कुलमान घिसिङ र डा. सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कार

<p>काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारमा २०७३ सालकाे पुरस्कार घिसिङ र २०७४ सालकाे पुरस्कार डा. रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो । कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने [&hellip;]</p>

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई हेम बहादुर मल्ल पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारमा २०७३ सालकाे पुरस्कार घिसिङ र २०७४ सालकाे पुरस्कार डा. रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो । कर्पोरेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई जनालाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गर्ने अभियान्ताको रुपमा र डा. सुनदुकलाई नेत्रज्योती विशषेज्ञका रुपमा सम्मानित गर्ने जनाइएको हो । पुरस्कार आउँदो शुक्रबार प्रदान गरिने भएको छ ।

हेम बहादुर मल्लको सम्झनामा पुरस्कार वि.स २०५९ सालमा स्थापना गरिएको हो । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । विगत दुई वर्षदेखि  उक्त पुरस्कारबाट दुई जनालाई सम्मानित गरिँदै आएको छ ।

विगतमा यस  पुरस्कारबाट डा. भगवान काेइराला, डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन, भाेजराज पाेखरेल लगायत ११ जना सम्मानित भएका थिए ।

Share News