इचंगुनारायण जग्गा एकिकरण आयोजनाका ११ बर्षः २ करोड २४ लाख भत्ता, २९ लाख विबिध खर्च

<p>काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायण(रानीवन) जग्गा एकिकरण आयोजनामा जनताको जग्गा बेचेर कर्मचारीले रजाई गरेका छन् । तीन बर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु भएको जग्गा एकिकरण आयोजनाले ११ बर्षमा ४६ करोड ८२ लाख रुपैंया खर्च गरिसकेको छ । आयोजनाले आम्दानी बराबर नै खर्च गरेको देखिन्छ । आयोजनाको कुल आम्दानी ४७ करोड ६ लाख [&hellip;]</p>

काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायण(रानीवन) जग्गा एकिकरण आयोजनामा जनताको जग्गा बेचेर कर्मचारीले रजाई गरेका छन् । तीन बर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु भएको जग्गा एकिकरण आयोजनाले ११ बर्षमा ४६ करोड ८२ लाख रुपैंया खर्च गरिसकेको छ ।
आयोजनाले आम्दानी बराबर नै खर्च गरेको देखिन्छ ।


इचंगुनारायण जग्गा एकिकरण आयोजना क्षेत्रमा निर्माण भएको सडक र घरहरु

आयोजनाको कुल आम्दानी ४७ करोड ६ लाख रुपैंयाँ रहेको छ । तीन बर्षमा सम्पन्न गर्नुपर्ने आयोजना अझै केहि बर्ष हस्तान्तरण हुने सम्भावना नरहेको जग्गा एकिकरण आयोजना उपभोक्ता समितिका उपाध्यक्ष उदयराज सिंखडाले बताए । आयोजनामा १२ सय घरधुरी छन्, त्यसमध्ये ४५० वटा घर निर्माण भैसकेका छन् । ८० प्रतिशत नागरिकको जमिन फिर्ता भैसकेको छ । आयोजना उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले आयोजना लम्ब्याएर कर्मचारीहरुले जनताको जग्गा बेचेको पैसामा रजाई गरेको आरोप लगाए ।

७ सय रोपनी जमिन एकिकरण गरिएकोमा ३२ रोपनी जमिनको सेल्स प्लट निर्माण गरिएको थियो । सोमध्ये अब ६ रोपनी मात्रै बेच्न बाँकी रहेको छ । आयोजनाको प्रमुखका रुपमा काठमाडौं उपत्यका विकास प्राधिकरणले केशब न्यौपानेलाई खटाएको छ ।

यस्तो छ खर्चको नालीबेली

आयोजनाले २०७५ बैशाख मसान्त अवधीमा ७ करोड ९१ लख रुपैंयाँ प्रशासनिक खर्च गरेको देखिन्छ । २ करोड २४ लाख रुपैंयाँ भत्ता वितरण गरेको छ भने ९ लाख २२ हजारको पोशाक लगाएका छन् । २२ लाख ४२ हजार रुपैंयाँ घर भाडा तिरिएको देखिन्छ भने ३९ लाख ८३ हजार रुपैंयाँ कार्यालय खर्चका नाममा मासिएको छ ।

४६ लाख ३३ हजार रुपैंयाँ परामर्श दाताका नाममा खर्च गरेको आयोजनाले २९ लाख रुपैंयाँ ६ हजार चाँही बिबिध शिर्षकमा खर्च गरेको छ । २४ लाख ९९ हजार रुपैंयाँ सवारी साधनमा खर्च गरिएको छ ।

Share News