एनसेलले ल्यायो साप्ताहिक प्याक, डेटा र भ्वाइस सेवा झन् सस्तो
काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मेरो प्लान’ अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यो आकर्षक योजना मंगलबार (पुस २९) देखि लागु हुनेछ । यस अन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ। २ जिबी प्लान अन्तर्गत ग्राहकले कर सहितमात्र रु ९५.७७ मा २ जिबी डेटा भोलुमको मजा लिन सक्नेछन् । यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्रकर सहित मात्र रु १.२८ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् । त्यसैगरी, ६ जिबी प्लानअन्तर्गत ग्राहकले कर सहितमात्र रु १९१.५४ मा ६ जिबी (४ जिबी + २ जिबी भिडियो डेटा) को मजा लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि,एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगलप्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् । डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्दहुने मेरो प्लानको विषेशता रहेको यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकता अनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् । साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतःनविकरण हुनेछ । प्लान नविकरण हुनको लागि मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट कर सहित रु २.५४ मा प्रयोग गर्न सक्नेछन् ।
नाट्टाकाे काेषाध्यक्षमा थपलियाकाे उम्मेदवारी घाेषणा
काठमाडाैं । नेपाल एसोसीएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) काे चुनावका लागि कुमारमणि थपलियाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रिसियस ट्राभल्स एण्ड टुरका संचालक थपलियाले अच्युत गुरागाईको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । एक दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा काम गरिसकेका उनी एक सफल पर्यटन व्यवसायीसमेत हुन् । कोषाध्यक्षका प्रत्यासी थपलिया वाणिज्यमा स्नातकोत्तर हुन् । पर्यटन विकासका लागि पर्यटन व्यवसायीलाई एकसाथ लिएर अगाढि बढ्ने उनको भनाइ छ । देशका जीवित सम्पदाका रुपमा रहेका चाडपर्वहरुलाई आधुनिक पर्यटनसँग जोडेर पर्यटनलाई नयाँ आयाम दिने उनले बताए । युवा जोश र जाँगरले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्नेमा आम ट्राभल तथा टुर अपरेटरहरु ढुक्क हुने उनको भनाइ छ । नेपाल गौरीशंकर लायन्स क्लबका पुर्व अध्यक्ष समेत रहेका उनी नेपाल परिवार नियोजन संघको पनि आजीवन सदस्य हुन् । नाट्टाकाे चुनाव माघ ३ गते हुँदैछ ।
कामना सेवा र ओम्नी मोटर्सबीच व्यापार सम्झौता, कर्जा सुविधा सजिलै लिन सकिने
काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा.लि. बीच व्यापार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्सको तर्फबाट निर्देशक उदय नकाब्राले हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार ओम्नी मोटर्स मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भरतबेञ्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंकद्धारा पीडित चमेली तामाङले पाइन् राहत
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कटारी-५, भुल्केमा झुप्रोमा अतिदयनीय अवस्थामा रहेकी २८ वर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्नतथा लत्ताकपडा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कायक्र्रम अन्तर्गत तामाङलाई राहत स्वरुप उक्त सहयोग गरेको हो । चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ वर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो । उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका थिए । विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा र उदयपुरमा
काठमाडौं । सिद्धार्थ बैंकले गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि उक्त दुई स्थानमा विस्तारित शाखा सञ्चालनमा ल्याएको हो । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८० (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९९ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
संघीयताले रेशम खेती प्रभावित, प्रदेश सरकारसँग केन्द्रको समन्वय हुन सकेन
काठमाडौं । नेपालमा संघीयतामा गएसँगै रेशमखेती अन्योलमा परेको छ । सरकारले विशेष अनुदान दिएर प्रबद्र्धन गरेको रेशमखेतीको विरुवा एउटा प्रदेशमा, खेती अर्काे प्रदेशमा र प्रवद्र्धनका कार्यक्रम बेग्लै प्रदेशमा परेका कारण अन्योल भएको हो । ४० वर्ष अगाडी काभ्रेको रेशम विकास केन्द्र खोपासीबाट रेशमखेती व्यवसायिक रुपमा सुरु भएको थियो । रेशम खेती प्रबद्र्धन गर्न केन्द्र सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले नै गत वर्ष १० लाख रुपैयाँ बजेट विनियोजन गरेको व्यवसायिक किट विकास केन्द्रका वाली संरक्षण अधिकृत योजना तथा अनुगमन शाखाका जगग्नाथ शर्माले बताए । सरकारले मौरी पालन, च्याउ खेती, रेशम खेतीलाई व्यवसायिक किट कार्यक्रमको रुपमा आर्थिक वर्ष २०७२÷७३ देखि अगाडी सारेको हो । नेपालमा यस्तो छ रेशम खेतीको अवस्था २०४२ सालमा सरकारीस्तरबाट ४२ वटा जिल्लामा रेशम खेती कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा काभ्रे, स्याङ्जा, पाल्पा र इलाममा किसानले कोया उत्पादन गर्ने कार्यक्रम सफल भयो । देश संघीयतामा गएसँगै अन्य क्षेत्रको रेशम खेती प्रबद्र्धनको जिम्मा सम्बन्धित प्रदेश सरकारले लिएको छ । तर, रेशम खेतीको पहिलो केन्द्र मानिएको काभ्रेको खोपासीमा भने केन्द्र सरकारले नै हेर्ने गरेको छ । व्यवसायिक रुपमा विस्तार हुँदै गरेको रेशम खेतीको उत्पादनका लागि विशेष गरेर किम्बुको बोट आवश्यक पर्छ । किम्बुको पात खुवाएर रेशम किराबाट रेशम धागो उत्पादन गर्ने हुँदा किम्बुको विरुवा सबै भन्दा महत्वपूर्ण तत्व हो । चालु आर्थिक वर्षमा २ सय हेक्टर जमिनमा रेशम खेती गर्ने केन्द्र सरकारको कार्यक्रम छ । तर, यो वर्ष ७० हेक्टर जमिनमा मात्रै रेशम खेती हुने भएको छ । प्रतिहेक्टर १० हजार किम्बुको विरुवा १ क्लस्टरमा लगाउन सक्ने व्यवसायिक किट विकास केन्द्रका वाली संरक्षण अधिकृत शर्माले बताए । व्यवसायिक रेशम खेती कृषकको चाँसो सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि रेशम खेतीका लागि कृषकहरुको चाँसो बढेको छ । विशेषगरी प्रदेश– ५ सरकारले रेशम खेतीका सम्बन्धमा चाँसो देखाएको छ । रेशमको व्यवसायिक उत्पादन गर्ने विषयमा प्रदेश– ५ का मुख्यमन्त्री र कृषिमन्त्री प्रतिवद्धता जनाएका छन् । अन्य प्रदेशले भने त्यति चासो देखाएका छैनन् । रेशम खेतीका लागि सरकारले १८ वटा आवेदन खुल्ला गरेको थियो, जसका लागि १५ वटा आवेदन दर्ता भए । यस अगाडी १० वटा आवेदन केन्द्रले सिफारिस गरेको थियो । संघीय संरचनाभित्र रेशम खेती देश संघीय प्रणालीमा गएसँगै रेशम खेती वेवारिसे बनेको छ । रेशम उत्पादन गर्न आवश्यक वस्तु एकै प्रदेशमा नभएकाले असर परेको हो । केन्द्र सरकारले मात्र पछिल्लो समय निर्णय गर्न नमिल्ने हुँदा संघीयताले रेशम खेती अन्योलमा परेको व्यवसायिक किट विकास केन्द्रले जनाएको छ । हाल १ करोड भन्दाबढी किम्बुको विरुवा आवश्यक भईरहेको बेलामा केन्द्र सरकार सो मागलाई पूर्ति गर्न असमर्थ रहेको देखिएको छ । बजारमा उच्च माग रहेको रेशम धागो उत्पादनको एक मात्र स्रोतलाई सरकारले चासो नदिएको व्यवसायिक किसानको गुनासो छ ।
सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने निश्चित, कहिलेदेखि एकिकृत कारोबार ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार(पुस २८ गते) बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुवै बैंकले आ-आफ्नो विशेष/वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार शुरु गर्नेछन् । दुबै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७६पौष २७गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ हुनेछ । सहमतिअनुसार, सहयोगी विकास बैंकका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९१.७५ कित्ता शेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । विकास बैंक प्राप्तिपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् ।
अनाथ विद्यार्थीलाई प्राइम कमर्सियल बैंकको सहयोग
काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ कक्षासम्म अध्ययनरत अनाथ विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरी सहयोग गरेको छ । बैंकले जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई उक्त सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले उक्त सहयोग गरेका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार(पुस २८ गते) उक्त सहयोग गरेको हो ।