उपत्यका वरिपरि ५ लाख पर्यटक अट्ने पूर्वाधार बन्ने, महामारीको समयमा भर्चुअल टुर
काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग,साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् । उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली,हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न निर्देशन दिएका हुन् । मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकिय क्षेत्रका बृत्त चित्र लगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले कोभिडका कारण पर्यटन ब्यवसायी,पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए । उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न समेत आग्रह गरे । कोभिड १९ ले सवै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे । मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा,खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरे । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले आर्थिक बर्ष २०७६/७७ को प्रगति र ७७/७८ का कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
दिक्तेल–गाईघाट सडककाे कालोपत्रमा गुणस्तरहीन गिटी र बालुवा
खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२) मा सव–बेस बिच्छ्याउन पाखाबाट ल्याइएको गिटीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताए । “सडकको पर्खाल निर्माणको काममा भित्तामा पाइने रातो रङ्गको ‘गेगरे र खस्रो’ माटोलाई बालुवाका रुपमा प्रयोग गरिरहेको पाइयो”, उहाँले भन्नुभयो, “डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको गिटीलाई प्रयोग गरिरहेको पाएपछि रोक लगाइएको छ ।” निर्माण कम्पनीका प्रतिनिधि नवीन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग भइरहेको दाबी गरे । निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर बिन्देश्वर साहले पनि गुणस्तरहीन गिटी तथा बालुवा प्रयोगका विषयमा जानकारी नभएकोे बताएका छन् । सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सिम्पानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रका काम भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्डको काम देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले गत पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डको गुणस्तरका बारेमा जनताले आफूहरुसँगसमेत पटकपटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिए । “कालोपत्रको काम गुणस्तरहीन भएको जनगुनासो आएपछि हामीले ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ”, उनले भने, “आगामी दिनमासमेत नसच्चिएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछौँ ।” तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक २०७७ साउन ११ गते सम्पन्न गर्नेगरी सडक विभागले ठेकेदार कम्पनीसँग गरेको सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति सकिएको महिना दिन बितिसक्दा पनि उक्त सडक कालोपत्रको काम आधा पनि नभएको स्थानीय बासिन्दा मिलन राईले बताएका छन् । फराकिलो पार्ने, दायाँबायाँ नाली तथा पर्खालको काम भइरहेको उक्त सडक हिउँदभर मात्र सञ्चालन हुने गरेको छ । दुई वर्षअघिदेखि कालोपत्र थालिएको उक्त सडकको काम सम्पन्न नहुँदा अहिले हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । सोही सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको कामसमेत ठेकेदार कम्पनीको लापरवाहीले अगाडि बढेको छैन । फोक्सिङटारमा पक्की पुल नहुँदा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रमुख सडक मानिने दिक्तेल–गाईघाट सडक करीब छ महिना मात्र सञ्चालन हुन्छ । करीब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडक खण्डको गाईघाटबाट खोटाङको महुरेसम्मको १०१ किलोमिटर सडक कालोपत्र गर्न सडक विभागको रु दुई अर्ब ६८ करोड बजट लगानी छ । शिलान्यास गरिएको २३ वर्षपछि कालोपत्रको काम थालिएको उक्त सकड समयमा सम्पन्न गर्न स्थानीय बासिन्दाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई पटकपटक जिल्ला प्रशासन कार्यालयमा झिकाएर दबाब दिँदै आएका छन् । रासस
आशा लघुवित्त पाँचौ वर्षमा प्रवेश
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था साेमबारदेखि चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको छ । चौंथो वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले चौंथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले संस्थालाई यस उचाईमा ल्याउनका लागी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत ५६ हजार भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. २ अर्ब ३९ करोड भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको छ ।
८ हजार ७० जनाले पाए समाज लघुवित्तको आईपीओ, सीईओ भन्छन्- आगामी वर्ष महसुस हुने गरी प्रतिफल दिन्छौं
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो २ बजे भएको हो । क्यापिटलका अनुसार योग्य आवेदन दिएका मध्ये ८ हजार ७० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले संस्थाको सेयर पाएका छन् । उनीहरुलाई ८० हजार ७ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ लाख ३९ हजार ३ सय जना आवेदकको हात खाली भएको छ । गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ४७ हजार ९ सय २८ जना आवेदकबाट कूल एक करोड १४ लाख ७४ हजार ६ सय ८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । जसमध्ये ५ सय ५८ जना आवेदकबाट प्राप्त ९ हजार ७ सय ६० कित्ता सेयर आवेदन रद्द भएको छ । बाँकी ५ लाख ४७ हजार ३ सय ७० जना आवेदकबाट प्राप्त एक करोड १४ लाख ६४ हजार ९ सय २० कित्ता आवेदन योग्य भएका छन् । समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै (लाइभ) संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो । भरोसा र विश्वास गर्ने सबै लगानीकर्तालाई धन्यवाद दिँदै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले आउने वर्षमा भाग्यमानी ८ हजार ७० जना लगानीकर्तालाई महसुस हुने गरी प्रतिफल दिने बाचा गरेका छन् ।
डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार पत्रकार एलिजा उप्रेतीलाई
काठमाडौं । लघुवित्तका पिता भनेर परिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको छ । डा. हरिहरदेव पन्त फान्डेशनद्धारा स्थापित उक्त पुरस्कार डा. पन्तको पाँचौ वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते पत्रकार एलिजा उप्रेतीलाई प्रदान गरिने भएको हो । जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट अर्थिक पत्रकार वा संघ, सस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमश: नेपाल आर्थिक पत्रकार संघ (सेजन), कान्तिपुर दैनिकका गोकर्ण अवस्थी र नागरिक दैनिकका विष्णु बेल्वासेलाई प्रदान गरिएको थियो । देशको सर्वाङ्गीण विकासका साथै आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकार जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन समाचार तथा लेखनमार्फत आम जनस्तरमा सू सूचित गराउने महत्वपूर्ण कार्य गरेको छ । विगत एक दशक देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएकी तथा विगत चार वर्ष देखि रातोपाटी डट कममा वरिष्ठ व्यापार संवाददाता रहेकी एलिजा उप्रेतीलाई पुरस्कार स्वरुप नगद रु.५० हजार सहित सम्मान—पत्र प्रदान गरिनेछ ।
समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै (लाइभ)
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज (भदौ १५ गते) बाँडफाँड हुँदै छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भइरहेको छ । संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार प्रिअलोटमेन्ट भएको थियो । जस अनुसार ८ हजार ७० जना आवेदकले १० कित्ताको दरले संस्थाको सेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन भएको उक्त आईपीओमा ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो । समाज लघुवित्तकाे समाज लघुवित्तको आईपीओ बाँडफाँड हुँदै {LIVE} Gepostet von Bikashnews.com am Montag, 31. August 2020 संस्थाले ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको थियो ।
ईन्द्रजात्रामा सानिमा बैंकको क्वूआर कोड यात्रा, भाग लिनेलाई ५०० रुपैयाँ नगद उपहार
काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा क्वूआर कोडको यात्रा” योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्वूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने बैंकले जनाएको छ । यस्तो उपहार मोबाइल टपअपबाट पठाइने बैंकले जनाएको छ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने र यस योजनामा बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले मात्र भाग लिने पाउने बैंकको सर्तहरु रहेका छन् । यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नुहुनेछ । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका बैंकमा अनलाईनबाटै व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोली क्वूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्न सक्नेछन् । यसरी सहभागी हुने क्वूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँ मोबाइल टपअपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।
लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?
काठमाडौं । लिवर्टी इनर्जीले निष्काशन गरेको साधारण सेयर(आईपीओ) आज(भदौ १५ गते) बाँडफाँड भएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार तोकिएको मितिसम्म एक लाख ८८ हजार ४ सय ९९ वटा आवेदकबाट ५४ लाख ४२ हजार कित्ता सेयरको लागि माग परेको छ । जसमा एक सय २६ वटा आवेदनहरु रितपूर्वक नभएकोले रद्द गरिएको छ । बाँकी एक लाख ८८ हजार ३ सय ७३ वटा आवेदनबाट ५४ लाख ३८ हजार ९० कित्ता सेयरको लागि परेको आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । सो मध्ये १० कित्तादेखि ३० कित्तासम्म माग गर्ने सबैले आफुले माग गरेजति सेयर पाएका छन् । एक लाख ५१ हजार ८ सय १५ जना आवेदकलाई उनीहरुले माग गरेबमोजिम २२ लाख ८ हजार ८ सय ९० कित्ता सेयर बाँडफाँड गरिएको छ । त्यसैगरी ४० देखि १५ हजार कित्तासम्म माग गर्ने ३६ हजार ५ सय ९८ जना आवेदकलाई ३० कित्ताका दरले बाँडफाँड गरिएको छ । उनीहरुलाई जम्मा १० लाख ९६ हजार ७ सय ४० कित्ता सेयर बाँडफाँड गरिएको हो । र, यसरी बाँडफाँड गर्दा बाँकी रहेको २ लाख ५६ हजार २ सय कित्ता सेयर ४० देखि १५ हजार कित्ता माग गर्ने आवेदकहरुलाई थप १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ । यससँगै, २५ हजार ६ सय ३० जना आवेदकले कम्पनीको कूल ४० कित्ता सेयर हात पारेका छन् । तीन वटा आयोजना रहेको कम्पनीले निकट भविष्यमा विद्युत् उत्पादन गर्ने र प्रतिवद्धता गरे अनुसारको लाभांश वितरण गर्ने जनाएको छ । सम्बन्धित समाचारः लिवर्टी इनर्जीको आईपीओ बाँडफाँड हुँदै-हेर्नुस् लाइभ