एसिया कप क्रिकेट- नेपालले थाइल्यान्डसंग सामना गर्ने, खेल बिहीबार हुँदै
काठमाडौं, १५ मंसिर । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डसंग सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीबार हुने खेलमा नेपाल थाइल्यान्डसंग प्रतिस्पर्धा गर्ने भएको हो । नेपालले थाइल्यान्डलाई पराजित गरेपनि यसअघिको लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो । त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो । त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन । प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् । रासस
कतार एयरवेजको ‘ट्राभल टूगेदर, सेभ टूगेदर’ क्याम्पेन सञ्चालनमा
काठमाडौं, १३ मंसिर । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर, सेभ टूगेदर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन् । २८ नोवेम्बर देखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशत सम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् । तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि उपभोक्ताले qatarairways.com/travel together मा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिस मार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
असहज अवस्थाबीच जिम्बाबेले डलरको स्थानमा आफ्नै मुद्रा प्रचलनमा ल्यायो
हरारे, १३ मङ्सिर । जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ । अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ । अफ्रिकाको दक्षिणी भागमा अवस्थित सङ्कटग्रस्त यस मुलुकले सन् २००९ देखि अमेरिकी हरियो मुद्राका साथमा अनेकौँ विद्रशी मुद्रा उपयोगमा ल्याइरहेको छ । यसअघि ५०० अर्ब प्रतिशतसम्म स्फीति भएको अवस्थामा त्यहाँ जिम्बाबे डलर उपयोगमा आउन नसकेको बताइएको छ । सानातिना खरिदका लागि त्यहाँ एक वर्ष अगाडि सिक्का जारी गरिएको थियो र हाल दुई तथा पाँच डलरका जमानतयुक्त नोट जारी गरिएको छ । हालैको महिनामा यस मुलुकले अमेरिकी डलरको निकै अभाव भोग्नुपरेको थियो र राष्ट्रपति रोबर्ट मुगोबेको सरकार अमेरिकी डलरको प्रतिनिधिको रूपमा स्थानीय मुद्रा छाप्न बाध्य भएको थियो । साप्ताहिक समाचारपत्र द स्ट्यान्डर्डले आफ्नो सम्पादकीयमा सन् २००९ मा उच्च मुद्रास्फीतिका कारण जिम्बाबे डलर प्रयोग बाहिर गएको अवस्था सम्झेका यस मुलुकका नागरिक सामान्यतया सरकारको जमानतयुक्त नोट जारी गर्ने कुराको विरोधमा रहने गरेको उल्लेख गरेको छ । यहाँको केन्द्रीय बैङ्कले खुद्रा व्यापारी तथा अन्य व्यापारीले सरकारको जमानतयुक्त नोट स्वीकार गर्ने जानकारी दिएको भनी आफ्नो विज्ञापनमा उल्लेख गरेको छ । नयाँ जमानतयुक्त नोट आउने अवस्थामा त्यहाँ गत साता इन्धनको सङ्कट आउने हल्ला चलेको थियो र केही इन्धन केन्द्रमा ग्राहकको लाइन देखिए । यसपछि सरकारले इन्धनको पर्याप्त भण्डार रहेको भनी चालकको त्रास कम गर्न प्रयास गरेको थियो । सन् २००९ मा विदेशी मुद्रामा भर पर्न थालेपछि यस मुलुकको अर्थतन्त्रले स्थायित्व प्राप्त गरे पनि विदेशी लगानी निरुत्साहित गर्ने सरकारको नीतिका कारण अर्थतन्त्र पुन लडखडाएको छ । आर्थिक अवस्था खस्कन थालेपछि बैङ्कमा नगदको कमी देखिन थाल्यो र बैङ्कका ग्राहकले आफ्नो रकम फिर्ता पाउन रातभर बैङ्कमा कुनुपर्ने अवस्था आयो । जिम्बाबेमा पटकपटकको आर्थिक कठिनाइका कारण व्यवसायले क्षति भोगिरहेको अवस्थामा सरकारले सैनिक तथा कर्मचारीलाई समयमै पारिश्रमिक दिन नसक्दा उनीहरूले अझै कष्ट भोगेका छन् । सरकारको जमानत प्राप्त नोट जारी हुँदा जनतामा क्रोध बढेको छ र सडकमा विरोध देखिएको छ । नयाँ नोट जारी गर्ने कुराविरुद्द सडक प्रदर्शन गर्ने योजना बनाएका धेरै कार्यकर्ता कुटिएका छन् र उनीहरूलाई पक्राउ गरिएको छ । सरकारले नयाँ नोटलाई काइरोस्थित अफ्रेजिमबैङ्क ९अफ्रिका आयात निर्यात बैङ्क० को २० करोड अमेरिकी डलर बराबर समर्थन प्राप्त भएको दाबी गरेको छ । राससरएएफपी ––––––