कर उठाउने र खाने राजकीय इतिहास-विश्व पौडेल

विश्व पौडेल मलाई हाम्रो मुलुकको अर्थतन्त्रको केही ऐतिहासिक पक्ष गजब लाग्छ । विसं १८७१ मा जतिखेर अंग्रेजसँग लडाईं भइरहेको थियो, भिमसेन थापाले आफ्नो तलब वर्षको ६४०० बाट बढाएर १०,४०० पुर्‍याए । जुन सुनको भाउसँग तुलना गर्ने हो भने झन्डै अहिलेको ३ करोड हुन्छ । दण्ड सजाय र जिम्मेवारिको कुरा के गर्नु ? नेपाल अंग्रेज युद्धमा त्यत्रो जमिन गुम्यो, तर युद्ध अघी भिमसेन थापा, जसपाउ थापा, अजम्बरसिंह पन्थ, रन्जोर थापा, रेवन्त कुँवर, बालनरसिंह कुँवर र बहादुर भण्डारी काजी थिए, पछी पनि रहिरहे । भिमसेन थापाले विसं १८६२ मा बासट्ठीहरण अभियान अन्तर्गत मन्दिर, गुम्बा आदिको जग्गा जम्मै हरण गरेर सरकारको कोष त बढाएका थिए, तर राज्यको सम्पत्ति माथिको लोभ उनले नियन्त्रण गर्न सकेनन । जंगबहादुरको तलब विसं १९०३ मा १२,४०१ प्रतिवर्ष थियो । उनले सरकारको ढुकुटी भर्ने धेरै रिफर्म पनि गरेका थिए। विसं १९०९ तिर पुर्व तराइको मालपोत कमाई ७,६४,१४२ रहेकोमा विस १९१९ मा १५,८६,८०१ पुगेको थियो । त्यो बेला मुद्रास्फिती खासै हुँदैनथ्यो (उदाहरणको लागि सुन को भाउ पृथ्वी नारायण शाहको पालामा र १८.२० प्रती तोला रहेकोमा १०० वर्ष पछी विरशंम्शेरका पालामा पनि २०.२१ नै रहेको पाईन्छ । तर जंगबहादुरको लालच पनि कम थिएन । उनले विसं १९१० मा आफ्नो तलब वर्षको ८३,६२० पुर्‍याए । श्री ३ को यो तलब देवशम्सेरको पालामा १,२५,००० पुगेको थियो। राणाहरु गएको वर्ष २००७ सालमा राजदरवारको नाममा तलब खर्च वर्षको ५ लख ८१ हजार थियो । तुरुन्त त्यो बढ्न थालेर त्रिभुवनको अन्तिम वर्ष २०१२ सालमा ३० लाख पुग्यो। २०१७ साल मा त्यो खर्च ६३ लाख पुगेको थियो । यसरी राणाहरु जाने वित्तिकै पैसाको लोभ राजाहरुमा सर्‍यो र १० वर्षमा उनीहरुको तलब १२ गुणाले बढ्यो। यहाँँनिर एउटा सर्प्राइज, महेन्द्र आफ्नो हातमा सत्ता आएपछी भने जिम्मेवार भएको देखिन्छ । २०१७ साल मा ६३ लाख पुगेको राजपरिवारको तलब २०२८ सालमा उनी मर्ने वर्ष सम्म पनि ६४ लाख ४३ हजार भन्दा कटेन । बिचका केही वर्षमा घटेर ४९ लाख सम्म झरेको देखिन्छ। विपी फरक थिए २०१७ सालमा विपी कोइराला प्रधानमंत्री हुँदा आफ्नो तलब महिनाको २५०० बाट १५०० मा झारेका थिए। मंन्त्री परिषदको नाममा छुठ्याइएको बजेट पनि २०१७ देखी २०२८ सम्म आइपुग्दा पनि खासै बढेन । वार्षिक ८ लाख ४० हजार वा सो भन्दा कम । भ्रष्टाचार नगर्ने महेन्द्रका मंन्त्रीहरुलाई धनी हुने अवसर खासै थिएन जस्तो छ। राजा विरेन्द्रको पालामा खासै तलब बढेन। महेन्द्रपछी एकै चोटि ह्वात्तै तलब बढाउने काम ज्ञानेन्द्रले २०५८ सालमा गरे। बिरेन्द्रको अन्तिम वर्षमा राजपरिवारको लागि छुट्याइएको तलब कनिकुथी साढे एघार करोड पुगेकोमा ज्ञानेन्द्रको पहिलो दुइ वर्षमा वार्षिक ३३ करोडको हाराहारीमा खर्च भयो। ५० अहिले पहिला जस्तो प्रधानमंत्री एक्लैले धेरै तलब खाँदैनन। तर शासन को कुल खर्च जोड्न मन्त्री परिषद र स्थानीय तहमा निर्वाचित हुनेहरुको कुल तलब र अरु खर्च हेर्नुपर्छ। त्यो अर्थमा हाम्रो अगाडि फेरी जंगबहादुर र भिमसेन थापाको समय फर्कने स्थिती छ। ईतिहासको पुनराव्रित्ती नगर्न अहिले त्यसैले हामीले हाम्रा जनप्रतिनिधिलाई भन्नुपर्ने कुरा यो हो । सरकारले कर बढाउने र खाने चलन पुरानो हो। अब साधारण खर्च (जुन अहिले मुलुकको कुल राजश्वको ८५ प्रतिशत छ छ त्यसलाई नघटाइ कर बढाउन पाइदैन । सरकारको साइज पनि धेरै ठुलो भयो। सिंगापुरको सरकार जिडिपिको १९ प्रतिशत हुँदा हाम्रो सरकार (स्थानिय तह सहित)को साइज ५० प्रतिशत पुग्न थालिसकेको स्थिती छ। तर पनि सरकारले दिने सर्भिस राम्रो छैन। यदी स्थानीय तहमा तलब लिने प्रवित्ती को हामीले आजै विरोध नगर्ने हो भने भोली फेरी स्थानिय तहका मेयर आदिले पेन्सन पाउनुपर्छ भन्ने कुरा आउनेछ। जनप्रतिनिधिहरुको कार्य भनेको सकेसम्म स्वयं सेवा हो भनेर बुझ्नुपर्छ। जतीखेर स्थानीय प्रतिनिधिले दिने सेवाको समय १० प्रतिशत हुन्छ, त्यतिखेर मात्र उनीहरु तलब लिन योग्य हुनेछन। मेयर, उपमेयर वा कुनै कुनै अवस्थामा वडाध्यक्षले आफुले काम गरेको घण्टा रेकर्ड गराएर घण्टाको दरले तलब लिने सिस्टम नहुने हो भने कर उठाउने र खाने सिस्टम नै भविष्यमा रहिरहनेछ।

एनसीसी बैंकद्धारा कर्णालीका निःसहाय बालबालिकालाई ३ लाखको आर्थिक सहयोग

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कर्णाली प्रदेश नं. ६ मा रहेका गरिब तथा निःसहाय बालबालिकालाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले उक्त जिल्लाका शिक्षा, स्वास्थ्यबाट बन्चित ४० जना अनाथ, असहाय तथा अपाङ्ग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्धारा संचालित हेल्पलेस चिल्ड्रेन होमलाई उक्त रकमको चेक हस्तान्तरण गरेको छ । बैंकले किर्तिपुरको चोभारमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका ४० जना बालबालिकाहरुको १ वर्षको लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त सो मात्राको आर्थिक सहयोग गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बुलाई हस्तान्तरण गरेका छन् । उक्त रकम ४० जना निःसहाय बालबालिकाहरुको विद्यालय शुल्कको लागि प्रतिमहिना २० हजार रुपैयाँ तथा औषधोपचार खर्च १५०० रुपैयाँ रहेको बैंकले जनाएको छ । साथै, हेल्पलेस चिल्ड्रेन होम रहेको भवनको झ्याल तथा ढोकामा एनसीसी बैंकको पहलमा जाली खापा राख्ने कार्य समेत अगाडि बढाईएको बैंकले जनाएको छ । सगरमाथा प्रतिष्ठान नेपालले विगत ११ वर्ष देखि कर्णाली प्रदेशमा रहेका निःसहाय बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र गाँसबासको जिम्मेवारी लिई उक्त संस्थाद्वारा संचालित हेल्पलेस चिल्ड्रेन होम नामको संस्था संचालन गर्दै आईरहेको छ ।

नयाँ लेखा प्रणालीमा ग्लोबल बैंकको वित्तिय विवरणः नाफा २ अर्ब १५ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा २ अर्ब ६ करोड नाफा आर्जन गरेको थियो । बैंकले एक खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९३ अर्ब कर्जा लगानी गरेको छ । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ छ । बैंकको खराब कर्जा १.६० बाट घटेर ०.६९ प्रतिशतमा आईपुगेको छ । बैंकले ११ अर्ब ५६ करोड ब्याज आम्दानी गरेर ७ अर्ब ६६ करोड ब्याज खर्च गरेको छ ।

इचंगुनारायण जग्गा एकिकरण आयोजनाका ११ बर्षः २ करोड २४ लाख भत्ता, २९ लाख विबिध खर्च

काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायण(रानीवन) जग्गा एकिकरण आयोजनामा जनताको जग्गा बेचेर कर्मचारीले रजाई गरेका छन् । तीन बर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु भएको जग्गा एकिकरण आयोजनाले ११ बर्षमा ४६ करोड ८२ लाख रुपैंया खर्च गरिसकेको छ । आयोजनाले आम्दानी बराबर नै खर्च गरेको देखिन्छ । इचंगुनारायण जग्गा एकिकरण आयोजना क्षेत्रमा निर्माण भएको सडक र घरहरु आयोजनाको कुल आम्दानी ४७ करोड ६ लाख रुपैंयाँ रहेको छ । तीन बर्षमा सम्पन्न गर्नुपर्ने आयोजना अझै केहि बर्ष हस्तान्तरण हुने सम्भावना नरहेको जग्गा एकिकरण आयोजना उपभोक्ता समितिका उपाध्यक्ष उदयराज सिंखडाले बताए । आयोजनामा १२ सय घरधुरी छन्, त्यसमध्ये ४५० वटा घर निर्माण भैसकेका छन् । ८० प्रतिशत नागरिकको जमिन फिर्ता भैसकेको छ । आयोजना उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले आयोजना लम्ब्याएर कर्मचारीहरुले जनताको जग्गा बेचेको पैसामा रजाई गरेको आरोप लगाए । ७ सय रोपनी जमिन एकिकरण गरिएकोमा ३२ रोपनी जमिनको सेल्स प्लट निर्माण गरिएको थियो । सोमध्ये अब ६ रोपनी मात्रै बेच्न बाँकी रहेको छ । आयोजनाको प्रमुखका रुपमा काठमाडौं उपत्यका विकास प्राधिकरणले केशब न्यौपानेलाई खटाएको छ । यस्तो छ खर्चको नालीबेली आयोजनाले २०७५ बैशाख मसान्त अवधीमा ७ करोड ९१ लख रुपैंयाँ प्रशासनिक खर्च गरेको देखिन्छ । २ करोड २४ लाख रुपैंयाँ भत्ता वितरण गरेको छ भने ९ लाख २२ हजारको पोशाक लगाएका छन् । २२ लाख ४२ हजार रुपैंयाँ घर भाडा तिरिएको देखिन्छ भने ३९ लाख ८३ हजार रुपैंयाँ कार्यालय खर्चका नाममा मासिएको छ । ४६ लाख ३३ हजार रुपैंयाँ परामर्श दाताका नाममा खर्च गरेको आयोजनाले २९ लाख रुपैंयाँ ६ हजार चाँही बिबिध शिर्षकमा खर्च गरेको छ । २४ लाख ९९ हजार रुपैंयाँ सवारी साधनमा खर्च गरिएको छ ।

राइटपाथ करियर काउन्सेलिङले पायो आइएसओ मान्यता प्राप्त प्रमाणपत्र

काठमाडौं । राइटपाथ करियर काउन्सेलिङले इन्टरनेशनल अर्गनाईजेशन फर स्ट्याण्र्डडाइजेशन(आइएसओ) २००९ः२०१५ प्रमाणपत्र पाएको छ । काउन्सेलिङको कार्य, सेवाको गुणस्तरीयता मापन गरेर वस्तु तथा सेवाको गुणस्तरीय मापन गर्ने निकाय टीएनभी सर्भिफिकेटसन यूकेले उक्त प्रमाणपत्र प्रदान गरेको हो । यसका साथै काउन्सेलिङ स्थापनाको छोटो समयमै उच्चस्तरीय सेवा प्रदान गर्ने आइएसओ सर्टिफाइड भएको छ । राइटपाथले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको छ । दुई वर्षमै आइएसओ मान्यता प्राप्त गर्न सफल भएकोमा खुसी हुँदै राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले आइएसओ प्रमाणपत्र पाउन मुख्य रुपमा अभिभावक, विद्यार्थी र कर्मचारी जिम्मेवार रहेको बताएका छन् । यस काउन्सेलिङलाई अब्रोड स्टडी एण्ड टेष्ट प्रिपेरेसनका लागि आइएसो दिइएको छ । काठमाडौंको पुतलीसडकमा रहेको राइटपाथले आगामी दिनमा चितवनको भरतपुर र दाङको तुल्सीपुरमा नयाँ शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।

६ महिनामा एप्पलको नाफा ११ अर्ब ५० करोड डलर, सेयर मूल्य ४ प्रतिशत बढ्यो

एजेन्सी । आईफोन निर्माता एप्पल इंकको नाफा ३० प्रतिशत बढेको छ । एप्पलको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । यो हालसम्मको सर्वाधिक नाफा हो । प्रक्षेपण भन्दा आईफोनको बिक्रीमा केही कमी आएपनि कम्पनीले नाफा बढाएको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ । “नाफाबाट हामी अति उत्साहित भएका छौ । चौथो त्रैमाशमा आम्दानी दोहोर अंकमा पुग्ने छ” एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिमी कुकले भने । एप्पले गत जुनको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको हो । गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ । नाफामा वृद्धि भएपछि अमेरिकाको सिलिकन भ्यालीमा रहेको प्रविधि कम्पनी एप्पलको सेयर मूल्य ४ प्रतिशत बढेर १९८ डलर पुगेको छ । एप्पलको नाफा बढेपछि सेयर लगानीकर्ता खुसी भएका छन् । यसले अर्बौ डलर बजार मूल्य बढाएको छ । अमेरिका र चीनबीचको जारी व्यापार युद्धले एप्पलका उत्पादन बिक्रीमा खासै फरक नपर्ने सीईओ कुकको भनाई छ । चीनको स्मार्टफोन उत्पादकले हुवावेले पनि एप्पलसंग टक्कर गरिरहेको छ । दक्षिण कोरियाको टिटान सामसुङ अझै पनि धेरै स्मार्टफोन बिक्री गर्नेमा परेको छ । उसले ७१ करोड ७५ थान सेट बिक्रीका लागि बजारमा गइसकेका छन् । हुवावे दोस्रो ५४ करोड २० लाख थान बिक्रीका लागि सिपमेन्ट भएको मोवाइल ट्रयाकर आईडीसीले जनाएको छ । विश्व मोवाइल बजारमा सामसुङको २०.९, हुवावेको १५.८ र १२.१ प्रतिशत आईफोनको बजार हिस्सा रहेको छ ।

१५ दिनमा २ अर्ब ५८ करोडको बोनस सेयर दर्ता, कसको कति (सुचिसहित)

काठमाडौं । आर्थिक वर्ष सुरु भएको १५ दिनमा २ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डमा हिमालयन बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको २ करोड ५८ लाख ६१ हजार कित्ता बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ । सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, हिमालयन बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दर्ता भएको हो । यस्तै सुर्योदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ११२ कम्पनीले ३३ अर्ब ८ करोड रुपैयाँ बराबरको ३३ करोड ८ लाख कित्ता बोनस सेयर वितरण गरेका थिए ।

नबिल बैंकले दियो शैक्षिक कर्जाको प्रक्रिया बारे जानकारी

काठमाडौं । नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गरेको छ । बैंकले गत शुक्रबार सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्देश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्देश्य राखिएको थियो । कन्ज्यूमर लेण्डीङ विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकहरु समेतको अन्तरकृयामा सहभागी भएका थिए । सो कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष शम्भूप्रसाद पौड्यालले गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको छ ।

यस्तो छ प्रस्तावित प्रधानन्यायधीश दिपकराज जोशीको प्रमाण पत्र

काठमाडौं । संसदिय सुनुवाईमा पुगेर कायम मुकायम प्रधानन्यायधिश दिपक राज जोशीको प्रधानन्यायधिश बन्ने यात्रा अनिश्चित बनेको छ । उनलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे सुनुवाई समितिमा सहमति जुटेको छैन् । नेकपाका सांसदहरु पार्टी नेतृत्वको निर्देशन कुरेर बसेका छन भने काँग्रेस सांसदहरुले जोशीको नाम अनुमोदन गर्नुपर्ने बताईरहेका छन् । यसैबिच जोशीले मंगलबार प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । उनीहरुबीचको भेटमा के के कुरा भयो भन्नेबारे अझै खुलेको छैन् । जोशीको शैक्षिक योग्यताको प्रमणपत्र माथी प्रश्न उठिरहेको छ । त्यस्तै उनले गरेका केहि फैसलाहरुमाथी पनि प्रश्न उठेका छन् । जोशीले पेश गरेका शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजातहरु यस प्रकार छन् ।

गोदावरी नगरपालिकाले भ्याट असुल्यो, खानेपानी ट्याङकरलाई १६९ रुपैंयाँ कर

काठमाडौं । ललितपुरस्थित गोदावरी नगरपालिकाले भ्याट असुली गरेको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले पानी ट्याङकरहरुसँग प्राकृतिक श्रोतको उपयोग गरे वापत असुल गरेको करसँग भ्याट उठाएको प्रमाण विकासन्युजले फेला पारेको हो । नगरपालिकाले प्राकृतिक श्रोतहरुको उपयोग शुल्क वापत निकासी कर उठाउने क्रममा १३ प्रतिशत भ्याट असुली गरेको हो । गोदावरी नगरपालिकाले साउन १ गतेदेखि नै पानी ट्याङकरहरुसँग भ्याट असुल्दै आएको छ । ‘हामीले ट्याङकरहरुसँग भ्याट असुल्दै आएका थियौं तर अब रोक्ने तयारी भैरहेको छ’, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने । नगरपालिकाले हालसम्म उठाएको भ्याट के हुने भन्नेबारे चाँही मेयर महर्जनले केहि बताएनन् । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले स्थानीय तहहरुले भ्याट असुल्न नपाउने स्पष्ट व्यवस्था रहेको बताउँदै गोदावरी नगरपालिकाले भ्याट उठाएकोबारे मन्त्रालय अनभिज्ञ रहेको बताए । ‘संबिधानले नै भ्याटलाई केन्द्र सरकारको मातहतमा राखेको छ, स्थानीय तहले उठाउन पाउँदैन, के भएको हो हामी बुझ्छौं’, खरेलले भने । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले पनि स्थानीय तहले भ्याट उठाउन नपाउने बताए । अधिवक्ता खिमलाल देवकोटाले स्थानीय तहरुले बुझेर वा नबुझेर अनावश्यक कर संकलन गरिरहेको बताए ।‘कतिपय अवस्थामा नबुझेर त कतिपय अवस्थामा बुझेरै पनि स्थानीय तहरुले अनावश्यक कर उठाईरहेका छन्, अधिकार क्षेत्रबारे सबैलाई स्पष्ट पार्नु आवश्यक देखिन्छ’, अधिवक्ता देवकोटाले भने । गोदावरी नगरपालिकाले पानी ढुवानी गर्ने ट्याङकरहरुलाई १ सय देखि १५० रुपैंयाँसम्म ढुवानी कर र १३ प्रतिशत भ्याट असुल्दै आएको छ । ५ हजार लिटर देखि ९ हजार लिटरसम्म पानी बोक्ने ट्याङकरहरुसँग प्रति ट्याङकर एक सय रुपैंयाँ र भ्याट तथा ९ हजार लिटर भन्दा ठूला ट्याङकरहरुसँग प्रति ट्याङकर १५० रुपैंयाँ र भ्याट असुलिरहेको छ । त्यसका लागि नगरपालिकाले ओजस निर्माण सेवा नामकको कम्पनीलाई ठेक्का दिएको छ ।

२ वर्षमा एनसीसी बैंकको नाफा पौने २ अर्ब नाघ्ने, लगानीकर्ताले कति पाउनेछन् लाभांश ?

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले आउदो २ वर्षमा नाफा दोब्बर बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा दोब्बर बढेर १ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ पुग्ने अनुमान गरेको हो ।  बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा दोब्बर बढाउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ०७४/ ०७५ मा बैंकले ९० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आर्थिक वर्षमा बढाएर १ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ पुग्ने अनुमान छ । नाफामा भएको वृद्धिसंगै प्रति सेयर आम्दानी (ईपीएस) पनि बढ्ने भएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २२ रुपैयाँ ९८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा बैंकको ईपीएस १९ रुपैयाँ ३२ पैसा, चालु आर्थिक वर्षमा १९ रुपैयाँ ४६ पैसा पुग्नेछ । यस्तै प्रतिसेयर नेटवर्थ पनि बढेर १७६ रुपैया पुग्ने छ । गत आर्थिक वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा घटेर १५० रुपैयाँ कायम भएको छ । बैंकले निक्रिय कर्जा अनुपात घटाएर १ प्रतिशतमा झार्ने भएको छ । गत वर्ष बैंकको यस्तो कर्जा ३.१९ र चालु आर्थिक वर्षमा १.९४ प्रतिशतमा झर्ने बैकको प्रक्षेपण छ । यस्तै पुँजी कोषको आकार १४.५१ प्रतिशत हुने अनुमान छ । गत आवमा बैंकको पुँजीकोष १३.७९ र चालु वर्षमा १७.२१ प्रतिशत पुग्ने अनुमान छ । आर्थिक वर्ष ०७६/०७७ मा बैंकको ब्याज आम्दानी २ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ गर्ने भएको छ । गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ८० लाख, चालु वर्षमा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी हुने बैंकको प्रक्षेपण गरिएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन २५ प्रतिशत बढेर ९५ अर्ब ६४ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । चालु अर्थिक वर्षमा बैंकको निक्षेप बढेर ७६ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । कर्जा लगानी ३०.७६ प्रतिशत बढ्ने अनुमान छ । आगामी २ वर्षमा बैंकको कर्जा लगानी बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । यस्तै चालु आर्थिक वर्षमा ६४ अर्ब १० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । जगेडा कोषको आकार पनि बढेर ५ अर्ब ८७ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान बैंकको छ । गत आर्थिक वर्षमा बैंकको जगेडा कोष ३ अर्ब ४६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चालु आवमा बढेर ४ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुग्ने छ । २ वर्षमा पनि निक्षेपको ब्याजदर १०.६१ प्रतिशत नै हुने अनुमान बैंकको छ । गत वर्ष औसत ९.१२ र चालु आर्थिक वर्षमा ९.६९ प्रतिशत पुग्ने छ । यस्तै कर्जाको औसत ब्याजदर १४.३० प्रतिशत पुग्ने छ । गत वर्ष १३.४६ र यो वर्ष अझ बढेर १३.९९ प्रतिशत पुग्ने अनुमान छ । बैंकले भदौ ४ गतेदेखि साविकका सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड ९५ लाख २९ हजार १०० रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन असोज ७ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ हुने छ ।

लगानीकर्ता एनएमबी बैंकको बोनस सेयरमा लोभिए, सबैभन्दा बढी कारोबार

काठमाडौं । लगानीकर्ता बोनस सेयरमा लोभिदा मंगलबार एनएमबी बैंकको सबै भन्दा बढी कारोबार भएको छ ।  एनएमबीले गत आर्थिक वर्षमा गरेको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । बिहीबारसम्म किन्ने मात्र बोनस सेयर पाउने भएपछि लगानीकर्ताले लोभिएका हुन् । बैंकको २२ औं साधारणसभा साउन ३१ गते हुने भएको छ । बिहीबारसम्म सेयर खरिद गर्नेले सो १५ प्रतिशत बोनस सेयर पाउने छन् । एनएमबीको प्रतिकित्ता ३६४ रुपैयाँमा ७८ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकले पुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओमा लगानी गर्नेले प्रतिसेयर ३० रुपैयाँ बढी र थप बोनस पाउने भएपछि लगानीकर्ता लोभिएका हुन् । सभाले बैंकले प्रस्ताव गरेको चुत्तापुँजी बढाउन १ अर्ब १४ करोड ४ लाख रुपैयाँ बराबरको बोनस सेयर स्वीकृति गर्ने छ । बोनस सेयर स्वीकृतिपछि चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ । बैंकले एफपीओ जारी गरेर चुत्तापुँजी ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।

हुवाईको नोभा थ्री र नोभा थ्रीआई नेपाली बजारमा, शुरुमा बुक गर्नेलार्इ आकर्षक उपहार

काठमाण्डौं । चिनियाँ फोन उत्पादक कम्पनी हुवाईको नोभा सिरिजअन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोनहरू नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले होटल याक एण्ड यतिमा मंगलबार आयोजित एक समारोहबीच उक्त दुई स्मार्टफोनहरु औपचारिक रूपमा सार्वजनिक गरेकाे हाे । यससँगै ग्राहकहरूले नोभा थ्री तथा नोभा थ्री आई अग्रिम रूपमै बुक गर्न सक्छन्। साथै, सुरुमा बुक गर्ने ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्ने मौका पनि पाउनेछन्। यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरूलाई बुक गरिहाल्न पनि हुवाईले आग्रह पनि गरेको छ। मानव जीवनलाई पूर्ण सहज बनाउने गरी बनाइएको आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली- एसओसी जडान गरिएको छ। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू,२४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ। प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ। क्यामरामा भएका दुईवटा सेन्सरहरूले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्दछ। सेल्फी खिच्ने मजालाई बढाउन हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ। हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ/१.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ। हुवाई नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ। कम्पनीका अनुसार दुवै स्मार्टफोनहरू अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा यी स्मार्टफोनहरूको आकर्षक र पातलो पनि छ। दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन्। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ ‘आइरिस ब्ल’ हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। हुवाई नोभा थ्रीको दुवै पट्टि स्मुथ डबल कर्भ ग्लास प्यानलले ढाकिएको छ भने पछाडिको प्यानलले रंगको ईभेक्टलाई अझ निखार्छ। त्यस्तै हुवाई नोभा थ्री आईमा नानो-टेक्चर्ड फिल्म जस्तो विशेषता छ, जुन जब प्रकाशमुनि राखिन्छ तब सेमी-सर्कुलर कर्भहरूबाट प्रष्ट मनमोहक ग्रेडियन्ट ईभेक्ट देखिन्छ। फेसन प्रेमीहरूका लागि बेजोड अल क्वाड क्यामरा अहिलेको समयमा आफ्नो जीवनका हरेका क्षणहरूलाई मानिसहरूले फोटो मार्फत् कैद गर्छन्। त्यसलाई नै मध्यनजर गर्दै हुवाईले पछिल्लो नोभा स्मार्टफोनहरूमा फोटो खिच्ने क्षमतामा निकै सुधार गरेको छ। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिभिसल इन्टेलिजन्स-एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइँमा पुर्याउने कम्पनीले जनाएकाे छ ।  

६ करोडका सल्लाहकारले गोकर्ण बिष्टलाई पनि डुबाउने भए

पुरन बहादुर राना काठमाडौं । कुनै पनि क्षेत्रको सिन्डिकेट मान्य नहुने बताएको सरकारले म्यानपावर कम्पनीहरुको धरौटी भने ६ करोड पुर्याउने सोचमा मग्न देखिन्छ । के यसले साँच्चिकै बैदेशिक रोजगारको सिन्डिकेट अन्त्य गर्ला कि अझ बढ्ला ? अब पुँजीपति व्यापारी मात्रै रहने या ईमान्दार व्यवसायी पनि ? यसले कामदारका समस्या सुल्झ्याउला या अझ बल्झाउला ? के कामदारको लागत साँच्चिकै कम होला या अझ बढ्ला ? अझ रमाईलो कुरा के भने, सरकारलाई ६।६ करोड रकम निर्ब्याजमा दिएर १० हजारको रसिद दिन कुनै ब्याबसायी राजी होलान् या बरु ८।१० जना मिलेर ५ तारे होटल खोल्दा वा अन्यत्र लगानी गर्दा आफूलाई सुरक्षित र प्रतिष्ठित ठान्लान ? उतिबेला ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी गरेर कुल ३० लाख डीपोजिट राख्दा ७०। ८० हजार लिन पाउने नियममा हाल शून्य लागतको अवस्थामा झन् ६ करोड धरौटीको सरकारी दिवास्वप्न कति जायज होला ? मेरो बिचारमा, यो क्षेत्रमा समस्याहरु नभएका हैनन्, जरुर छन्, तर धरौटीले मात्रै भन्दा पनि सरकारको ईच्छाशक्ति र नियमित अनुगमनले यसलाई मर्यादित बनाउन र समाधान गर्न सकिन्छ । को सँग सल्लाह लिन्छन् कुन्नि हाम्रा मन्त्री र सरकार ? अनि कस्ता बिज्ञ फेला पर्छन् कुन्नि यस्ता सुझाब दिने ? मलाई डर छ, केवल स्टन्ट हान्न र सस्तो लोकप्रियताका लागि गरिने यस किसिमका निर्णयले कतै गोकर्ण बिष्टलाई पनि उही लालबाबु, बादल र रबिन्द्र अधिकारीको भुमरी पथमा पुर्याईदिने त हैन ?? पछि गएर ६ करोड धरौटी पनि ३३ किलो सुनको जस्तो किस्सा नबनोस् मन्त्री ज्यू ।-रानाको फेसबुकबाट

सिटिजन्स बैंकको नाफा एक अर्ब २७ करोड

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब २७ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा एक अर्ब २७ करोड ३४ लाख ७३ हजार नाफा कमाएको हो । नेपाल फाइनासिन्सयल रिपोर्टिङ सिस्टममा पहिलो पटक सार्वजनिक गरिएको वित्तिय विवरण अनुसार बैंकले ९६ करोड रुपैंयाँ लाभांश वितरण गर्न सक्नेछ । सिटिजन्स बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गरेको छ । बैंकले ७ अर्ब ब्याज आम्दानी गरेर ४ अर्ब ८४ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकको खराब कर्जा २.०२ प्रतिशतबाट घटएर १.२५ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ ।

एनआइसी एसिया बैंकको नाफा १ अर्ब ४९ करोड, निष्क्रिय कर्जा ०.०६ प्रतिशत

काठमाडौं । एनआर्इसी एसिया बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले मंगलबार वित्तिय विवरण सार्वजनिक गरी गत आर्थिक बर्षमा १ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७३।७४ को भन्दा २१ करोड रुपैयाँ बढि हो । सो आवमा बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा गरेको थियो । एनआइसी एसियाले १ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा बैंकले १३ अर्ब २९ करोड ब्याज आम्दानी गरेको छ । बैंकले आक्रमक रुपमा शाखा विस्तार र महंगोमा निक्षेप परिचालन गर्दा खर्च बढेको छ । समीक्षा अवधिमा बैंकले ९ अर्ब ३३ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकले २०७३ असार मसान्तमा ६ अर्ब ९० करोड ब्याज आम्दानी गरेर ४ अर्ब ३६ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो । एनआइसी एसियाको खराब कर्जा लगभग शुन्य अवस्थाा पुगेको छ । गत असारसम्म बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९४ पैसा रहेको छ । बैंकको आधार ब्याजदर बढेर ११.१६ प्रतिशत पुगेको छ । आर्थिक वर्षको अन्तिम महिनामा ब्याजदर अन्तर (स्प्रेड ) ५.१० प्रतिशत रहेको छ । बैंकको निक्षेप लागत ७.६७ प्रतिशत रहेको छ ।

घरवेटीलाई करको दायरामा ल्याइदै, डेरावालसंग सम्झौता गर्नुपर्ने

काठमाडौ । घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ (२) मा राष्ट्रपतिले प्रमाणीकरण गर्नुअघि १० हजार रुपैयाँसम्मको बहालमा लिखत गर्नु नपर्ने भन्ने ठाउँमा २० हजार बनाइएको महासंघका महासचिव सीताराम खतिवडाले बताए। राजधानी शहरमै घरभाडा सम्झौता नहुने, घरधनीले बहालकर नतिर्ने, वार्षिक २० प्रतिशतसम्म भाडा बढाइनेलगायत समस्या छन् । वार्षिक दुईदेखि पाँच प्रतिशतसम्म मात्र भाडा वृद्धि गर्ने व्यवस्था मिलाउन अध्यक्ष शंकर कोइरालाले माग गरे। घरधनीले स्थानीय तहले तोकेभन्दा तेब्बरसम्म बढी भाडा लिने गरेको महासंघले जनाएको छ । निजी आवासमा पाँच वर्ष, व्यावसायिक प्रयोजनका लागि १७ वर्ष र उद्योगका लागि भाडामा लिँदा ३० वर्षसम्मको अवधि राखेर सम्झौता गर्नेगरी ऐन संशोधन हुनुपर्ने महासंघको माग छ । ऐनमा बहालकर भाडामा बस्नेले नै तिर्नुपर्ने व्यवस्था गरेर घरधनीलाई सुरक्षित बनाइएको अध्यक्ष कोइरालाले बताए । भाडाबाट हटाउन निजी आवासमा बस्ने सम्झौता गरेकालाई छ महिना, व्यवसाय गर्नेलाई तीन वर्ष र उद्योग स्थापना गरेर बसेकालाई पाँच वर्ष अघि नै सूचना दिनुपर्ने कानूनी व्यवस्था गरिनुपर्ने महासंघको माग छ । घरबेटीले धरौटी स्वरुप पहिलेनै धेरै रकम लिने व्यवस्था हटाउन महासंघका कोषाध्यक्ष केदार तिमल्सिनाले माग गरे। भाडामा बस्नेका लागि स्थानीय तहले परिचय पत्रको व्यवस्था गरे शहरको शान्ति सुरक्षामा पनि सहयोग पुग्नेमा कार्यक्रमका सहभागीले जोड दिए । यस्तो व्यवस्थाले आपराधिक घटनामा कमी ल्याउन पनि सहयोग गर्ने जनाइएको छ । हाल १३ प्रतिशत रहेको घरबहालकर तीनदेखि पाँच प्रतिशतमा झारी सबैसँग लिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइयो । इलाम नगरपालिकाले १३ प्रतिशतलाई सात र दमक नगरपालिकाले १० प्रतिशतमा झारेको सो अवसरमा जानकारी पनि गराइयो । रासस

संस्थापक लगानीकर्तालाई नेपाल बैंकको एफपीओ खुला, स्वामित्व घटाउन लागेको सरकारले किन्ला त ?

काठमाडौं । नेपाल बैंकको बिक्री नभएको थप सेयर निष्कासन (एफपीओ) संस्थापकलाई खुला गरिएको छ । भोली मंगलबारदेखि बिहीबारसम्म ३ दिन संस्थापक लगानीकर्तालाई खुला गरिएको हो । सोमबारसम्म बैंकको २ अर्ब ७५ करोड रुपैयाँ एफपीओ बिक्री भएको छ । संस्थापक लगानीकर्तामा सरकार र केही सर्वसाधारणको मात्र स्वामित्व रहेकाले एफपीओ बिक्री हुने संभावना न्युनछ । सरकारले आफनो स्वामित्व ६२.२१ प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा ल्याउन एफपीओ निष्कासन गरेकाले खरिद गर्ने संभावना नदेखिएको हो । एफपीओ बाँडफाँडपछि बैंकमा सर्वसाधारणको ३७.७९ बाट ४९ प्रतिशत हिस्सा रहने छ । संस्थापकको निष्कासनपछि एफपीओ बाँडफाँड हुने निष्कासन तथा बिक्री प्रवन्धक धु्रब तिमल्सिनाले बताए । बाँडफाँडबाट बाँकी रहेको एफपीओ ८ वटा अण्डरराइटरले खरिद गर्नेछन् । सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले सर्कार्ने छन् । कर्मचारी संचय कोषले थप १ अर्ब रुपैयाँ बैंकको एफपीओमा लगानी गरेको छ । संगठित संस्थाबाट सबैभन्दा बढी एफपीओ किन्नेमा संचय कोष भएको छ। बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गरेको छ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

एजुकेसन फेयरले फस्ट ह्याण्ड इन्फरमेसन दिन्छ- शालिकराम भण्डारी

सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाण्डौंमा ‘द नेक्स्ट अष्ट्लियनएजुकेसन फेयर-२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश: शालिकराम भण्डारी, कार्यकारी निर्देशक, द नेक्स्टएजुकेसन कन्सलटेन्सि एजुकेसन फेयरको आवश्यकता किन छ ? वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अष्ट्रलिया कै कुरा गर्ने हो भने पनि त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीतिनियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समयमै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ । पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ? मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदानगर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवादगर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो । विगतको अनुभव कस्तो रह्यो ? हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ । यही साउन १७ गते विहिबार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर-२०१८’ कुनप्रकारको फेयर हो ? यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलियाजान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्याझेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्रलियनएजुकेसन फेयर-२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा अष्ट्रेलियाकाकुनकुनविश्ववद्यालय र कलेजहरुको उपस्थिति रहने छ ? फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतको उपस्थिती रहनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्तगर्न सक्नेछन् । अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिनदिँदै आउनु भएको छ, फेयर नै किनगर्नु पर्यो? द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आउनुभएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमाकलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुनकुन कुरामाविशेष ख्याल पुर्याउनुपर्छ ? अष्ट्रेलिया जानुभन्दा अगाडि कुनविषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमाविद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामर्थ्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोहीअनुसार प्रोसेस गर्नुपर्छ । विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्चमागका कारण धेरै शैक्षिक परामर्शदाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ? द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामीकहाँआउने हरेक विद्यार्थीले सहीगाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाटपनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामर्थ्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं । द नेक्स्ट अष्ट्रेलियनएजुकेसन फेयर-२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ? द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रतिहामीआभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्तबनाउन चाहान्छौं । द नेक्स्टले यहीसाउन १७गते बिहिबार काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’मा सहभागी भइ दिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधि सँगप्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वा युनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पुर्याउने छ ।

सरकारले कर्मचारीको जीवन बीमा रकम दोब्बर बढायो, अब २ लाखको बीमा हुने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीको जीवन बीमा रकम बढाएको छ । सरकारले कर्मचारीको सावधिक जीवन बीमा बीमाङक वृद्धि गरी २ लाख रुपैयाँ पुर्याएको हो । यसमा आधा प्रिमियम रकम सरकार र बाँकी कर्मचारीले व्योहर्नुपर्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा सरकारले १ लाख रुपैयाँको मात्र जीवन बीमा गरेको थियो । चालु आर्थिक वर्षदेखि बढाएको हो । कर्मचारीको सुरक्षाका लागि केही वर्षयता सरकारले जीवन बीमा गर्दै आएको छ । चालु आर्थिक वर्षदेखि सरकार र कर्मचारी संचय कोषले कर्मचारीको जीवन बीमा गर्ने भएका छन् । संचय कोषले ६ लाख संचयकर्तालाई स्वास्थ्य बीमा समेत गरिदिने भएको छ । कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । यो आर्थिक वर्षदेखि स्वास्थ्य बीमा योजना लागु हुनेछ । कोषले कर्मचारी तथा सञ्चयकर्ताका लागि ६० करोड रुपैयाँसम्म लगानी हुने संभावना रहेको छ ।