काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो २०औं शाखा पोखराको न्यूरोडमा विस्तार गरेको छ । यस शाखाको शुरुवात पश्चात संस्थाको शाखा कार्यालय २० र एक्सटेनसन काउन्टर २ वटा सञ्चालनमा आएका छन् ।
संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ । त्यस्तै, प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, वागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेको छ ।
यस वित्तीय संस्थाको चुक्तापुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । साथै, निक्षेप संकलन ५ अर्ब १३ करोड रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७९ करोड रुपैयाँ प्रवाह भएको छ ।