चीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन, नेपालमा भने अवस्था सामान्य भएपछि हुने
काठमाडाैं । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरुङबाट काठमाडौँभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ । काठमाडौँ केरुङ रेलमार्गको अध्ययन कोभिड–१९ का कारण अघि बढ्न नसकेको अवस्थामा चीन सरकारले आफ्नै देशमा पर्ने क्षेत्रमा अध्ययन अघि बढाएको हो । चीनमा अहिले केरुङदेखि सिङ्चेसम्मको रेलमार्गको अध्ययन भइरहेको जानकारी पाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । चीनतर्फको क्षेत्रमा अध्ययन अघि बढ्नु सकारात्मक भएको विभागले जनाएको छ । उहाँले भने, “अवस्था सामान्य भएपछि नेपालतर्फ पनि अध्ययन हुनेछ ।” कोभिड–१९ का कारण सो रेलमार्गको अध्ययन अघि बढ्न सकिरहेको थिएन । सो रेलमार्गमा चीनतर्फ नेपालतर्फभन्दा धेरै लम्बाई हुनेछ । केरुङबाट नेपालको सीमासम्म झण्डै चारदेखि पाँच सय किमी लम्बाई रहेको छ । नेपालतर्फ रसुवादेखि काठमाडौँसम्म ७२ किमी रहेको छ । काठमाडौँमा टोखालाई ‘जिरो किलो’ मानिएको छ । काठमाडौँ केरुङ रेलमार्ग निर्माणलाई नेपाल र चीन दुबै सरकारले उच्च महत्व दिएको पाइन्छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्ष पहिले नै बुझाएको थियो । त्यसयता पनि अध्ययन अघि बढाउने विषयमा विभिन्न तहका छलफल भइरहेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो । त्यस समयमा भएको राजनीतिक सम्झौताकै आधारमा मङ्सिरमा काम गर्ने तह (वोर्किङ लेभल) मा सम्झौता भएको थियो । सोही भ्रमणमा चिनियाँ टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो । चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनमा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो । काठमाडौँ केरुङ रेलमार्गको अध्ययनका विषयमा नेपाल चिनियाँ अधिकारीबीच पटकपटक छलफल हुँदै आएको थियो । सो रेलमार्गमा तीन चरणमा गरी अध्ययन सम्पन्न हुने बताइएको छ । पहिलो चरणमा हवाई सर्भेक्षण (एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इनभेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । तीनै चरणको अध्ययनका लागि झण्डै दुई वर्ष लाग्ने अनुमान गरिएको छ । अध्ययनका लागि २०० मिलियन चिनियाँ युयान खर्च हुने अनुमान गरिएको छ । चीनको आर्थिक लगानीमा अध्ययन अघि बढ्दैछ । चीनको राष्ट्रिय रेल्वे प्रशासनले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरेको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो । सो सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहित समेटिएको छ । यस्तै सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । प्रारम्भिक अध्ययनका आधारमा विस्तृत अध्ययन हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको थियो ।अयस्तै, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्गले भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने बताइएको छ । रासस
ज्योति लाईफको बोनस दर न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म
काठमाडौं । ज्योती लाईफ ईन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनिले अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । कम्पनिले सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर तोकेको छ । साथै कम्पनिले सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ । त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।
लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ
काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर९आईपीओ० आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त सेयर बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा भइरहेको छ । लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ Gepostet von Bikashnews.com am Sonntag, 30. August 2020
लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै (लाइभ)
काठमाडौं । लिबर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त सेयर बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा भइरहेको छ ।
बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम: निःशुल्क उपचार र सस्ताेमा औषधि पाएपछि स्थानिय खुशी
बाँके । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमसँगै औषधि उपचारमा सहुलियत भएपछि बर्दिया जिल्लाको राजापुर नगरपालिकाका बासिन्दा खुशी भएका छन् । जिल्लाको दुर्गमा क्षेत्र मानिने यस नगरपालिकामा वीमा कार्यक्रमपछि स्वास्थ्योपचारका लागि निकै सहज भएको छ । सरकारले ल्याएको स्वास्थ्य वीमा कार्यक्रमअनुसार गरिबको परिचय पत्र भएका आफूहरुको घरमै आएर वीमा भएपछि सहुलियत दरमा औषधि पाएपछि निकै राहत मिलेको उनीहरु बताउँछन् । राजापुर नगरपालिका—४ निवासी लक्ष्मी थारुले भने, “सरकारले वीमा गरिदिएकाले पाँच जनाको आफ्नो परिवारका सदस्यले निःशुल्क उपचार पाएका छौँ ।” राजापुर स्वास्थ्य चौकीमा २४सै घन्टा विमित बिरामीको औषधोपचारको व्यवस्था गरिदिन उनले माग गरे । स्थानीय सरस्वती चौधरीले पनि शारीरिक रुपमा अशक्त आफ्ना बुबा, आमाको उपचारमा वीमा कार्यक्रमले निकै सहयोग पुगेको बताए । राजापुर नगरपालिका—४ को वीमा दर्ता सहयोगी कार्यकर्ता रीता चौधरीका अनुसार यहाँका करिब ५०० घरधुरीका वासिन्दाको स्वास्थ्य वीमा गराइएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णय
काठमाडाैं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडानबारे निर्णय गरेको छ । १. आन्तरिक उडान भदौ मसान्तसम्म बन्द गर्ने । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि मात्रै रोक लगाइएको थियो । २. शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने । ३. लामो तथा छोटो दूरीको यातायातका साधन भदौ मसान्तसम्म बन्द गर्ने । यसअघि लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ १५ गतेसम्म मात्रै बन्द गर्ने निर्णय गरेका थिया । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । ४. अन्तर्राष्ट्रिय हवाई उडानसर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो । ५. रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने । ६. ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत नियुक्त गर्ने ।
सुनकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेवार ?
काठमाडाैं । सुनकाे मूल्य साेमबार बढेकाे छ । साेमबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य ९७ हजार २ सय रूपैयाँ थियो। त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
कोरोना महामारीमा बीमा व्यवसायः साउनमै बढ्यो जीवन १७ प्रतिशत र निर्जीवन ३७ प्रतिशत
काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख १७.२० प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमालेख भने ३७.३२ प्रतिशतले बढेको छ । समितिका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ६० लाख २४ हजार बीमालेख विक्री भएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ७० लाख ६१ हजार रुपैयाँ बीमालेख विक्री भएका छन् । जीवन बीमा शुल्क घट्यो बीमा लेखको संख्यामा बृद्धि भएपनि बीमा शुल्क भने घटेको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ३.५६ प्रतिशतले बीमा शुल्क घटेको हो । गत आर्थिक वर्षको साउनमा १० अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीले १० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । घट्यो वैदेशिक रोजगार बीमालेख आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तमा वैदेशिक रोजगार बीमालेख संख्या १३ लाख ५३ हजार रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा भने सो संख्या ८ लाख ६० हजार पुगेको छ । वैदेशिक रोजगार बीमालेख संख्यका आधारमा १०.८५ प्रतिशतले घट्न पुगेको छ । निर्जीवन बीमालेख ३७ प्रतिशतले बढ्यो निर्जीवन बीमातर्फ गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ३७.३२ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो आर्थिक वर्षका साउन महिनाको अन्त्यमा १ लाख ७५ हजार बीमालेख थिए । चालु आर्थिक वर्षको साउन मसान्तमा भने बीमा लेखको संख्या २ लाख ४१ हजार छ । निर्जीवन बीमाशुल्क ११ प्रतिशतले बढ्यो निर्जीवन बीमातर्फको बीमाशुल्क १०.८९ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको निर्जीवन बीमा शुल्क चालु आर्थिक वर्षको सोही महिनामा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बीमाको दायरा बढ्यो गत आर्थिक वर्षको साउन महिनामा बीमाको दायरामा आएको जनसंख्याको ०.१९ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको सोही समयमा ०.२१ प्रतिशत रहेको छ । बीमा कम्पनीहरुको संजाल पनि बढ्यो बीमा कम्पनीहरुको कार्यालय संख्यामा १०.३५ प्रतिशतले बढेको छ । गत अर्थिक वर्षको साउन मसान्तमा २ हजार ५ सय १२ रहेको कार्यालय संख्यामा वृद्धि भइ चालु आर्थिक वर्षको साउन मसान्तमा २ हजार ७ सय ७२ पुगेको छ । ८ प्रतिशतले बढ्यो रोजगारी बीमा कम्पनीहरुको कर्मचारी संख्या ८.१० प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको साउन मसान्तमा कर्मचारीहरुको संख्या ९ हजार ३ सय ७० रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा सो संख्यामा वृद्धि भई १० हजार १ सय २९ पुगेको छ । बीमा समितिले उपलब्ध गराएको यस तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको विवरण समावेश गरिएको छैन ।