काठमाडौं । नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवद्र्धनका क्रममा सो कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गरेको छ । बैंकले गत शुक्रबार सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको गरेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्देश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रकृयाहरुको बारे सूचित गराउनुका साथै शैक्षिक कर्जा प्रकृया अझ सरल र सहज गराउन सुझाव संकलन समेतको उद्देश्य राखिएको थियो ।
कन्ज्यूमर लेण्डीङ विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकहरु समेतको अन्तरकृयामा सहभागी भएका थिए । सो कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष शम्भूप्रसाद पौड्यालले गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको छ ।