विकासन्युज

प्रेस सङ्गठन काठमाडौंले पायो पूर्णता, सदस्यमा ४१ जना चयन

काठमाडौं । प्रेस सङ्गठन काठमाडौंले संयोजक सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना सहित ४१ सदस्य चयन गरि पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाले पूर्णता पाएको हो । सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका प्रदेश सहसंयोजक प्रकाश सिलवालको आतिथ्यतामा बसेको बैठकले ४१ सदस्यीय कमिटीको टुङ्गो लगाएको हो । नवगठित समितिको सदस्यमा चन्द्रजित मोक्तान, अभिषेक अर्याल, सुमन अधिकारी, प्रेम नेपाल, गोकुल रत्न, नुरराज कँडेल, मीनबहादुर चलाउने, घनश्याम दाहाल (जोन), प्रदीप घिमिरे, बद्री न्यौपाने, सूर्यकुमार खडका, शङ्कर तिमिल्सिना, मीनाकुमारी यादव, दीपेन्द्र श्रेष्ठ, मनोज पराजुली, मोहनकृष्ण अधिकारी, दीपाएवाइ राई, रामेश्वर ढकाल, रमेश लामिछाने, पवित्रा मुडवरी रहेका छन् । यस्तै अर्जुन दाहाल, कमल राना, जिपी पौडेल, अमिर लामा, सुविन्द्र श्रेष्ठ, गङ्गा चौलागाइैं, सुशील पुरी, राजाराम न्यौपाने, उषा बजगाईँ, नवीन पोखरेल, सुभाष कुँवर, दीपक भुसाल, सरोज लामिछाने, अनिता श्रेष्ठ, विक्रम न्यौपाने, राजु सुवेदी, तीर्थमान वल, रामचन्द्र कार्की, सुनिल शाह सदस्यमा चयन भएका छन् ।

नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैंकले काठमाडौँस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ वटा  कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज बनाउन उक्त ब्ल्यांकेट वितरण गरेको हो । बैंकका संचालक मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाका अध्यक्ष गोपल बहादुर कार्कीले सहयोगका लागि धन्यबाद ज्ञापन गरेका छन् । बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

हेरचार डटकमको साधारण सभा सम्पन्न, ५ वर्षभित्र १० हजार घर तथा व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाउने

काठमाडौं । हेरचार डटकम प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा २०७६ पौष ३ गते काठमाडाैं कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव पारित गर्दै लेखा परिक्षक नियुक्तिको निर्णय गरेको छ । २०७४ कार्तिक १४ गते काठमाण्डौमा स्थापना भएको यो कम्पनीले घर, कर्पोरेट अफिस, उद्योग व्यवसायीक प्रतिष्ठान र व्यतिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायत आवश्यक पर्ने सबै प्रकारका सेवा प्रदान गर्ने गरी सम्पुर्ण हैन्डीम्यान सेवा दिने लक्ष्य लिएको छ । १ करोड ५० लाख पुँजीमा स्थापित यस कम्पनीले काठमाडाैंमा हाल १५० भन्दा बढी कर्पोरेट हाउस (बैँक, बीमा, एन्जिओ, राजदुतावास, मल्टिनेशनल कम्पनी, ‍औद्योगिक व्यवसायिक प्रतिष्ठान) र व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ । कम्पनी स्थापनाको ५ वर्षभित्र उपत्यकाका दश हजार घर र व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाई सेवा प्रदान गर्ने लक्ष्य लिएको यो कम्पनीले आ.व. २०७६।७७ को चार महिनामा आफ्नो गुणस्तरीय र विस्तारित सेवाबाट पाँच लाख भन्दा बढी संचालन मुनाफा कमाईसकेको छ। प्रत्येक व्यक्ति र संस्थालाई आवश्यक यो सेवा संस्थागत रुपमा प्रयोग गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । कम्पनीले कारोबार विस्तारको क्रममा छिट्टै फेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको कारोबार संचालन गर्ने निर्णय गरिसकेको अवगत गराउन चाहन्छौ ।

कियाको सेल्टोस मिड-एसयुभी कार सार्वजनिक, सुरुवाती मूल्य ५० लाख

काठमाडौं । किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भारतीय प्लान्टमा उत्पादित किया मिड–एसयुभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबारदेखि नेपाली बजारमा कार बिक्री वितरणका सुरु भएको छ । नाडा अटो शोमा सार्वजनिक गरिएको सो कार २ सयभन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको हो । एसयुभी अन्तर्गत रहेको यो गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम मूल्य करिब ८० लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ । गाडीको ब्रेकिङ हर्स पावर क्षमता एक सय ३८ रहेको कम्पनीले जनाएको छ । म्यानुअल र अटोमेटीङ ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता रहेको छ । १५ सय सिसीको रहेको छ । सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा तेस्रो संस्करण भारत स्टेज सिक्स एमिसन अन्तर्गत इन्जिन जडान गरिएको छ । गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ । हुण्डाईको क्रेटा, भेनु, टाटाको ह्यारियर, एमजी हेक्टर, जिप कम्पास लगायत एसयुभीसँग सेल्टसले अटो बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

साना उद्योगमा ऋणः सरकार अनुदान दिने, बैंक धेरै व्याज लिने

काठमाडौं । सरकारले साना तथा मझौला व्यवसाय (एसएमई) गर्न ऋण लिदाँ अनुदान दिने व्यवस्था मिलाएको छ । तर, बैंकहरुले भने एसएमई ऋणको व्याज नै उच्च राखेका छन् । बैंकहरुले प्रकाशित गरेको ऋणको व्याजदरले यस्तो देखाएको छ । बैंकहरुले अन्य व्यवसायको तुलनामा एसएमई ऋणको व्याज धेरै राखेका छन् । नेपाल बैंक नेपाल बैंकले सजिलो व्यवसाय कर्जा शिर्षकमा आधार दर (बेस रेट) मा ३.१९ प्रतिशतसम्म थपेर व्याज लिने गरेको छ । नेपाल बैंकको आधार दर ७.८४ प्रतिशत छ । यस्तो आधार दरमा ३.१९ प्रतिशत प्रिमियम थप गर्दा सजिलो व्यवसाय कर्जा लिन ११ प्रतिशतभन्दा बढी व्याज पर्छ । यस्तै, नेपाल बैंकबाट समृद्ध व्यवसाय कर्जा लिदाँ आधार दरमा २ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्छ । नेपाल बैंकले सरकारले तोकेअनुसार नै व्याज अनुदान प्रदान गरिने कर्जामा २ प्रतिशत प्रिमियम लिने भनेको छ । कृषि विकास बैंक कृषि क्षेत्रको विकास गर्न स्थापना भएको भनिएको कृषि विकास बैंकले कृषि ऋणमा आधार दरमा १ देखि ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । कृषि विकास बैंकको आधार दर १०.१८ प्रतिशत छ । यो आधार दर अनुसार कृषि विकास बैंकबाट कृषि उत्पादन गर्न ऋण लिदा १३.१८ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । नविल बैंक नविल बैंकले प्रकाशित गरेको व्याजदर अनुसार सरकारले प्राथमिकता तोकेको विपन्न वर्ग कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमिय थप लिने गरेको छ । नविलको आधार दर ७.८४ प्रतिशत छ । सो आधार दरमा ५ प्रतिशत प्रिमिय थप गर्दा विपन्न वर्ग कर्जाको व्याजदर १२.८४ प्रतिशतसम्म हुन्छ । नविल बैंकबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिने हो भने आधार दरमा ३.५६ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्ने हुन्छ । यसो गर्दा नविलबाट द्रुत सेवामार्फत एसएमई कर्जा लिदाँ ११.४ प्रतिशतसम्म हुन्छ । नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल इन्भेष्टमेन्ट बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि तथा पशुपंक्षी पालन कर्जामा साढे ४ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । इन्भेष्टमेन्ट बैंकको आधार दर ८.४८ प्रतिशत छ । यो आधार दरमा साढे ४ प्रतिशत प्रिमियम थप गर्दा १३ प्रतिशतको हाराहारीमा व्याज दर पुग्छ । हिमालयन बैंक हिमालयन बैंकले व्यक्तिगत साना व्यवसाय कर्जामा आधार दरमा ५.५ प्रतिशत प्रिमियम थप गरेर ऋण दिने सूचना सार्वजनिक गरेको छ । हिमालयनको आधार दर ८.९३ प्रतिशत छ । यो आधार दरमा साढे ५ प्रतिशत प्रिमिय थप गर्दा हिमालयन बैंकबाट व्यक्तिगत साना व्यवसाय कर्जा लिदा १४ प्रतिशतभन्दा बढी व्याज तिर्नुपर्छ । यस्तै, हिमालयन बैंकले विपन्न वर्गलाई ऋण दिँदा आधार दरमा साढे ५ प्रतिशत नै प्रिमियम थप गर्ने भनेको छ । नेपाल एसबीआई बैंक नेपाल एसबीआई बैंकले विपन्न वर्ग र एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमिय थप गरेर व्याज लिन्छु भनेको छ । एसबीआई बैंकको आधार दर ९.९४ प्रतिशत छ । यो प्रिमियम दर अनुसार नेपाल एसबीआई बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । नेपाल बंगलादेश बैंक नेपाल बंगलादेश बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म र कृषि उत्पादनको लागि दिने ऋणमा ३ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने घोषणा गरेको छ । बैंकको आधार दर ९.८७ प्रतिशत छ । बैंकको आधार दरमा उसले लिने प्रिमियम जोड्दा नेपाल बंगलादेश बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ करिब १४ प्रतिशत र कृषि उत्पादन गर्नको लागि ऋण लिदाँ करिब १३ प्रतिशत व्याज तिर्नुपर्छ । एभरेष्ट बैंक एभरेष्ट बैंकले विपन्न वर्ग कर्जा दिदा आफ्नो आधार दरमा ७.२५ प्रतिशतसम्म र कृषि कर्जामा ६.५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । एभरेष्ट बैंकको आधार दर ८.४९ प्रतिशत छ । बैंकले लिने भनेको प्रिमियम र उसको आधार दर समायोजन गर्दा एभरेष्ट बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदाँ क्रमशः १५.७४ प्रतिशत र १४.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । कुमारी बैंक कुमारी बैंकले विपन्न वर्ग कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज लिने भनेको छ । कुमारी बैंकको आधार दर १०.६२ प्रतिशत छ । कुमारी बैंकबाट विपन्न वर्ग कर्जा लिदाँ १६.६२ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । लक्ष्मी बैंक लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदाँ आधार दरको ६ प्रतिशतसम्म प्रिमियम थप गर्नुपर्ने बैंकले जनाएको छ । लक्ष्मीको आधार दर १०.२४ प्रतिशत छ । बैंकको आधार दरमा उसले लिने भनेको प्रिमियम जोडेर व्याज तिर्दा लक्ष्मी बैंकबाट एसएमई र साना व्यवसायी कर्जा लिदा १६.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सिटिजन्स बैंक इन्टरनेसनल सिटिजन्स बैंकले एसएमई कर्जामा आधार दरमा साढे ४ प्रतिशतसम्म प्रिमियम लिन्छु भनेको छ । विपन्न वर्ग कर्जामा पनि ४ प्रतिशतसम्म नै प्रिमियम लिने भनेको छ । सिटिजन्स बैंकको आधार दर १०.४४ प्रतिशत छ । यो आधार दरमा उसले लिन्छु भनेको प्रिमियम थप गर्दा सिटिजन्स बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिदाँ १४.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । प्राइम कमर्शियल बैंक प्राइम बैंकले विपन्न वर्गमा आधार दरमा साढे ६ प्रतिशतसम्म र कृषि कर्जामा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । प्राइमको आधार दर ९.६७ प्रतिशत छ । यो आधार दरमा साढे ६ प्रतिशत प्रिमियम जोड्दा विपन्न वर्ग कर्जा लिने व्यक्तिले १६.१७ प्रतिशत र कृषि कर्जामा १५.६७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सनराइज बैंक सनराइज बैंकले विपन्न वर्ग र कृषि कर्जा दिदाँ आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर लिने भनेको छ । बैंकको आधार दर ९.९७ प्रतिशत छ । सनराइज बैंकबाट विपन्न वर्ग र कृषि कर्जा लिदा करिब १६ प्रतिशत व्याज दिनुपर्नेछ । सेन्चुरी बैंक सेन्चुरी बैंकले कृषि कर्जामा आधार दरमा ३.५ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.४५ प्रतिशत छ । सेन्चुरीले आधार दरमा लिने प्रिमियम थप गर्दा सो बैंकबाट कृषि कर्जा लिनेले करिब १४ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै, विपन्न वर्ग कर्जामा भने बढीमा १५.५ प्रतिशतसम्म व्याज तिर्नुपर्ने बैंकले जनाएको छ । सानिमा बैंक सानिमा बैंकले प्रायः सबै प्रकारका कर्जामा आधार दरमा ६ प्रतिशत प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२२ प्रतिशत छ । सानिमा बैंकबाट विपन्न वर्ग वा कृषि कर्जा लिदाँ आधार दरमा ६ प्रतिशत थप गरी १५.२२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले एसएमई कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.५६ प्रतिशत छ । माछापुच्छ्रे बैंकबाट एसएमई कर्जा लिनेले बैंकको आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थप गर्दा साढे १६ प्रतिशतसभन्दा बढी व्याज तिर्नुपर्छ । एनआईसी एसिया बैंक एनआईसी एसिया बैंकले एसएमई कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै विपन्न वर्ग कर्जामा पनि ७ प्रतिशत नै प्रिमियम लिने भनिएको छ । एनआईसी एसिया बैंकको आधार दर ९.५२ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने ७ प्रतिशत प्रिमियम जोड्दा एनआईसी एसिया बैंकबाट विपन्न वर्ग र एसएमई कर्जा लिनेले १६.५२ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन्छ । ग्लोबल आइएमई बैंक ग्लोबल आईएमई बैंकले कृषि, एसएमई र विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.४४ प्रतिशत छ । यो आधार दरमा ६ प्रतिशत प्रिमियम जोड्दा ग्लोबल आईएमई बैंकबाट एसएमई, कृषि, विपन्न वर्ग जस्ता कर्जा लिदाँ १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । एनएमबि बैंक एनएमबि बैंकले एसएमई र कृषि कर्जामा आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ । बैंकले प्रकाशित गरेको आधार दरमा प्रिमियम थप गर्दा एनएमबी बैंकबाट कृषि र एसएमई कर्जा लिनेले १६.९९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । प्रभु बैंक प्रभु बैंकले एसएमई कर्जामा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.२४ प्रतिशत छ । यो आधार दरमा ५ प्रतिशत प्रिमियम थप गर्दा प्रभु बैंकबाट एसएमई कर्जा लिनेले १४.२४ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले विपन्न वर्ग कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.०२ प्रतिशत छ । सिद्धार्थ बैंकबाट विपन्न वर्ग कर्जा लिनेले १६ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । बैंक अफ काठमाडू बैंक अफ काठमाडूले साना व्यवसाय र कृषि व्यवसाय कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ । बैंकले प्रकाशित गरेको सूचनाअनुसार बैंक अफ काठमाडूबाट साना व्यवसाय वा कृषि व्यवसाय गर्न कर्जा लिने व्यक्तिले करिब १६ प्रतिशत व्याज तिर्नुपर्छ । सिभिल बैंक सिभिल बैंकले एसएमई कर्जामा आधार दरमा ५.५ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । यस्तै, विपन्न वर्ग कर्जामा ३ प्रतिशतसम्म प्रिमियम लिने भनेको छ । बैंकको आधार दर १०.९७ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने प्रिमियम थप गर्दा सिभिलबाट एसएमई कर्जा लिदाँ साढे १६ प्रतिशतभन्दा माथि हुन्छ । एनसीसी बैंक एनसीसी बैंकबाट विपन्न वर्ग कर्जा लिदा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपिन्छ । यस्तै, कृषि तथा लघु उद्यम कर्जा पनि ५ प्रतिशत नै प्रिमियम छ । बैंकको आधार दर १०.७७ प्रतिशत छ । बैंकको आधार दरमा प्रिमियम थप गर्दा एनसीसी बैंकबाट कृषि तथा लघु उद्यम वा विपन्न वर्ग कर्जा लिदाँ १५.७७ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । राष्ट्रिय वाणिज्य बैंक सरकारको करिब शतप्रतिशत लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकबाट सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जामा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । यस्तै, कृषि कर्जामा ३.३ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । बैंकको आधार दर ६.६ प्रतिशत छ । यो आधार दरमा बैंकको प्रिमियम थप गर्दा राष्ट्रिय वाणिज्य बैंकबाट प्राथमिकता प्राप्त क्षेत्र र विपन्न वर्ग कर्जा लिदाँ १०.६ प्रतिशत व्याज तिर्नुपर्छ । यस्तै कृषि कर्जा लिदाँ करिब १० प्रतिशत व्याज तिर्नुपर्छ । मेगा बैंक मेगा बैंकले विपन्न वर्ग कर्जा र लघु कर्जामा आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम राखेको छ । बैंकको आधार दर १०.१९ प्रतिशत छ । यो आधार दरमा बैंकले लिने प्रिमियम थप्दा मेगा बैंकबाट विपन्न वर्ग र लघु कर्जा लिदाँ १६.१९ प्रतिशतसम्म व्याज तिर्नुपर्छ । (बैंकहरुले प्रकाशित गरेको आधार दर र प्रिमियमका आधार व्याज दर निकालिएको हो । यो प्रिमियम दर बैंकहरुले प्रकाशित गरेको अधिकतम दर हो । यो दरमा वार्गेनिङ गर्ने हो भने बैंकहरुले घटाउँछन् । त्यसैले ऋण लिन जाँदा बैंकले भनेको आधार दरमा कम गर्न अनुरोध गर्नुहोस् ।)

युनाईटेड फाईनान्सको २३औं शाखा काठमाण्डौंको गोठाटारमा

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा आफ्नो २३औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष श्री ससन्त कुमार चौघरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्ण हरी थापाबाट भएको हो । फाईनान्स सेवा संचालनको २५ औं वर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करिव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।

जुम्ली स्याउले पाएन मूल्य, करोडौँको लगानी जाेखिममा

सिञ्चा । जुम्ली  स्याउले मूल्य नपाउँदा करोडौँको लगानी बालुवामा पानी भएको  छ । विचौलियाका कारण वास्तविक किसान ठगिएका छन्।  स्याउका लागि प्रसिद्ध जुम्लाकै कृषक स्याउ खेतीमा हतोत्साहित भएका र किसानले बोटबाट स्याउ टिपेर बिक्रीका लागि भौँतारिनुपरेको बताउँछन् । स्याउ सुपरजोन जुम्लाले आयोजना गरेको बजार प्रवद्र्धन तथा अन्तक्र्रिया गोष्ठीमा सहभागी अधिकांश किसानले स्याउले बजार मूल्य नपाएको गुनासो गरेका छन्  । यस वर्ष प्रतिकिलो स्याउको रु ३५ देखि ५० मूल्य पाउन पनि मुस्किल परेको कृषकको भनाइ छ । जुम्लाको स्याउको नाममा बाहिर जिल्लाको स्याउले मूल्य पाएको र सरोकारवाला निकायले आवश्यक पहल नगरेका कारण जुम्लाको स्याउले मूल्य नपाएको उनीहरुको भनाइ छ । बजारमा रहेका बिचौलिया नरोकेसम्म जुम्लाको स्याउले मूल्य नपाउने र स्याउको गरिमा नै घट्ने वरिष्ठ स्याउ कृषक शङ्खुबहादुर खत्री बताउँछन् । सोलार स्टोरको प्रयोग गर्न सके बाह्रै महिना स्याउको गुणस्तरदेखि मूल्यमा गिरावट नआउने उनले बताए । स्याउ सुपरजोनका अनुसार नेपालमा हरेक वर्ष एक लाख मेट्रिक टनको हाराहारीमा स्याउ खपत हुन्छ । सोमध्ये ४३ हजार मेट्रिक टन नेपालमै उत्पादन हुन्छ भने ६७ हजार मेट्रिक टन बाहिरबाट आयात हुन्छ । देशभर जुम्लामा उत्पादित स्याउको माग अत्याधिक भए पनि मागअनुसारको खपत हुनसकेको छैन । हिमा गाउँपालिकाका किसान गोपाल रोकायाले विशेषगरी स्याउ उत्पादनभन्दा गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । स्याउ सुपरजोनले कार्य क्षेत्र बढाउनुपर्ने उनको भनाइ छ । सिञ्जा क्षेत्रमा सुपरजोनको कार्यक्षेत्र नै छैन । जिल्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यालय प्रमुख नवराज भण्डारीले बताउँछन्  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि सुपरजोन कार्यक्रमले यस्तो लक्ष्य राखेको उनको भनाइ छ । जुम्लालाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गाउँस्तरमा रहेका समूह, सहकारी, कृषक र सम्बन्धित पक्षसँग स्याउ सुपरजोनले परार्मश गर्दै आएको छ । भण्डारीले कृषकलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सुपरजोनले सहयोग गर्दै आएको जानकारी दिएका छन् । जुम्लालाई स्याउ ब्लक क्षेत्रका रूपमा विकास गर्नुपर्ने सुझाव आएकाले निकट भविष्यमै कार्यक्रम लागू हुने उनले बताए । उनले हरेक स्थानीय तहले एक नमूना बगैँचा बनाउन सुझावसमेत दिएका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले किसान र स्याउ व्यापारीबीचको आपसी समन्वयका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझै गुणस्तरीय बनाउन सुपरजोनलाई सल्लाह दिए। किसानको सक्रियता र सरोकारवालाको तदारुकता तथा ऐक्यबद्धता मात्रै भए स्याउले भरिपूर्ण जुम्ला हुनसक्ने  छ ।

बीमा मर्जरः नियामकले बाटो खोल्यो, कम्पनीलाई ‘हतार छैन’

काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको हतार नभएको बताएका छन् । नियामक निकाय बीमा समितिले मर्जरको बाटो खुलाए पनि कम्पनीहरुले तत्काल हतार नभएको प्रतिक्रिया दिएका हुन् । कम्पनीलाई मर्जर र एक्वीजीसनामा अवरोध नपुगोस भनेर नै निर्देशिका जारी गरिसकेको छ । केही कम्पनीहरुले भने आन्तरिक रुपमा मर्जरको तयारी गरिरहेका छन् । पूँजी बृद्धिले मर्जरमा दबाब बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनै पर्ने व्यवस्था गरेको थियो । समितिले १३ माघ २०७३ मा जारी गरेको यो निर्देशन अनुसार कम्पनीहरुले असार मसान्त २०७५ मा तोकिए अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर, समितिले दिएको पहिलो म्यादभित्रमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्न नसकेपछि समितिले पुस मसान्त २०७५ सम्म म्याद थप गरेको थियो । थप गरिएको समयभित्र पनि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुको लागि समितिले असार मसान्त २०७५ सम्मको ग्रेस अवधि थपेको थियो । समितिले दिएको निर्देशन बमोजिम कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनामा हकप्रद जारी गर्ने, बोनस सेयर दिने, थप निस्कासन (एफपीओ) जारी गर्ने लगायत थियो । तर, समितिमा योजना पनि पेश गर्ने र तोकिएको समयभित्रमा पूँजी वृद्धि गर्न नसक्ने ७ कम्पनीलाई समितिले स्पष्टीकरण सोधेको थियो । नपुर्याउनेहरू चटाराेमा  सरकारी लगानीसमेत रहेकाे राष्ट्रिय बीमा कम्पनीले पनि समितिले ताेकेअनुसारकाे न्यूनतम चुक्ता पूँजी पुर्याएकाे छैन। तर ताेकेअनुसारकाे पूँजी पुर्याउने अन्तिम तयारीमा कम्पनी छ । कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले पूँजी वृद्धिकाे काम हुन लागेकाे बताए । अहिले कम्पनीकाे लेखा परीक्षण भइरहेकाेले साे काम सकिनेबितीकै पूँजी वृद्धिकाे याेजना अघि बढ्ने बताए ।