काठमाण्डौं । चिनियाँ फोन उत्पादक कम्पनी हुवाईको नोभा सिरिजअन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोनहरू नेपाली बजारमा सार्वजनिक भएका छन् । कम्पनीले होटल याक एण्ड यतिमा मंगलबार आयोजित एक समारोहबीच उक्त दुई स्मार्टफोनहरु औपचारिक रूपमा सार्वजनिक गरेकाे हाे ।
यससँगै ग्राहकहरूले नोभा थ्री तथा नोभा थ्री आई अग्रिम रूपमै बुक गर्न सक्छन्। साथै, सुरुमा बुक गर्ने ग्राहकहरूले आकर्षक उपहारहरू प्राप्त गर्ने मौका पनि पाउनेछन्। यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरूलाई बुक गरिहाल्न पनि हुवाईले आग्रह पनि गरेको छ।
मानव जीवनलाई पूर्ण सहज बनाउने गरी बनाइएको आकर्षक डिजाइनका यी स्मार्टफोनहरूमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली- एसओसी जडान गरिएको छ। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू,२४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ।
प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ। क्यामरामा भएका दुईवटा सेन्सरहरूले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्दछ। सेल्फी खिच्ने मजालाई बढाउन हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैले दृश्य चिन्ने क्षमता पनि रहेको छ।
हुवाई नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ/१.८ वाइड एपेर्चर ६पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि धेरै नियन्त्रण पनि दिन गर्दछ। हुवाई नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ। रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।
कम्पनीका अनुसार दुवै स्मार्टफोनहरू अघिल्ला संस्करणका स्मार्टफोनहरूभन्दा यी स्मार्टफोनहरूको आकर्षक र पातलो पनि छ। दुवै फोनहरू आकर्षक रंगहरूमा उपलब्ध छन्। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवै यस वर्षको चर्चित रंग प्रयोग भएको छ ‘आइरिस ब्ल’ हुवाईका दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। हुवाई नोभा थ्रीको दुवै पट्टि स्मुथ डबल कर्भ ग्लास प्यानलले ढाकिएको छ भने पछाडिको प्यानलले रंगको ईभेक्टलाई अझ निखार्छ। त्यस्तै हुवाई नोभा थ्री आईमा नानो-टेक्चर्ड फिल्म जस्तो विशेषता छ, जुन जब प्रकाशमुनि राखिन्छ तब सेमी-सर्कुलर कर्भहरूबाट प्रष्ट मनमोहक ग्रेडियन्ट ईभेक्ट देखिन्छ।
फेसन प्रेमीहरूका लागि बेजोड अल क्वाड क्यामरा
अहिलेको समयमा आफ्नो जीवनका हरेका क्षणहरूलाई मानिसहरूले फोटो मार्फत् कैद गर्छन्। त्यसलाई नै मध्यनजर गर्दै हुवाईले पछिल्लो नोभा स्मार्टफोनहरूमा फोटो खिच्ने क्षमतामा निकै सुधार गरेको छ। हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिभिसल इन्टेलिजन्स-एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइँमा पुर्याउने कम्पनीले जनाएकाे छ ।