
काठमाडौं । प्राइम कमर्सियल बैंकले ५ कक्षासम्म अध्ययनरत अनाथ विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरी सहयोग गरेको छ । बैंकले जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई उक्त सहयोग गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले उक्त सहयोग गरेका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार(पुस २८ गते) उक्त सहयोग गरेको हो ।