काठमाडौं । विकासन्युज डटकमका सम्पादक मेनुका कार्कीले पदबाट राजीनामा दिएकी छिन् । विकास मिडियासँगको सम्झौता अवधि नसकिदै व्यक्तिगत कारण राजीनामा गर्नु परेको कार्कीले बताएकी छिन् ।
कार्कीले सोमबार दिएको राजीनामा मंगलबार व्यवस्थापन समूहले स्वीकृत गरेको छ । सम्पादकको भूमिकामा रहेर कार्कीले गरेको योगदान महत्वपूर्ण रहेको व्यवस्थापनले जनाएको छ ।