
काठमाडौं । हेरचार डटकम प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा २०७६ पौष ३ गते काठमाडाैं कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव पारित गर्दै लेखा परिक्षक नियुक्तिको निर्णय गरेको छ ।
२०७४ कार्तिक १४ गते काठमाण्डौमा स्थापना भएको यो कम्पनीले घर, कर्पोरेट अफिस, उद्योग व्यवसायीक प्रतिष्ठान र व्यतिगत घर भित्र बत्ती, प्लम्विङ्ग, मर्मत संभार, घरेलु प्रयोगका सामान सप्लाई, सरसफाई, रंग रोगन, मोडिफिकेशन लगायत आवश्यक पर्ने सबै प्रकारका सेवा प्रदान गर्ने गरी सम्पुर्ण हैन्डीम्यान सेवा दिने लक्ष्य लिएको छ । १ करोड ५० लाख पुँजीमा स्थापित यस कम्पनीले काठमाडाैंमा हाल १५० भन्दा बढी कर्पोरेट हाउस (बैँक, बीमा, एन्जिओ, राजदुतावास, मल्टिनेशनल कम्पनी, औद्योगिक व्यवसायिक प्रतिष्ठान) र व्यक्तिलाई सेवा प्रदान गरिरहेको छ ।
कम्पनी स्थापनाको ५ वर्षभित्र उपत्यकाका दश हजार घर र व्यवसायिक प्रतिष्ठानलाई सदस्य बनाई सेवा प्रदान गर्ने लक्ष्य लिएको यो कम्पनीले आ.व. २०७६।७७ को चार महिनामा आफ्नो गुणस्तरीय र विस्तारित सेवाबाट पाँच लाख भन्दा बढी संचालन मुनाफा कमाईसकेको छ। प्रत्येक व्यक्ति र संस्थालाई आवश्यक यो सेवा संस्थागत रुपमा प्रयोग गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन बढ्दै गईरहेको छ । कम्पनीले कारोबार विस्तारको क्रममा छिट्टै फेन्चाइज मोडेलमा बुटवल, पोखरा, विरगंज, भरतपुर र विराटनगरमा हेरचार डटकमको कारोबार संचालन गर्ने निर्णय गरिसकेको अवगत गराउन चाहन्छौ ।