्रवलजंग पाण्डे सुस्पष्ट देखिए । ‘अहिले व्यवसायिक क्षेत्र आर्थिक संकटमा छ । आर्थिक मन्दी आउँदै छ । यसको असर दुई वर्षमा देखिन्छ’ उनले भने । नयाँ संविधान जारी भएपछि, लोडसेडिङ कम हुँदै गएपछि, स्थानीय र संघीय निर्वाचन भएपछि निजी क्षेत्रबाट ठूलो लगानी भएकोले पछिल्ला आर्थिक वर्षमा वृद्धि देखिएको उनको विश्लेषण छ । ‘अहिले सरकारले नयाँ नयाँ कानुन ल्याएको छ । लगानीकर्तालाई सरकारले तर्साउने काम गरेको छ । नयाँ लगानी बन्द हुँदा सबै क्षेत्रका कारोबार सुस्ताएको छ’ उनले भने–‘यसको नतिजा देखिन दुई वर्ष लाग्छ ।’ संकट व्यवस्थापन प्रत्येक वर्ष एउटा नयाँ उद्योग थप्दै जाने प्रवलजंग पाण्डेको संकल्प हो । तर यस वर्ष उनी नयाँ उद्योग खोल्ने पक्षमा देखिएनन् । ‘नयाँ उद्योग लगाउन वातावरण ठिक छैन । संकटको बेलामा भएको उद्योग बचाउनु नै सफलता हुन्छ’ उनले भने–‘हामी पुराना उद्योगलाई सवलिकरण गर्दैछौं । भएका उद्योगमा लगानी थप्दैछौं । उत्पादन क्षमता विस्तार गर्दैछौं ।’ उनले भएका उद्योगमा लगानी थपेको विवरण सुनाए । ‘हिमालयन प्यारेन्टल किनेर लोमस प्यारेन्टलको नाममा चलाईरहेका छौं । करिब १ अर्बमा किनेको यो उद्योगमा करिब ७० करोड रुपैयाँ लगानी थपिएको छ । लोमस फर्मास्यूटिकल्सले हर्मन सेक्सन थपेर हर्मन प्रडक्टसन शुरु गरेको छ । यसमा पनि करिब ३० करोड लगानी विस्तार भएको छ । इन्जेक्टएवल औषधि उत्पादन केही समयमा उत्पादन थाल्ने छौं ।’ ‘एक पटकको सिपाही सधैं सिपाही भए जस्तै एक पटकको उद्योगी सधैं उद्योगी भएर अगाडि बढ्न चाहान्छौं’ उनले भने–‘हामीले उद्योग क्षेत्रमा नै लगानी धेरै थपेका छौं ।’ पछिल्लाे समय फार्मा प्याक उद्योग पनि लगाएको उनले बताए । जसले औषधिको प्याकेजिङ सामाग्री उत्पादन गरिरहेको छ । यो उद्योग ६ महिना अघि पाटनमा सञ्चालनमा आएको उनले जानकारी दिए । कसमस सिमेन्टको उत्पादन क्षमता ६०० टनबाट १००० टन बनाउन लागेको उनले जानकारी दिए । ‘क्षमता विस्तार कार्य ६ महिनाभित्र सकिदैछ । यसमा थप ३० देखि ४० करोड लगानी हुँदैछ’ उनले भने । पाण्डे परिवारले उद्योगबाहेक सेवाको क्षेत्रमा पनि ठूलो लगानी गरेको छ । वित्तीय क्षेत्र अन्तरगत शिखर इन्स्योरेन्स, सिटिजन्स बैंक इन्टरनेशनल, सिभिल बैंक, सिटिजन्स लाइफ इन्स्योरेन्समा ठूलो लगानी गरेका छन् । प्रविधिको क्षेत्रमा डाटा हव, पर्यटनको क्षेत्रमा कैशाल हेलिकप्टर, शिक्षा क्षेत्रमा सेमरेक स्कूलमा पाण्डे परिवारको लगानी छ । परिवारको मात्र लगानी भएको सबै कम्पनीको नेतृत्व प्रबलका बुबा प्रदिपजंग पाण्डेले गरेका छन् । सिटिजन्स लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि उनी छन् । बायाँबाट क्रमशः प्रताव, प्रबल, प्रदिप र प्रज्वल जंग पाण्डे कसमस सिमेन्टको समग्रमा नेतृत्व प्रवलले गर्छन । उनले लोमस फर्मास्यूटिकलल्सको प्रडक्टको जिम्मा लिएका छन् । बैंकिङमा उनी सिटिजन्ज बैंक इन्टरनेशनलको सञ्चालक हुन् । डाटा हब पनि प्रवलजंग पाण्डे हेरिरहेका छन् । ‘डाटा हवको सेवा विस्तार अगाडि बढाएका छौं । बुटवलमा डाटा रिकभरी सेन्टर बनाएका छौं । अहिले क्लाउड सर्भिस पनि दिएका छौं’ उनले भने । कैलाश हेलिकप्टरको प्रबन्ध निर्देशकको भूमिकामा रहेका प्रतावजंग पाण्डे सिभिल बैंकको सञ्चालक पनि छन् । बुबाले नेतृत्व गरेको कम्पनीको वित्तीय मामिलामा प्रतावले सहयोग गर्दै आएका छन् । पुँजी बजार पनि उनले हेर्छन् । लोमस फर्मास्यूटिकल्सको कार्यकारी निर्देशकको भूमिकामा रहेका प्रज्वलजंग पाण्डेले सेमरोक स्कूलको पनि नेतृत्व लिएका छन् । पछिल्लो समय उनले होम एप्लाइन्स प्रडक्ट ‘वल्पूल’को व्यापार पनि थालेका छन् । सबै कम्पनी नाफामा देशको आर्थिक वृद्धि पनि सधैं एक नासको हुँदैन । कम्पनीहरुको ग्रोथ पनि नियमित हुँदैन । ‘वृद्धिदर कहिले बढी होला, कहिले कम होला तर हामी सामेल भएका सबै कम्पनी नाफामा छन्, कुनै पनि कम्पनी नोक्सानमा गएका छैनन्’ पाण्डेले भने । बजारको विकाससँगै कम्पनीहरुबीच प्रतिस्पर्धा पनि कडा हुने र कमजोर कम्पनीहरु नोक्सानमा जाने जोखिम बढ्ने उनको विश्लेषण छ । ‘विगतमा सबै कम्पनी नाफामा हुने गर्दथे । कोहीले कम नाफा गर्दथे, कोहीले धेरै नाफा गर्दथे । अब हरेक क्षेत्रमा प्रतिस्पर्धा बढेको छ । धेरै नाफा गर्ने कम्पनीहरु कम नाफामा जान्छन् । कम नाफामा चलेका कम्पनी घाटामा जान्छन्’ डार्विनको सिद्धान्त सम्झाउदै उनले भने–‘समय सापेक्ष परिवर्तन हुने कम्पनी मात्र बजारमा टिक्न सक्छ ।’ किङफिसर किन डुब्यो, जेट एयरलाईन्स किन डुब्यो, थाई एयरलाईन्स कसरी संकटमा पर्यो ? अरु विमान कम्पनी डुब्दैगर्दा इण्डिगो कसरी सफल भयो ? भन्ने विषयमा आफूले गहिरो अध्ययन गरेको बताउँदै पाण्डेले भने–‘खर्च कटौतिसहितको राम्रो व्यवस्थापन भएका कम्पनी मात्र प्रतिस्पर्धामा टिक्न सक्छ ।’ उद्योग, व्यापार, पर्यटन, हवाई सेवा, बैकिङ, बीमा सबै क्षेत्रमा प्रतिस्पर्धा धेरै भएको अनुभव पनि उनले सुनाए । बैकिङ र बीमामा पब्लिक कम्पनी चलाउमा अभ्यस्त पाण्डे परिवार देशको अग्रणी औषधि उद्योग लोमश फर्मास्यूटिकल्स किन पब्लिक कम्पनी बनाउदैनन ? पाण्डे भन्छन्–‘कुनै दिन पब्लिक कम्पनीमा जान्छौं । हामी प्रोफेशनल म्यानेजमेन्टमा विश्वास गर्छौ ।’ निजी क्षेत्र कमजोर हुँदा एकपक्षिय कानुन हाल दुई तिहाई बहुमतको सरकार छ । सरकारले भटाभट कानुन बनाइरहेको छ । कानुन समयसापेक्ष बनाउनुलाई सबैले राम्रो मान्छन् । तर वर्तमान सरकारले बनाएका कानुन निजी क्षेत्रमैत्री नभएको उनको बुझाई छ । सरकारले नयाँ कानुन बनाउँदै गर्दा निजी क्षेत्रको तर्फबाट हुनु पर्ने लविङ हुन नसकेको उनको ठम्याई छ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका पाण्डे भन्छन्–‘महासंघले विगत साढे दुई वर्ष राजनीति गरेर, द्वन्द्व गरेर बितायो । यस अवधिका सरकारले धेरै नियम कानुन बनायो । यस बेलामा महासंघले गर्नुपर्ने लविङ गर्न सकेन ।’ आन्तरिक विवादले महासंघ कमजोर भएको र महासंघले उठाएको मुद्दा सरकारले नसुनेको उनको बुझाई छ । ‘महासंघको वार्गेनिङ पावर ज्यादै कमजोर भएको छ अहिले’ उनले भने । महासंघमा सबै व्यवसायी एक भएर अगाडि बढ्नेमा निजी क्षेत्रकाे लबिङ गर्ने क्षमता बलियाे हुने र निजी क्षेत्रकाे माग सरकारले पनि सुन्ने उनकाे भनाइ छ ।
वैदेशिक रोजगारमा जानेप्रति बीमाको सौतेलो व्यवहार- डा. भीष्मकुमार भुसाल
काठमाडाैं। प्रत्येक बर्ष ५ देखि ६ लाख व्यक्तिहरुले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने गर्छन्। श्रम स्वीकृति लिनुपूर्व म्यादी बीमा र कल्याणकारी कोषको तोकिएको रकम बुझाउनु पर्छ। कुनै एजेन्टलाई कमिशन नतिरीकन आफै बीमा गराउन आउने ग्राहक हुन् वैदेशिक रोजगारीमा जानेहरु। उनीहरुका लागि बीमा कम्पनीहरुले कुनै प्रवर्द्धनात्मक खर्च पनि तिर्नु पर्दैन। तर रोजगारीको लागि परिवार र देश छोडेर सुदूर देशहरुमा कठिनतम काम गर्न जाने नेपालीहरुप्रति बीमा समितिको दृष्टिकोण अचम्म लाग्ने गरी चीसो देखिन्छ। वैदेशिक रोजगारीमा जानुअघि इजाजतपत्रवालाले वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारको वैदेशिक रोजगार ऐन, २०६४ को दफा २६ तथा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १९ बमोजिम करार अवधिभर कायम रहने गरी न्यूनतम पाँच लाखको बीमा गराउनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी वैदेशिक रोजगार ऐनको दफा २१९२० बमोजिम व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जानका लागि समेत बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सामान्यतया २ वर्ष अवधिको श्रम स्वीकृति हुने भएतापनि कामदारहरुको बीमाको अवधि ३ वर्षको हुने व्यवस्था कार्यान्वयनमा रहेको पाइन्छ । त्यसैगरी विदामा घर आई लगत्तै दुई वर्षका लागि पुनः श्रम स्विकृति लिई सोही मुलुक तथा कम्पनीमा जाने वा कुनै विदा नै नलिई ऐनको व्यवस्था बमोजिम सम्बन्धित देशस्थित नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति प्राप्त गर्ने कामदारहरुले समेत पुनः ३ वर्ष अवधिको बीमा प्रिमियम बुझाउनुपर्दा पछिल्लो वर्षको अवधि दोहोरिन गई ४ बर्षको करार अवधिका लागि ६ बर्षको वीमा प्रिमियम बुझाउनु पर्दा श्रमिकलाई दोहोरो आर्थिक भार पर्न जाने देखिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारहरुको म्यादी बीमा गर्ने प्रयोजनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा धेरै बीमा कम्पनीहरु दर्ता भएको भएपनि बीमा समितिले पुल सिस्टम खडा गरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड गरी ४ वटा बीमा कम्पनीबाट मात्र बीमा गराउने गरेको पाइएको छ । ती कम्पनीका पनि वैदेशिक रोजगार कार्यालय नजिकै एक एक शाखाहरु (धेरैजस्तो स्थानमा एउटा मात्र) बाट मात्र त्यो रकम तिर्न पाइन्छ। यसबाट दूरदराजमा रहेका कामदारहरुले आफ्नो अनुकुल वा नजिकमा कार्यालय रहेका प्रचलित नेपाल कानून बमोजिम दर्ता भै कार्यसञ्चालन गरीरहेका बीमा कम्पनी छनौट गरी सेवा प्राप्त गर्ने अधिकारको हनन मात्रै नभई विभागले सेवा प्रवाहका लागि लागू गरेका इ-टोकन, इ-स्टीकर सहितका अनलाइन सेवा र घरैबाट पुनः श्रम स्वीकृतिको आवेदन गर्न पाउने सुविधाबाट फाइदा लिन पाउने श्रमिकको अधिकार र स्वचालित प्रणालीबाट सेवा प्रदान गर्ने वैदेशिक रोजगार विभागको उद्देश्य प्राप्तिमा समेत अवरोध पुगेको छ । वैदेशिक रोजगार विभागबाट बीमा समितिलाई गरिएका पटकपटकका पत्राचारहरु, वीमा समितिका जिम्मेवार अधिकारीहरु र वैदेशिक रोजगार विभागका महानिर्देशिकबीच भएको छलफल, विभिन्न वीमा कम्पनीका प्राविधिक टोली सम्मिलित आधा दर्जन भन्दा बढी बैठकहरु पश्चात पुनः श्रम स्वीकृतिका लागि बीमा नवीकरण र प्रथमपटक म्यादी बीमा गर्दा बीमा प्रिमियम वापतको रकम समेत ई-बैङ्किङ्ग वा मोबाइलट बालेट लगायतका अनलाइन भुक्तानी प्रणालीमार्फत बुझाउन सकिने गरी विभागले प्राविधिक तयारी समेत पुरा गरिसकेको र सेवाप्रदायकसँग सम्झौताका लागि प्रतीक्षतारत रहेको भएतापनि बीमा समितिको उदासिनताले अनलाइन भुक्तानी प्रणाली कार्यान्वयनमा आउन बिलम्ब भई कामदारहरुले विदेशस्थित कुटनैतिक नियोगहरुबाट समेत पुनः श्रम स्वीकृति लिन पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था कार्यान्वयनमा ल्याउन जटिलता उत्पन्न भएको छ । शाखारहित बैङ्किग सेवा जस्तै शाखारहित बीमा सेवा सबै बीमा कम्पनीहरुका सबै शाखाहरुबाट लिन पाउनु पर्ने नागरिकको अधिकार वैदेशिक रोजगारीमा जानेहरुले पाउने कि नपाउनेरु अवधि दोहोरिने गरी बीमा प्रिमियम तिरिहनु पर्ने कारण के ? बीमाको रकम अनलाइन भुक्तानी प्रणालीबाट तिर्न कहिले पाउने ? के जागिरको लागि देश छोड्न बाध्य नेपालीहरु सौताका छोराछोरी हुन् ?
नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ मा यस्ता छन् विशेषता, पहिलो ग्राहक सौरभ ज्योती
काठमाडाैं । यात्री मोटरसाइकल्सले आफ्नो पहिलो मोडेल ‘प्रोजेक्ट जिरो’ लाई नेपाली बजारमा अनावरण गरेको छ । यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डे हुन् भने उनी लगायतकायुवा इञ्जिनियरहरुको समूहले उक्त बाइक निर्माणका लागि खोज र अध्ययन गर्ने काम सन् २०१७ बाट नै शुरु गरिसकेको थियो । अनावरण गरिएसँगै ‘प्रोजेक्ट जिरो’ नेपालमा पूर्ण रुपमा निर्माण भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल बन्न पुगेको छ । क्याफे रेसरको डिजाइनमा आधारित भएको यो मोटरसाइकल शहरी क्षेत्रलाई लक्षित गरेर बजारमा ल्याइएको हो । बुधवार अनावरण गरिएको प्रोजेक्ट जिरोको पहिलो ग्राहक भने ज्योती ग्रुपका निर्देशक सौरभ ज्योती बनेका छन् । यस्ता छन् प्रोजेक्ट जिरोका विशेषता कम्पनीका संस्थापक असिम पाण्डेका अनुसार प्रोजेक्ट जिरोमा आधुनिक टेक्नोलोजी र प्रिमियम मेटेरियलहरु समावेश गरिएको छ ।यस मोटरसाइकलमा ३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ४२ बीएचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस बाइकले फुल चार्जमा २३० किलोमिटरको रेञ्ज समेत प्रदान गर्छ भनी कम्पनीले दावी समेत गरेको छ । यस बाइकले प्रदान गर्ने पावर फिगरलाई चर्चित बाइक ड्युक ३९० को पावरसँग तुलना गर्न सकिन्छ । कम्पनीले यस बाइकमा कार्वन फाइबरको पार्ट्सहरु प्रयोग गरेको छ जुन मेटल पार्ट्सभन्दा दह्रो मानिन्छ र त्यसैगरी यसले बाइकको तौललाई न्यून पनि राख्दछ । कम्पनीले उक्त बाइकको आधिकारिक लञ्च र मूल्यको बारेमा भने हाल केही पनि जानकारी दिएकाे छैन ।
आर्किटेक्चर काउन्सिल गठन हुन्छः शहरी विकास मन्त्री
काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले छुट्टै आर्किटेक्चर काउन्सिल गठन गर्ने बताएका छन् । इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेकचर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको मन्त्री राईको भनाई छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको परम्परागत सभ्यता जोगाउँदै वर्तमान पुस्तालाई आधुनिक सुविधासहितका संरचना निर्माणमा लाग्न आर्किटेक्टहरुलाई आग्रह समेत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने मूल मुद्दामा केन्द्रित सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतिको पहिचान गरी आगामी दिनमा थप कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सम्मेलनमा सहभागि हुन विभिन्न मुलुकबाट नेपाल आएका सहभागिहरुलाई आफ्नो मुलुकमा पर्यटन वर्ष २०२० बारे सूचना पुर्याईदिन अनुरोध समेत गरेका छन् । सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधान, स्क्याफका अध्यक्ष राजेश थापा लगायतले सम्मेलनले पर्यटकीय संरचना निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा सिंगापुर, इण्डोनेसिया, साउथ कोरिया, बंगलादेश, मलेशिया, फिलिपिन्स लगायतका १० मुलुकबाट आएका सहभागी सहित पर्यटन र निर्माण क्षेत्रमा क्रियाशिल करिब ४ सयको सहभागिता रहेको सोनाका महासचिव सुरज खनालले जानकारी दिएका छन् । सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टा छुट्टै छलफल भइरहेको सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट शुरु भएको सम्मेलन दुईदिनसम्म चल्नेछ ।
नोकियाले भित्र्यायो नयाँ ‘नोकिया २.३’ स्मार्टफोन, मूल्य १२ हजार रुपैयाँ मात्र
काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले ‘नोकिया २.३’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रा. लि. सँग साझेदारी गरी उक्त मोबाइल फोन नेपालमा भित्र्याएको हाे । टेलिटक प्रा. लि. नेपालमा बिगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री तथा वितरण प्रबद्र्धन लागि प्रख्यात छ । नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एच डी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ । नोकिया २.३ मा एआई टेक्नोलोजी द्धारा संचालित डुअल क्यामरा छ जस्मा “रेकमेन्डेड सट” फीचर रहेको छ । ‘एन्ड्रोइड १०’ भएको नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ । डिजाइन नोकिया २.३ मा हेलियो ए२२ क्वाड-कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जि बि र्याम र ३२ जि बि स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्धारा ५१२ जि बि सम्म बढाउन सकिन्छ । यो मोबाइलको डुयल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सूटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ । नोकिया २.३ को अन्तराष्ट्रिय मूल्य १०९ यूरो छ । जसको मूल्य नेपाली बजारमा ११ हजार ९९९ रुपैयाँ रहेको छ ।