मुक्तिनाथ विकास बैंकद्धारा पीडित चमेली तामाङले पाइन् राहत

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले कटारी-५, भुल्केमा झुप्रोमा अतिदयनीय अवस्थामा रहेकी २८ वर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्नतथा लत्ताकपडा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कायक्र्रम अन्तर्गत तामाङलाई राहत स्वरुप उक्त सहयोग गरेको हो । चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ वर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कटारी-५, भुल्केमा झुप्रोमा अतिदयनीय अवस्थामा रहेकी २८ वर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्नतथा लत्ताकपडा सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कायक्र्रम अन्तर्गत तामाङलाई राहत स्वरुप उक्त सहयोग गरेको हो ।

चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ वर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने, ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको हो । उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

Share News