राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो । नयाँ रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरेका छन् । व्यावसायिकतालाई विवेकपूर्ण ढङ्गले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो । अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३०० श्ययाको अस्पतालको रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताएकी छन् । प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. मीनराज पाठकले जानकारी दिए। महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापी रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरेका थिए । विसं २०४० चैत २७ गते २५ श्ययाबाट शुरु भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १५० र सर्वसाधारण नागरिकका लागि १० श्यया रहेको छ ।
एनआईसी एशियाकाे चमत्कारिक योजना अन्तर्गत बुद्धिरामले पाए १५ लाख रूपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता योजना अन्तर्गत अर्घाखाँचीका बुद्धिराम भुसाललाई १५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले भुसाललाई बीमा रकम बापतको सो चेक हस्तान्तरण गरेको हो । चमत्कारिक बचत (डाइमण्ड) खातावाल बुद्धिराम भुसालूलाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुने बित्तिकै प्रदान उक्त रकम प्रदान गरिन्छ । बीमा वापतको १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् । बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
किसान पाइप प्रडक्टस् टोलीले गर्याे जापानमा ७ दिने औद्योगिक भ्रमण
काठमाडौं । किसान पाइप प्रडक्ट स्प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् । जापानको ख्याती प्राप्त अन्तर्राष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोलीजापानको औद्योगिक भ्रमणमा गएको हो । ७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए । नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसीप्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्यु इसीपीभीसी (स्पेसियालिटी प्रडक्टस्)जनरल म्यानेजर योरीताकायामा उचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए। उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए । भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए। किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् । भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् । महेन्द्र नगरका वितरक तेज खड्काले डुरास्ट्रिम सीपीभीसी बनाउँदा सेकिस्युइले प्रयोग गरेको प्रविधिनि कै राम्रो भएको बताए । उच्चस्तरको प्रविधिले डुरास्ट्रिमको ताप वहन क्षमता अरु पाइपको तुलनामा तीन गुणा बढी रहेको उनले बताए । राप्तीका वितरक सुमन श्रेष्ठ डुरास्ट्रिम ब्राण्ड साँच्चिकै सबैभन्दा उत्कृष्ठ ब्राण्ड रहेको महसुस भएको बताए । उच्चस्तरको प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादनमा सेकिस्युइ र किसान प्रडक्टस्बीच साझेदारमा उत्पादन शुरु भएकोमा उनी निकै उत्साहित देखिन्छन् । पोखराका ज्ञानेश्वरराज श्रेष्ठ किसान प्रडक्टस्ले जापानको उत्कृष्ट कम्पनीसँग साझेदारी गरी गुणस्तरीय उत्पादन बजारमा ल्याएकोले नेपालमा किसान सीपीभीसीले उपभोक्ताको विश्वास छिट्टै जित्ने उनले बताए । अवलोकन भ्रमणपछि किसान पाइप प्रडक्टस्का उत्पादनको गुणस्तर उपभोक्तालाई बुझाउन सजिलो हुने उनको भनाई छ । भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।
गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान
काठमाडौं । निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको आईएसओ चिन्ह विद्यमान भएको छ । पहिलो पटक सन् २०१६ मा आईएसओ चिन्ह प्राप्त यस कम्पनीको आईएसओ चिन्ह पुनः नवीकरण भएको हो । नवीकरणपछि नेपालका लागि आईएसओ चिन्ह वितरक नेसनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्ट नेपाल प्रालिका निर्देशक जनार्दन घिमिरे र अपरेशन म्यानेजर निर्भिक श्रेष्ठले संयुक्त रुपमा गोर्खा इको प्यानलका नायब महाप्रबन्धक सुरेश कवाँंलाई प्रमाणपत्र वितरण गरेका हुन् । आईएसओ चिन्ह प्रत्येक तीन तीन वर्षमा नवीकरण गर्नुपर्छ । पहिलो पटक आईएसओ चिन्ह प्राप्त गरी गुणस्तरलाई वृद्धि गर्दै लगेपछि मात्रै आईएसओ चिन्ह नवीकरण हुने प्रणाली छ । गोर्खा इको प्यानल भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी हो ।
फ्रान्समा उच्च शिक्षाः सस्तो र रोमाञ्चक
काठमाडौं । यदि तपाई साँस्कृतिकको विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । पछिल्लो ४ वर्षयता फ्रान्स नेपाली विद्यार्थीको माझ एउटा लोकप्रिय गन्तव्य बन्दै गईरहेको छ । सस्तो शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको विशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । उच्च शिक्षाको लामो इतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाककला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बन्दै गएको छ भन्दा कुनै फरक पर्दैन । त्यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको लागि फाईदा जनक हुन्छ । फ्रान्समा दोहोरो डिग्री फ्रान्सको सबैभन्दा राम्रो पक्ष भनेको दोहोरी डिग्री हो । यसको मतलब यहाँ फ्रेन्च डिग्रीको साथै अमेरिकी डिग्री पनि एकैपटक गर्न पाईन्छ ।कति जान विद्यार्थीहरुको उच्च शिक्षण शुल्कको कारण अध्ययनको लागि अमेरिका जाने योजना पुरा नभईरहेको अवस्थामा फ्रान्स एउटा राम्रो विकल्पको रुपमा पछिल्लो समय स्थापित भएको छ । किनभने फ्रान्समा अमेरिकाको तुलनामा शिक्षण शुल्क कम रहनुको साथै विद्यार्थीहरुले सजिलै पछि गएर अमेरिकामा क्रेडिट ट्रान्सफर पनि गर्न सक्छन् । सस्तो शुल्क, शून्य छात्रवृत्ति फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंयाँ हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि समान छन् । सन्ध्या सिलवाल, कन्ट्री म्यानेजर(फिग्स एजुकेसन) अन्य देशको भन्दा फ्रान्सको नियम केही फरक छन् । भिसा आईसकेपछि मात्र विद्यार्थीहरुले शिक्षण शुल्क पठाउनुपर्ने हुन्छ । सामान्यत आईटीको लागि ९ हजार युरो, बिबिए डुयल डिग्रीको लागि ९ हजार २०० युरोको वरिपरी खर्च लाग्ने गर्दछ । छात्रवृत्तिको व्यवस्था नभए पनि दोस्रो सेमेस्टर पछि विद्यार्थीको शिक्षण शुल्क घट्दै जान्छ । यस्तै विद्यार्थीहरुलाई १ वर्षको भिसा दिईएको हुन्छ जुन विद्यार्थीहरुले उता गएर बढाउन सक्छन् । भाषाको महत्व पढ्न जाने सोचका साथ जाने विद्यार्थीहरुले केही समय भाषा सिकेर जाँदा सजिलो हुने बताउँछिन् फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल । कलेजमा अंग्रेजी भाषाको प्रयोग भएता पनि बाहिर भने फ्रेन्च भाषाको नै प्रयोग हुने गर्छ । भाषा नसिकी पनि जान सकिन्छ यद्यापी भाषा सिकेर जानु सबैभन्दा उत्तम उपाय हुन्छ । बसाई खर्च शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यद्यपी विद्यार्थीहरूले प्रायः रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले खर्च केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ । एक नेपाली विद्यार्थीको लागि फ्रान्सको राजधानी पेरिस शहरमा बस्न प्रति महिना ५०० युरो अर्थात नेपाली ६३ हजारको वरिपरी लाग्छ भने सानो सहर जस्तै लियोनीमा बस्न ३०० देखि ४०० युरोसम्म हुन्छ । यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ । काम गर्ने सुविधा हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदि तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनुपर्छ । फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो । आईएल्टिएस स्वेच्छिक, ३ वर्षको ग्यापलाई भिसा फ्रान्स अध्ययनको लागि आईएल्टिएस गर्नैपर्छ भन्ने अनिवार्य छैन । २ जिपीए वा ६० प्रतिशतका विद्यार्थीहरुलाई विश्वविद्यालयहरुले लिने गरेको छ । यस्तै ३ वर्षसम्मको ग्यापलाई पनि सजिलै भिसा दिएको अवस्था छ । यसभन्दा बढी ग्याप भएका विद्यार्थीहरुलाई भने भिषा पाउन मुस्किल हुनेछ ।ग्याप भएको विद्यार्थीहरुले त्यस अवधिमा गरेको कामको अनुभव पत्र ल्याउनुपर्ने हुन्छ । सामान्यत ब्याचलरको लागि भन्दा पनि मास्टर्सको लागि भिषा दर बढी रहेको छ । फिग्स एजुकेसन (फ्रान्स इन्टरनेशनल ग्राजुएट स्कूल)ले फ्रान्स जान चाहने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल बताउँछिन् । फिग्ससँगको सहकार्यमा बानेश्वरस्थित ‘फिग्स एजुकेसन प्राईभेट लिमिटेड’ फ्रान्स अध्ययनमा जान चाहाने विद्यार्थीको लागि विगत ५ वर्षदेखि शैक्षिक परामर्श दिदै आएको छ । फिग्सले बिबिए, बिआईटी, बिएचम, एमबिएको फाईनान्स र ईन्टरप्रेनरसिप, एमएचएम, एमआईटी कोषमा विद्यार्थीहरुलाई पठाउदै आएको छ । (फिग्स एजुकेसनकी कन्ट्री म्यानेजर सन्ध्या सिलवालसँगको कुराकानीमा आधारित)
ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले ओगट्दै आएको छ । नविनतम प्रविधिमध्ये कम्प्युटर तथा ल्यापटप घर, कार्यालय, अस्पताल, शिक्षण संस्था हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पाइन्छ । तर, हालसम्म पनि कस्तो किसिमको र कुन ब्राण्डको कम्प्युटर किन्ने भन्ने विषयमा ग्राहकहरूलाई छनोट गर्न त्यति सजिलो छैन । कम्प्युटर अत्यावश्यक र अत्याधुनिक प्रविधि हो । यद्यपि यो खरिद गर्नको लागि भने केही आधारहरू चाहिन्छ । सामान्यतया कम्प्युटर किन्न जाने मान्छेले आफूले कस्तो कम्प्यूटर रोज्ने भन्ने विषयमा केही अनुसन्धान त पक्कै गर्छन् । पछिल्लो समय नाम चलेका ब्राण्डमा ल्यापटप तथा कम्प्युटरहरूमा ग्राहकको ध्यान तानिएको हुन्छ । यति हुँदा हुँदै पनि ग्राहकले यस विषयमा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । ल्यापटप किन्दा ग्राहकहरूले केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । ग्राहकहरूले ¥याम, हाडडिक्स, ग्राफिक्सको बारेमा जान्न आवश्यक हुन्छ । यस्तै, प्रोसेसर स्किन साइज व्याट्रीको अवस्थाको बारेमा जानकारी हासिल गर्न जरुरी हुन्छ । कसरी पहिचान गर्ने राम्रो कम्प्युटर ? पहिला उइन्डोजको आइकनमा रन लेखेर ओपन गर्ने । डिएक्सडीआईएजी टाइप गर्ने । रनमा गएर एमएस इनफो थर्टी टु टाइप गर्ने र कम्प्युटरको अवस्थाको बारेमा जानकारी लिने । केही महत्वपूर्ण टिप्सहरु प्रोसेसर सकेसम्म नयाँ जेनेरेसनको लिनु पर्छ । ¥याम कम्तीमा पनि ४ जीवीको हुनुपर्छ । साथै, ८ जिबी ¥याम भएको कम्प्युटरको स्पिड राम्रो मानिन्छ । अहिलेको प्रविधि युक्त युगमा हार्ड डिक्स लिँदा एसएसडी दिनु राम्रो हुन्छ । एचडीडी हार्ड डिक्स पुरानो भएपनि नेपालमा अझै बिक्री भइरहेको पाइन्छ । नयाँ हार्ड डिक्स लिन ग्राहक आफै सचेत हुन आवश्यक हुन्छ । २ जिबी ग्राफिक्स भएमा राम्रो मानिन्छ । ल्यापटपको स्किन ठूलो छ भने त्यसालाई राम्रो मानिदैन । नेपालमा १५.६ को स्किन चल्तीमा छ भने १४ स्ट्याण्डर्डलाई सुरक्षित मान्न सकिन्छ । कम्प्युटर र इन्टरनेट एक अर्काका अभिन्न अंग जस्तै भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ६७ प्रतिशत रहेका छन् ।
ललितपुर साइकल लेन बनाउने नयाँ ऐन बनाइदै, सबै कर्मचारीलाई अफिस जान साइकल अनिवार्य
ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गरे । उनले साइकल लेन निर्माणपछि सबै कर्मचारीलाइ साइकल अनिवार्य गरिने बताए । उनले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि बढ्ने बताउँदै भने “हामी सङ्घ र प्रदेश सरकारको कानूनसँग नबाझिने ऐन र कानून निर्माण गर्छौँ ।” साइकल लेन र ऐनको विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले सोच्न पनि नसकेका बेला आफूले ‘भ्याली मेयर फोरम’को कार्यक्रममा सो विषय उठाएको महर्जनले बताए । आफूले अघि बढाएको योजना देखेर अन्य नगरपालिका र गाउँपालिकासमेत यसतर्फ आकर्षित भएको महर्जनको जिकिर छ । उनले थपे, “महानगरपालिकाभित्र नगर यातायात सञ्चालन गराउन यसको गुरुयोजना निर्माणको योजनामा हामी अघि बढेका छौँ ।” महानगरले ऐन, कानून, नीति तथा योजना बनाउँदा पहिला पैदलयात्री र त्यसपछि दोस्रोमा साइकलयात्रीलाई सहज तथा प्रोत्साहन पुग्ने वातावरण सिर्जना गराइने महर्जनले बताए । युएन ह्याबिट्याटका प्रतिनिधि पद्मसुन्दर जोशीले शहरी सडकको मापदण्डअनुसार ऐन निर्माण गर्न जोड दिनुपर्ने औँल्याए । उनले भने “महानगरपालिकाले साइकलयात्रीको बीमाको व्यवस्था गर्नुपर्छ ।” विश्व साइकलयात्री पुष्कर शाहले साइकल आफैँमा सुरक्षित माध्यम रहेको बताए । “मुलुकका हरेक जनताले एक दिन मात्र साइकल प्रयोग गरे भने १२ लाख लिटर डिजेल र पेट्रोल बचत हुन्छ र यसबाट उत्सर्जन हुने कार्बन कम गर्न सकिन्छ ” उनले भने ।महानगरका संस्कृति संरक्षण केन्द्रका प्रमुख उपसचिव सहजीत राईले साइकल ऐन निर्माण गर्नुपूर्व कानूनविद्सँग छलफल गरी अघि बढ्न आग्रह गर्नुभयो । साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले महानगरका २९ वटै वडामा २० साइकल अट्ने साइकल पार्किङ स्टेशन बनाउनुपर्ने सुझाव दिए । साइकल व्यवसायी दिरेक मानन्धरले साइकलयात्रीलाई प्रोत्साहन गर्नका लागि हप्तामा एक दिन साइकल चढेर कार्यालय आउने व्यवस्था मिलाउनुपर्ने विचार व्यक्त गरे । उनले भने “एशियाका शहरमध्ये ललितपुरसँग सबैभन्दा बढी साइकल फ्रेन्डली बन्ने अवसर रहेको छ ।”
सम्पादक कार्कीको राजीनामा स्वीकृत
काठमाडौं । विकासन्युज डटकमका सम्पादक मेनुका कार्कीले पदबाट राजीनामा दिएकी छिन् । विकास मिडियासँगको सम्झौता अवधि नसकिदै व्यक्तिगत कारण राजीनामा गर्नु परेको कार्कीले बताएकी छिन् । कार्कीले सोमबार दिएको राजीनामा मंगलबार व्यवस्थापन समूहले स्वीकृत गरेको छ । सम्पादकको भूमिकामा रहेर कार्कीले गरेको योगदान महत्वपूर्ण रहेको व्यवस्थापनले जनाएको छ ।