साऊदीका भ्रष्टाचार अरोपितलाई उन्मुक्ती दिने प्रयास, कति रकम धरौटीमा छुट्लान् राजकुमार ?
बिबिसी । साऊदी अरबमा भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएका अधिकांश राजकुमारहरु, मन्त्री तथा व्यवासायीलाई उन्मुक्ति दिन खोजिएको छ । साऊदीका महान्यायधिवक्ता अनुसार भ्रष्टाचार निरोधक अभियानमा गिरफ्तार भएका धेरै अभियुक्तहरु माफीका लागि सरकारसँग सम्झौता गर्न तयार छन् । पछिल्लो महिनामा यो अभियान अन्तर्गत राजकुमार, मन्त्री तथा व्यापारीहरुलाई हिरासतमा लिइएको थियो । एक बयानमा ३२० मानिसहरुलाई पुछताछका लागि बोलाइएको थियो, जबकी १५० अहिले पनि हिरासतमा छन् । जसले सम्झौता गर्न मान्दैन, उसले मुद्दा झेल्नुपर्नेछ । हिरासतमा लिइएका व्यक्तिहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपी गत सातामात्रै राजकुमार मितब बिन अब्दुल्लाहलाई “स्वीकार्य समझौता” का आधारमा रिहा गरिएको थियो । ६ सय ४४ करोड भारतीय रुपैयाँ बराबरको धरौटी रकम बुझाएपछि उनलाई जमानत दिइएको थियो । राजकुमार मितब बिल अब्दुल्लाहलाई पनि सिंहासनको दाबेदार मानिन्छ । के होला कारबाही ? महान्यायधिवक्ताका अनुसार भ्रष्टाचार मुद्दममा अपराधीलाई “अन्तर्राष्ट्रीय स्तरमा हुने कारबाही”लाई पालना गरिनेछ । हिरासतमा लिइएका अभियुक्तलाई राजधानी रियादको एक शाही होटलमा राखिएको छ । साऊदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमानले त्यो कुरालाई “हास्यास्पद” बताएर पन्छिन खोजेका छन्, जसमा उक्त अभियानलाई सत्ता हडप्ने रणनीति बताइएको थियो । के भएको थियो ? नोभेम्बरको पहिलो सातामा अरबको भ्रष्टाचार निरोधक कमेटीले ११ राजकुमारहरु, चार मन्त्री तथा दर्जनौं पूर्व मन्त्रिहरुलाई हिरासतमा लिएको थियो । त्यससमयमा साऊदी ब्रोडकास्टर अल-अरेबियाले २००९मा जेद्दाहमा आएको बाढी तथा २०१२ मा मर्स भाइरसको संक्रमण फैलिएको विषयमा जाँच नयाँ तरिकाबाट सुरु गरेको थियो। नयाँ भ्रष्टाचार निरोधक कमेटीको गठन भएको चार घण्टापछि यी व्यक्तिहरुलाई हिरासतमा लिइएको थियो । क्राउन प्रिन्स नै जाँच कमिटीको अध्यक्षमा साऊदी अरबको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार, भ्रष्टाचार निरोधक कमेटीको अध्यक्षता क्राउन प्रिंस मोहम्मद बिन सलमानले गरिरहेका छन् । उनलाई गिरफ्तार गर्ने र यात्रामा प्रतिबन्ध लगाउनेसम्मको अधिकार छ । त्यसैबेला प्रिंस सलमानले साऊदी नेशनल गार्ड तथा ९ सेना प्रमुखहरुलाई पनि बदलेका थिए । एसपीएका अनुसार, किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिंस मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल-सुल्तानलाई पनि बर्खास्त गरेका छन् । आधिकारिक रूपमा तिनीहरुलाई हटाउनुपर्ने कुनै कारण नदेखिएको बताइएको छ ।
राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष पक्का
नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी उनको मात्र परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो । हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् । यस अघि पनि राहुल गान्धी ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । रासस
टाइमले सार्वजनिक गर्यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति
टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ । यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ । यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् । त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् । अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।