विकासन्युज

अर्थमन्त्री खतिवडाद्वारा आजै राजीनामा दिने घाेषणा

काठमाडौं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घाेषणा गरेका छन् । उनले आजको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घाेषणाा गरेका हुन् । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ । तर, भोलि शनिबार परेकोले उनले आजै साँझ राजीनामा दिने भएका हुन् । डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ ग्रहण गरेका थिए । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन । सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । पुनःनियुक्तिको ६ महिने कार्यकाल भोलि नै सकिने भएपछि उनले आजै राजीनामा दिने भएका हुन् । उनी पहिलो पटक २०७४ फागुन १४ गते नेपाल सरकारको अर्थमन्त्रीका रुपमा नियुक्त भएका थिए । उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । अन्तः नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गर्यो । त्यससँगै उनको मन्त्री बन्ने यात्रामा विराम लागेको हो । खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने भएसँगै उनको नेकपा भित्र के भूमिका रहन्छ भन्ने पनि वहस शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेको चर्चामा छ ।

वासुदेव अधिकारीको कविता सङ्ग्रह ‘बस्तीमा आगो’

काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन र सम्प्रेषण गर्दै आएका छन् । धादिङ, नीलकण्ठ– ७ मा जन्मिएका कवि वासुदेव अधिकारीको पछिल्लो कवितासङ्ग्रह ‘बस्तीमा आगो’ यसैको एक उदाहरण हो । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित सो ‘बस्तीमा आगो’ मा लामा र छोटा ६१ कविता छन् । सबै कोरोना महामारी र परिवेशसँग जोडिएका कविता हुन् । प्रखर व्यङ्ग्यचेतभित्र सरल र सन्देशयुक्त कविता लेख्न सक्ने साहित्यिक पत्रकारितामा पनि संलग्न कवि अधिकारीको सङ्ग्रहमा कोरोनाले विश्वव्यापी प्रभाव जमाउन सक्नुमा मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार रहेको अभिव्यक्त गरिएको छ । कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको कवितामा प्रकट गरिएको छ । रुघाखोकीका रुपमा अर्थ लगाइएपनि कोभिड –१९ संसारभर आगोसरी फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ । हाल नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष कवि अधिकारीका यसअघि ‘समयका स्वरहरु’ (कविता), ‘मनको हरियो मनको गीत’ (गीत), ‘आफन्तलाई सम्बोधन’ (कविता), ‘युरोस्पर्श’ (कविता) (नेपाल भाषामा पनि अनुदित) र ‘गायब सभामुख’ (कविता) सङ्ग्रह प्रकाशित छन् । रासस

कर्फ्यु लगाइएपछि यस्ताे देखियाे ललितपुर, हेर्नुहाेस् तस्विर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु आदेश जारी भएको छ । आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो । हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कर्फ्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।  

जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…

फाइल फाेटाे सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेले व्यक्त गर्ने खुशी यथार्थमा चिकित्सकको जीवनको सर्वोत्तम खुशी बन्छ । ती खुशीले नै चिकित्सकलाई जटिल परिवेशका माझमा थुप्रै चुनौतिसँग लड्ने ऊर्जा मिल्छ भन्ने उदाहरण पाउन सकिन्छ । यद्यपि त्यही उदाहरणीय काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात नेतृत्वको टोलीले देखाएको छ । कर्णालीका सयौं महिलाको प्रसव वेदनासँग साक्षात्कार डा.सुबी र उनको नेतृत्वको टोलीलाई विश्वव्यापी सङ्कट बनेको कोरोना भाइरस (कोभिड-१९) को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । तथापि यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच गर्भवतीलाई सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्यो । “सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम त छँदै थियो तर यो महामारीको प्रकोपको बेलामा जोखिम झन् चरम बनेर आयो,” डा.बस्न्यातले भने, “कोरोना सङ्क्रमित महिलाको सुरक्षित शल्यक्रिया गर्नुका साथै आफू पनि त्यो सङ्क्रमणबाट बच्न त्यत्तिकै संयम हुनुपर्ने ।” शुरुको सिञ्जा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेर आएको उनले बताए । उनले अगाडि भने, “जटिल परिस्थितिमा टोलीमा रहेर विशेष सहयोग पुर्याउन नर्स तथा अपरेशन थिएटरका सबै स्टाफको ठूलो भूमिका छ । सबैको संयुक्त प्रयासले आफूसहित कोरोना सङ्क्रमित सुत्केरीको जीवन बचाउन र सुरक्षित राख्न सफल भयौं ।” टोलीले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिञ्जा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको थियो । त्यसैगरी, उनको नेतृत्वमा स्त्रीरोग विशेषज्ञ डा।राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङलगायतको टोलीले मुटु रोगी सिञ्जा गाउँपालिका जुम्ला र ज्वरो रोगी महावै गाउँपालिका कालीकोटको सुत्केरी गराउनुपर्ने कोरोना सङ्क्रमितको सफल उपचार गरेर ज्यान जोगाएको थियो । स्त्रीरोग विशेषज्ञ डा.शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चार जनालाई सामान्य सुत्केरी, दुई जनालाई शल्यक्रिया र एक जना सेभेएर प्रिक्लाम्सिया भएको गर्भवतीको पनि उपचार गराईएको बताए । “बन्दाबन्दी पूर्वप्रति महिनामा सुरक्षित गर्भपतनका १०-१५ केस आउने गरेकोमा त्यसपछि प्रति महिना ३०-४० केस आउने गरेका छन्,” उनले भने, “शायद बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु बढेको हुन सक्छ ।” ढाई वर्षको छोरी छोडेर उपचारमा डा.दम्पती काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात ढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । निर्वाध उपचार सेवामा खटिनु पर्दा घर जाने समय मिलेको छैन, उनलाई । यो समयमा गर्भवती महिलाको केस बढी आउने भएकोले घर जान नपाईएको बताउँछिन्, उनी । डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत छन् । डा.दम्पती घरयासी मामलालाई भन्दा सेवालाई प्रधान ठानेर अहोरात्र खटिरहेका छन् । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आएकी डा.बस्न्यात र उनीका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आएका छन् । “यतिबेला विश्व कोरोना महामारीको चपेटामा छ । सामान्य अवस्थामा त आफ्नो ड्युटी पूरा गर्नुपर्दछ भने यो विषम घडीमा पछि हट्ने कुरै भएन”, उनले भनिन्, “यहाँका महिलाको स्वास्थ्य सेवामा कमि हुन नदिन म सेवामै खटिएकी छु ।” शुरुमा छोरीका लागि तीन/तीन महिनाको अवधिमा घर जाने गरेपनि अहिले कोरोनाले त्यो अवस्था नरहेको उनले बताइन् । मेडिकल अफिसरका रुपमा पाटन अस्पतालमा काम गर्दै गर्दा प्रतिष्ठान जुम्लाका तत्कालीन उपकुलपति डा.पारसकुमार आचार्यको सहयोगमा विसं.२०७० सालमा डा.सुबी र उनको श्रीमान् डा.रविन जुम्ला आएका थिए। प्रतिष्ठानकै सहयोगमा डा.सुबीले एमडीईन गाईनोलोजी र डा.रविनले एमडीईन एनेस्थेसिया गरेका छन् । काडमाडौं महानगपालिका १५ छाउनी स्थायी घर रहेका डा.दम्पतिलाई जुम्ला प्रवेश शुरुमा असामान्य थियो । यद्यपि प्रवेश गरेको पहिलो महिनामा यहाँका खसभाषी महिलाको उपचारमा खटिँदा छोटै समयमै घुलमिल हुन सकिएको अनुभव डा.सुबीले सुनाइन् । यो सात वर्षको अवधिमा कर्णालीका महिलालाई उपचार सेवा दिन पाउँदा निकै सन्तुष्टि मिलेको डा.दम्पतीले बताईन् । नागरिकको सेवालाई पहिलो ठानेर सात महिनादेखि ढाई वर्षको छोरीलाई काठमाडौंमै छोडेर डा.दम्पति प्रतिष्ठानमा अनवरत रुपमा काम गर्दै आएका छन् । रासस

कोरोना बीमा दाबी माग गर्दै आउन थाल्यो नक्कली रिपोर्ट, निजी ल्यावको पीसीआर नपत्याउनुः समिति

काठमाडौं । बीमा समितिले निजी ल्यावमा परीक्षण गरिएको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार गरेको छ । विश्वभर फैलिरहको कोरोना महामारी (कोभिड–१९) को बीमा नेपालमा मात्रै छ । तर सो बीमा दाबी भुक्तानी गर्दा लाग्ने पीसीआर परीक्षण रिपोर्टको विश्वसनीयतामा बीमा कम्पनीहरु शंका गरिरहेका थिए । बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी गर्दा पीसीआर रिपोर्टमा पोजेटिभ देखिनएकै आधारमा दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, निजी ल्यावबाट नक्कली पीसीआर रिपोर्ट ल्याउने क्रम बढेको गुनासो आएको भन्दै समितिले यस्तो रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार नै गरेको छ । नक्कली पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी आउन थालेको कम्पनीहरुले गुनासो गरेपछि समितिले निजी ल्यावको रिपोर्टका आधारमा दाबी भुक्तानी नगर्न पत्राचार गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘दाबी भुक्तानीको लागि नक्कली पीसीआर रिपोर्ट आउन थाले भन्ने गुनासो कम्पनीहरुबाट आउन थाल्यो, संक्रमिलाई केही आर्थिक राहत मिलोस भनेर राज्यको समेत लगानीमा सुरु भएको यो कार्यक्रमलाई दुरुपयोग नहोस भनेर निजी ल्यावको रिपोर्टका आधारमा भुक्तानी नगर्नु भनेर कम्पनीहरुलाई पत्राचार गरेका हौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सरकारले संक्रमित बढ्दै गएपछि सरकारी ल्यावले मात्रै परीक्षण गर्न नसक्ने भन्दै शुल्क तोकेर निजी ल्यावलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको छ । तर, राज्यले अनुमति दिएका ल्यावको रिपोर्टलाई आधार मानेर कोरोना बीमा दाबी भुक्तानी नगर्न समितिले पत्राचार गरेको छ । कोरोना बीमा गर्दा सरकारले ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ भने कोरोना संक्रमण भएको पीसीआर रिपोर्ट पोजेटिभ आउने वित्तिकै दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ ।

अन्तिम मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको शरणमा खतिवडा, आजै राजीनामा दिने

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाका लागि आज अन्तिम मन्त्रिपरिषद् बैठक हो । आफ्नो अन्तिम बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शरणमा पुगेर वार्ता पनि गरेका छन् । डा. खतिवडाको भोलिदेखि अर्थमन्त्रीको रुपमा कार्यकाल सकिँदैछ । उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । अन्तः उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गर्यो । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । खतिवडाले आजै अर्थमन्त्रीब पदबाट राजिनामा दिने चर्चा पनि छ । उनको अर्थमन्त्रीको पद भोलिबाट सकिँदैछ । तथापी उनलएकदिन अगाडि अथाएत आजै राजीनामा दिन लागेका हुन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको २०औं शाखा पोखराको न्यूरोडमा

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २०औं शाखा पोखराको न्यूरोडमा विस्तार गरेको छ । यस शाखाको शुरुवात पश्चात संस्थाको शाखा कार्यालय २० र एक्सटेनसन काउन्टर २ वटा सञ्चालनमा आएका छन् । संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ । त्यस्तै, प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, वागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको छ । यस वित्तीय संस्थाको चुक्तापुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । साथै, निक्षेप संकलन ५ अर्ब १३ करोड रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७९ करोड रुपैयाँ प्रवाह भएको छ ।

सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

सुनको मूल्य आज पनि घटेको छ । आज सुन ९६ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो कायम भएको मूल्यमा सय रुपैयाँले सस्तिएर छापावाल सुन ९६ हजार ४ सय रुपैयाँमा कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले घटेर तोलको ९५ हजार ९ सय रुपैयाँ कायम छ । आज शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको छ ।