
काठमाडौं । आर्थिक वर्ष सुरु भएको १५ दिनमा २ अर्ब ५८ करोड ६१ लाख रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डमा हिमालयन बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको २ करोड ५८ लाख ६१ हजार कित्ता बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।
सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बराबरको ९५ लाख ५६ हजार कित्ता, हिमालयन बैंकको १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दर्ता भएको हो ।
यस्तै सुर्योदयको ७६ लाख रुपैयाँ बराबरको ७६ हजार कित्ता बोनस सेयर दर्ता भएको छ । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत मध्ये ११२ कम्पनीले ३३ अर्ब ८ करोड रुपैयाँ बराबरको ३३ करोड ८ लाख कित्ता बोनस सेयर वितरण गरेका थिए ।