अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड–१९ परीक्षणमा ‘ढिलाई’ गर्न सुझाब
ओक्लाहोमा । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरे । स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् । ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भने, “हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन ।” उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए । उक्त अवसरमा उनले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन् । उनको अभियानमा सहभागी हजारौं शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन् । आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने । “जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक सङ्क्रमित भएको भेटिनेछ, “त्यसैले मैैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौं तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ ।” ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (२ करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो ।चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।” अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६ सय ६२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १ लाख १९ हजार ७ सय १९सङ्क्रमितको मृत्यु भएको छ । रासस/एएन्आई
साउदी अरेबियाले हटायो देशव्यापी कर्फ्यू, धार्मिक यात्रामा भने प्रतिवन्ध
काठमाडौं । साउदी अरेबियाले आइतबार देखि कफ्यू हटाउने भएको छ । राष्ट्रव्यापी रुपमा घोषणा गरेको कर्फ्यू हटाउने भए पनि अन्य प्रतिबन्ध अझै बाँकी रहने छन् । साउदी प्रशासनले भनेका छ कि सबै आर्थिक र व्यापारिक गतिविधिहरू सुरु गरिनेछ तर अन्तर्राष्ट्रिय भ्रमण र धार्मिक यात्रामा प्रतिबन्ध लगाइनेछ । साउदी अरेबियाले जुलाईमा कुनै पनि हज यात्रा शुरू गर्ने घोषणा गरेको छैन । यद्यपि मलेसिया र इन्डोनेसिया जस्ता धेरै देशहरूले भनेका छन् कि यसले आफ्ना जनतालाई हज यात्रामा जाने अनुमति दिदैन । २५ लाख भक्तहरू हरेक वर्ष हज यात्राको लागि मक्का शहरको भ्रमण गर्छन् । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार साउदी अरेबियामा हालसम्म १ लाख ५५ हजार जनामा कोरोना संक्रमण भएको छ भने १ हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो : ब्राजिलका पूर्व स्वास्थ्यमन्त्री
साओ पाओलो । ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उहाँलाई पदबाट हटाइएको बताए । राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत रहेका ५५–वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि गत अप्रिलमा पदबाट हटाएका थिए । राष्ट्रपतिको यो कदमलाई तत्कालिन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाईँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिए । अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै सङ्क्रमित र मृत्यु हुने मुलुक बनेको छ । शनिबारसम्ममा अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार सङ्क्रमित र १ लाख २१ हजार १ सय ७ जनाको मृत्यु भएको छ । राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिएका थिए तर उनले पनि एक महिनामा नै पदबाट राजिनामा दिए । त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए । स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तवार्तामा भने, पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उनले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोशिस भएपनि उनको र नेतृत्व भएको स्वास्थ्यमन्त्रालयप्रति जनताको विश्वास गुमेको छ । जसरी हामी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन त्यसैगरी सैनिक जनरलले स्वास्थ्य क्षेत्रको यथेस्ठ ज्ञान नहुनु स्वभाविक हो । तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ । कोरोनाभाइरस सङ्क्रमित विरामीले वास्तविक कथा बताउनेछन् । यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने । पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्छ । अन्तिममा तपाइँ जुन कुरा गर्न चाहेपनि त्यतिवेलासम्म मन्त्रालयको विश्वसनियता गुमिसक्छ । किनभने विश्वसनियता नै तपाईलाई अख्तियार दिने हो । तर दुर्भाग्यको कुरा उनीहरू (सरकारी अधिकारी)ले तथ्याङ्क, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनियता गुमाएका छन् । ब्राजिलका विरामीका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोग गलत भउको दावी गर्दै उनले भने, “हाइड्रोक्लोरोक्विनका प्रयोग यसको प्रयोगबारे वैज्ञानिक आधार पुष्टि भएपछि मात्रै गरौं भन्ने आफ्नो तर्क सैनिक पृष्ठभूमिबाट आएका राष्ट्रपति र स्वास्थ्यमन्त्रीका कारण असम्भव भयो । अहिले यसको प्रयोगबाट समस्या हुने देखिएपछि रोक्ने निर्णय गर्नुभन्दा पहिल्यै सावधानी अपनाउनु राम्रो हुने थियो । उनीहरूले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य विज्ञानको सट्टा राजनीतिशास्त्र र सैन्यशास्त्र प्रयोग गर्दा नागरिकको मन्त्रालयप्रतिको विश्वास गुमेको छ ।” ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने प्रश्नमा उनले भने, “यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ । दुभाग्यको कुरा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ । अब ढिलो भयो देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दवाव रहेको छ । अब बन्दाबन्दी गर्न कठिन छ । यो उपाय सुरूमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य सङ्कट निम्तिने थिएन कि ।” “देशमा विभिन्न विचारहरू रहेका छन् के हुन्छ हेरौं भोलिका दिनमा थाहा होला,” उनले भने । रासस/एएफपी